गोंगबुमा माइक्रोको ठक्करबाट सडक पार गर्दै गरेकी बालिकाको मृत्यु

मंसिर २०, २०७५

काठमाडौंकाठमाडौंको गोंगबुमा माइक्रोबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

गल्कोपाखाबाट गोंगबुतर्फ जाँदै गरेको बा१ज ८४५९ नम्बरको माइक्रोबसले ठक्कर दिँदा झापाको केचनाकवल- ३ घर भई हाल गोंगबु बस्दै आएकी ३ वर्षीया जिया यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

प्रहरीका अनुसार सडक पार गर्ने क्रममा माइक्रोले ठक्कर दिएर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

माइक्रोबस र चालक बालाजु बस्ने ३४ वर्षीय सुजन महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार