×

NMB BANK
NIC ASIA

बुटवल – बुटवल उपमहानगरपालिकाले पहिलो पटक किसानको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रियाको शुरूवात गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

धान धितो कार्यक्रम नमूना र पहिलो प्रयास भएको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेतीयोग्य जमिन मासिने र नासिने क्रमले कृषि कर्मसमेत प्रभावित हुँदै गइरहेका बेलामा कृषिमा आकर्षण बढाउन यस्तो अभियान शुरू गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए । उपमहानगरले अनुदानका रुपमा किसानलाई वितरण गरेको मौलिक पोषक बीउबाट उत्पादित धानलाई धितोका रुपमा राख्ने व्यवस्था मिलाइएको छ ।


Advertisment
Nabil box
Kumari

किसानले उत्पादन गरेको धानलाई टोलकै सहकारीमा धितो राखेर सहकारीमार्फत् किसानलाई ऋण प्रदान गर्ने कार्यक्रम बुटवल क्षेत्रको नयाँ अभियान हो । धानखेतीका लागि उपयुक्त योजना अनुसार बिहीवार बुटवल–१४ सेमलारमा रहेको सिम्रीक कृषि सहकारी संस्था र बुटवल उपमहानरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

Vianet communication
Laxmi Bank

बुटवल उपमहानगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाहाले सम्झौतामा हस्ताक्षर गरे । बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानले उत्पादन गरेको धान उचित भण्डार स्थानको अभावको कारण उचित मूल्य बिना नै बिक्री गर्दै आएका थिए ।

अब किसानले सहकारीमा आफूले उत्पादन गरेको धानलाई धितोको रुपमा राखेर कृषि ऋण लिन सक्छन् । किसानले यसरी उत्पादन गरेको धान सहकारीमा राखेमा कुनै पनि भाडा तिर्नुपर्दैन । किसानको भाडा नगरपालिकाले तिरिदिने छ । त्यसक्षेत्रको करीब ३ हजार हेक्टरमा धान खेती हुँदै आएको अनुमान छ । 

ती खेतमा सिँचाइको समेत प्रबन्ध छ । सेमलार र मोतिपुरका खेतीयोग्य जमिनलाई थप प्लटिङ हुन नदिइ र अहिलेका त्यहाँका बस्तीलाई समेत व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा स्थानीय किसानबीच छलफल समेत चलिरहेको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । किसान आपसमा सहमतिमा आएका एक गाउँ एक बस्ती बनाएर बाँकी जग्गामा व्यावसायिक खेती गर्ने सोच उपमहानगरपालिकाको रहेको उनले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले किसानको समस्यालाई समाधान गर्नको लागि पहिलो चरणमा किसानको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको उल्लेख गर्दै अब प्रोत्साहनका नयाँ कार्यक्रम बनाइने बताए । आगामी दिनमा अन्य गहुँ, दालजन्य कृषि उपज समेत भण्डार गरी किसानलाई ऋण उपलब्ध गराउने तयारी गरिएको उनले बताए ।

उपमहानगरका वरिष्ठ कृषि अर्थविज्ञ भीमनाथ शर्माका अनुसार साविकको मोतिपुर र सेमलार गाविसमा पर्ने ६ वटालाई उपमहानगरपालिकाले कृषिमा बिशेष प्राथमिकता दिने योजना बनाउँदैछ । किसानले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरेबापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्नेछ । जसको लागि नगरपालिकाले २ लाख ५० हजार रुपैयाँको सम्झौता सहकारीमार्फत् गरेको हो ।

किसाले यसरी भण्डारण गरेको धानलाई धितोको रुपमा सहकारीले स्वीकार गरी ऋण समेत प्रदान गर्ने सम्झौता गरिएको छ । ऋण चुक्तापश्चात् किसानले आफ्नो धान बिक्री गर्न पाउने सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाहा मगरले जानकारी दिए ।

सहकारीका सचिव टोपनारायण घिमिरेका अनुसार विक्रम सम्वत् २०६६ सालमा स्थापना भएको सहकारीले आईडब्लू आरएमपीको अनुदानमा बीउ प्रशोधन केन्द्र, भण्डारण केन्द्र समेत स्थापना गरेर सञ्चालन गर्दैै आएको छ । १० कट्ठा क्षेत्रफल रहेको सहकारीले २ सय ५० मेट्रिक टनको ओपनज सेड निर्माण गरेको छ भने १ हजार ५ सय मेट्रीक टन र अर्को २ सय ५० मेट्रिक टन क्षमताको गोदाम घर निर्माण गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x