भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ का वडाध्यक्ष जयन्द्र खडकाले आज नगरपालिको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पूण्यप्रसाद लुइँटेलमाथि हातपात गरेका छन् ।
वडाध्यक्ष खड्काले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले प्रक्रिया र नियम नपु¥याइ जनप्रतिनिधि नै भए पनि स्वीकृत दिन नमिल्ने बताएपछि आक्रोसित हुँदै हातपात गरेको नगरपालिकाका कर्मचारीले बताएका छन् ।
यसबारेमा प्रशासकीय अधिकृत लुइँटेलले वडाध्यक्ष जयन्द्रले इँटा भट्टालाई माटो दिन स्वीकृत माग गर्दै आएको र आफूले नगर कार्यपालिकाको निर्णय विनासिफारिश गर्न नमिल्ने जानकारी गराएपछि उनले आफूमाथि अभद्र व्यवहार गरेको बताए ।
त्यसपछि आफू कार्यालयबाट निस्केर मन्त्रालय गएको उनले जानकारी दिए ।
नगरपालिकाका कर्मचारीका अनुसार वडाध्यक्ष खड्काले माटोको स्वीकृत नपाएपछि प्रशाकीय अधिकृत लुइँटेलको टेबुल ठटाएर अभद्र व्यवहार गर्नुका साथै पानीको बोतल प्रहार गरेको र पानीको बोतल लुइँटेललाई नलागे पनि पानीको छिट्टा भने परेको थियो ।
घटनापछि यता नगरपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति प्रकाशित गरी वडाध्यक्षले सबै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन् ।
थप समाचार
- पोखरामा नक्कली नोटको कारोवार गर्ने दम्पती मेसिनसहित पक्राउ
- बलात्कारको आरोप लागेका वडाध्यक्ष रेग्मीलाई जिल्ला अदालत तनहुँबाट सफाइ
- युवतीमाथि यौन दुर्व्यवहार गरेपछि टीयूका सहायक डीनलाई विद्यार्थीले लगाए कालोमोसो
- कांग्रेसलाई लाञ्छना लगाउन संसदमै झूटको खेती
- नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका पौडेल नियुक्त
- धवलागिरिका तीन कारागार रूपान्तरण गर्न पहल शुरु, महिला र पुरूष बन्दीलाई छुट्टाछुट्टै राखिने
प्रतिक्रिया दिनुहोस