भक्तपुरबाट चोरी भएको मोटरसाइकल रौटहटमा भेटियो, अभियुक्त सार्वजनिक

मंसिर २०, २०७५

भक्तपुर–    भक्तपुर चाँगुनारायण नगरपालिका ४ हलछाप बस्ने धुर्व श्रेष्ठको बा ९६ प १७७० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका ४ कनकपुर बस्ने १९ वर्षीय शेख समसुद्दिन र सोही ठाउँ बस्ने २३ वर्षीय सेख नयाज रहेका छन् ।
    घरमै पार्किङ गरी राखेको अवस्थामा कात्तिक १९ गते राति उक्त मोटरसाइकल चोरी भएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र इलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटको संयुक्त टोलीले रौतहट चन्द्रपुर नगरपालिका ४ बाट मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 


ADVERTISEMENT

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार