मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार मल्ल निलम्बिन, कार्की नियुक्त

मंसिर २०, २०७५

सुर्खेत–मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा महेन्द मल्ल निलम्बनमा परेका छन् ।

 उनको ठाउँमा शिक्षा संकायका डिन यामबहादुर कार्की नियुक्त भएका छन् । 


ADVERTISEMENT

विश्वविद्यालयको केन्द्रीय कार्यालयले पूर्व रजिष्ट्रार डा मल्ललाई बर्खास्त गरेर कार्कीलाई नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय स्वास्थ्य विभागमा सहप्राध्यापकका रुपमा कार्यरत कार्की यसअघि काजमा विश्वविद्यालयको शिक्षा शास्त्र संकायको डिन  थिए । 

दैलेखको चुप्रामा जन्मिएका कार्की नेकपा निकट मानिन्छन् ।

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस