नेपाली चलचित्रको गीतमा यसरी नाचिन सन्नी लियोनी

मंसिर २०, २०७५

काठमाडौं–बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्रको गीतमा नृत्य गरेको तस्वीरहरु सार्वजनिक गरिएको छ ।

सम्पूर्ण छायांकन लण्डनमा गरिएको चलचित्र ‘पासवर्ड’को ‘सन्नी हो नाम मेरो...’बोलको आइटम गीतमा उनले नृत्य गरेकी हुन । निर्माणपक्षले उनी नाचेका तस्वीरहरु सार्वजनिक गरेको हो । यो गीत खिच्न मात्र निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च गरेको दाबी गरेको छ ।


ADVERTISEMENT

सन्नी फिचर्ड गीतको भिडियोलाई सलमान खान, शाहरुख खानलाई नचाइसकेका विष्णुदेभाले कोरियोग्राफी गरेका हुन । करिव दुई सय कोरसको साथमा खिचिएको यस गीतमा सन्नीले दुई करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको निर्माताको दाबी छ । चलचित्रका निर्देशक सम्राट बस्नेतले चलचित्रको कथा र स्कृनप्लेको माग अनुरुप सन्नीलाई नृत्य गराईएको बताए । सम्राटको यो डेब्यू निर्देशन हो । उनले २ दर्जन बढी चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

सौरभ लामाको छायाँकन रहेको एक्सन थ्रिलर जनराको चलचित्रमा बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको अभिनय छ । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रको प्रदर्शन मिति तय भइसकेको छैन ।

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस