कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मंसिर २०, २०७५
काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल बहुजातीय बहुधार्मिक देश भएकोले धार्मिक कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनु स्वभाविक भएको बताएका छन् ।
मन्त्रालयमा आयोजित नियमित साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले धार्मिक कार्यक्रममा जाँदा प्रधानमन्त्रीलाई अपराधी जस्तो व्यवहार गरेको भन्दै आपत्ति प्रकट गरे ।
सोही सम्मान पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिँदा कुनै आपत्ति नजाइएपनि अहिले विरोध भइरहेको भन्दै आक्रोश पोखे ।
‘त्यही अनर लिँदा गिरिजाबाबुलाई शान्तिका दूत भेटियो भनियो ओलीले लिँदा अपराधी जस्तो व्यवहार किन ?’ सञ्चारमन्त्री बाँस्कोटाले भने ।
उक्त कार्यक्रममा पाकिस्तानका पूर्व प्रधानमन्त्री पनि उपस्थित भएको भन्दै त्यस्तो कार्यक्रममा प्रधानमन्त्री जाँदा सरकार त्यहाँ भेटिएको बताए ।
उक्त कार्यक्रममा प्रधानमन्त्रीले प्रस्तुत गरेको भिजन भन्नुस् मिसनको पछि नलाग्नुस् भन्दै उनले भने,‘ सम्मेलनमा प्रधानमन्त्रीले के बोल्नु भएको थियो ? हाम्रो सभ्यता पूर्वीय दर्शन, हाम्रो शान्ती प्रकृयाबारे प्रधानमन्त्रीले भाषण दिनु भएको छ ।’
एसिया प्यासिफिक समिटका क्रममा प्रधानमन्त्री केपी ओलीलाई लिडरसिप सम्मानका क्रममा एक लाख डलर नगदसहित सम्मानित गरिएको थियो । धार्मिक संस्थाको कार्यक्रममा गएर सम्मान ग्रहण गरेको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको समयमा सरकारका प्रवक्ता बाँस्कोटाले देशको प्रधानमन्त्री कुनै धर्मप्रति घृणा फैलाउने पात्र बन्न नसक्ने बताएका हुन् ।
‘घेरा साँघुरिदैछ, अपराधी उम्कन पाउँदैन’
प्रवक्ता बाँस्कोटाले निर्मला हत्या प्रकरणबारे न्याय नभेटिएको पोष्टर सार्वजनिक भइरहेको प्रति कटाक्ष गर्दै भने ‘पोस्टर छाप्न मन लाग्नेले लोकतन्त्रमा पोस्टर छाप्न पाइन्छ ।’
कयौं यस्ता घटनामा सरकारले सफलता पाएको भएपनि केही घटना अपवाद बन्न गएको बताए ।
निर्मला हत्या प्रकरणमा सरकारले छानविनमा नै शक्ति र सामथ्र्य लगाइरहेको उनले बताए । ‘हामीले संकल्प गरिरहेका छौं, समय लागे पनि हामी अपराधी समाउँछौं ’ बाँस्कोटाले भने ।
कुनै अपराधीहरु नै पत्ता नलागेको जस्तो गरेर प्रचार भइरहेको भन्दै उनले प्रश्न गरे ,‘सरकारको रुची, इच्छामा अपराध भएको होइन नी ?’
बाँस्कोटाले निर्मला प्रकरणमा अपराधी ल्याएर ठेगान लगाएपछि सरकार भेटिएको देखिने बताए । ‘घेरा साँघुरिदैछ, अपराधी उम्कन पाउँदैन’ बाँस्कोटाले भने ।
तर केही कुनै मुद्दा नै नभएको जस्तै यो मुद्दालाई किन उठाइरहिएको छ सोच्न जरुरी छ ? उनले भने ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...