×

NMB BANK
NIC ASIA

रजिस्ट्रारमाथि छानबिन गर्न प्रधानमन्त्रीले बनाए समिति, कांग्रेस निकट प्राध्यापक आन्दोलित

मंसिर २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निलम्बित रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लमाथि छानबिन गर्न प्रधानमन्त्री तथा कूलपति केपी शर्मा ओलीको उपस्थितिमा बसेको विश्वविद्यालय सभाले छानबिन समिति गठन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

छानबिन समितिको संयोजकमा राष्टिय योजना आयोगका सदस्य उषा झा चयन भएका छन् । शिक्षा मन्त्रालयका सचिव खगराज बराल र विश्वविद्यालय अनुदान आयोगको प्रतिनिधि सदस्य रहेका छन् । समितिले बिहीवारदेखि नै काम शुरू गरेको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वविद्यालय सभाले रजिस्टार मल्ललाई निलम्बन गर्दै कामचलाउ रजिस्ट्रारको जिम्मेवारी डीन यामबहादुर कार्कीलाई दिएको छ । विगत २ महिनादेखि उपकूलपति प्रा.डा. उपेन्द्र कोइरालासँग विवाद देखिएपछि मल्ल निलम्बित भएका हुन् ।


Advertisment
Nabil box
Kumari

रजिस्ट्रारले पदीय आचरण अनुरुपको व्यवहार नगरेको भन्दै विश्वविद्यालय सभाका १० जना सदस्यले बिहीवार कूलपति तथा प्रधानमन्त्री ओली समक्ष निवेदन दिएका थिए । बिहीवार नै प्रधानमन्त्री ओलीले छानबिन समिति गठन गरी मल्ललाई जिम्मेवारीमुक्त गरेका हुन् ।

Vianet communication
Laxmi Bank

नवनियुक्त कामचलाउ रजिस्टार कार्की त्रिभुवन विश्वविद्यालय स्वास्थ्य केन्द्रीय विभागमा सहप्राध्यापकका रूपमा कार्यरत रहेपनि हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकायमा डीन छन् ।

यस्तो छ कानूनी प्रावधान

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ बमोजिम उपकुलपति, रजिस्टार र सेवा आयोग अध्यक्ष बर्खास्त गर्नको लागि सिनेटको एकचौथाई सदस्यले कूलपति (प्रधानमन्त्री) समक्ष निवेदन दिनुपर्छ । त्यसपछि कुलपतिले ३ सदस्यीय छानबिन समिति गठन गर्नुपर्छ । 

समितिमा कूलपतिले तोकेको व्यक्ति संयोजक र शिक्षा मन्त्रालयको सचिव र विश्वविद्यालय अनुदान आयोगको प्रतिनिधि सदस्य रहने प्रावधान छ । समितिलाई १ महिनाभित्र प्रतिवेदन दिने म्याद दिइन्छ । समितिले दिएको प्रतिवेदन सिनेट बैठकमा प्रस्तुत हुन्छ । 

प्रतिवेदनमा निज पदाधिकारीलाई हटाउने राय भएमा सिनेट बैठकले बहुमतबाट निर्णय गरेमा पदाधिकारी पदमुक्त हुने प्रावधान रहेको छ । त्यसरी हटाउनुपर्ने भएको खण्डमा निजलाई स्पष्टीकरणको मौका पनि दिनुपर्ने ऐनमा उल्लेख छ ।

विद्यार्थी र प्राध्यापक आन्दोलित

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल विद्यार्थी संघले आन्दोलनको शुरूवात गरेका छन् ।

रजिस्टारलाई काममा रोक लगाइएको निर्णयको विरोध गर्दै आइतवारबाट पठनपाठन बन्द गर्ने घोषणा गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x