कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
मंसिर २०, २०७५
विराटनगर – विराटनगरस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्र सुरक्षित ठाउँको खोजीमा अन्यत्र लैजान तयारी शुरू भएको छ ।
विराटनगरको रानीमा रहेको पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र साँगुरो भएको कारण अन्यत्र स्थानान्तरण गर्न लागिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
स्थानान्तरण गर्नको लागि पहिलो चरणमा जग्गा हेर्ने काम पूरा भएकाले जग्गा प्रहरीको स्वामित्वमा ल्याउने बारेमा काम शुरू भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी केदार रिजालले बताए ।
पहिलो चरणमा जग्गा हेरेर नगरपालिकाबाट सिफारिस गराउने काम शुरू भएकाले चाँडै नै यो स्वामित्वमा आउने बित्तिकै भौतिक संरचना निर्माणको काम शुरू हुने रिजालले जानकारी दिए । ‘अहिले नै तत्काल सरिहाल्ने भन्ने कुरा हैन,’ डीआईजी रिजालले भने, ‘अब धेरैलाई तालिम पनि दिनुपर्ने हुँदा फायरिङमा समस्या हुने भएकाले अन्यत्र सार्ने प्रयास गरेका हौ ।’ अहिले बस्ती बढ्दै जाँदा तालिम केन्द्रमा तालिम गर्न समेत समस्या भएको प्रहरीको भनाई छ ।
बस्ती नजिकै हुँदा गोली उछिट्टिएर बाहिर जाने हो कि भन्ने चिन्ता रहेकाले सुरक्षित स्थानमा तालिम केन्द्र खोजी अभियान अन्तर्गत सुन्दर हरैचा नगरपालिकाको गोठगाउँमा जग्गा भेटिएको डीआईजी रिजालले बताए ।
प्रदेश प्रहरी कार्यालय रहेको स्थानमा अब भीडभाड बढ्ने, सरुवा बढुवादेखि सबै काम यहीँबाट गर्नुपर्ने भएकाले क्षेत्र साँगुरो हुने समेत देखिएपछि स्थानको खोजी भएको रिजालले बताए ।
हाल तालिम केन्द्र भएको ठाउँ रानीमा १ नम्बर प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र प्रदेश सशस्त्र प्रहरी गण गरी नेपाल प्रहरीका सुरक्षा निकायका ३ कार्यालय एकै स्थानमा रहेका छन् । मुलुक संघीयतामा गएसँगै सुरक्षा निकायको काम कारवाही तथा तालिमका कुरामा बृद्धि हुने बताउँदै रिजालले तालिम केन्द्रका लागि पहिलो रोजाइमा मोरङकै सुन्दरहरैचा नगरपालिको गोठगाउँमा जग्गा फेला परिसकेको छ ।
जग्गा प्राप्तिसँगै अब हुने प्रहरी भर्नामा सोही स्थानबाट तालिम गराउने तयारीमा प्रदेश प्रहरी कार्यालय रहेको छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...