×

NMB BANK
NIC ASIA

अामाकाे बिरामी काेख (कविता)

मंसिर २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

खेमराज गैराघरे  

Sagarmatha Cement
Muktinath Bank

तिमी संसारकै अभागि अामा,


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अाफ्नै काखका नाबालक छाेरीहरुकाे अस्मिता लुटिदा,


Advertisment
Nabil box
Kumari

बिभत्स हत्या हुँदा,

Vianet communication
Laxmi Bank

टुलुटुलु हेरेर सहनु पर्ने तिम्राे विवशता

म शब्दमा बयान गर्न सक्दिन,अामा ।

तिमी संसारकै अभागी अामा ।।

तिम्रा वीर सपूतहरुले खुडा र खुकुरीकाे भरमा

बैरीलाई परास्त गर्दै

तिम्राे शिर उचाे बनाएकाे,

तिम्राे स्वभिमान जाेगाएकाे

कथा म कदापि भुल्न सक्दिन,

तर, तर म मेराे सानु छाेरालाई कसरि सुनाउ त्याे गाथा अामा ?

तिमी नै भन न!

वर्तमान हेरेर उसले कसरी विश्वास गर्न सक्छ !

तिम्राे स्वाभिमान् सगरमाथा भन्दा अग्लाे थियाे भनेर ।

सगरमाथा, बुद्ध, शान्ति,

अनि बीर गाेरखाली सामु

साम्राज्यवादी घुडा टेकेका थिए भनेर,

उसले कसरी विश्वास गर्न सक्छ अामा !

तेत्राे रणसंग्राममा भाइ भाइले

रगतकाे काेशि बगाईरहँदा

तिमीलाई कति पीडा भएकाे छ,

हाे मलाई थाह छ,

दुईपैसाका ङिच्च दाँत देखाउदै

बैरीसँग लम्पसार परी

भाइ फुटे गवार लुटे हुदै गर्दा,

शत्ता र शक्तिकाे उन्मादमा

तिम्रा अाधुनिक सन्तानहरु

तिम्राे सदियाैंदेखिकाे

धर्म, दर्शन, मुल्य मान्यता र संस्कृतिलाई

गुलिया मिठाईसँग साैदाबाजी गर्दै

अझै तिम्राे शिर गाैरवले

सगरमाथाभन्दा माथि पुग्याे रे !

कठैबरा !

चु चु चु चु दुखि अात्माहरु।

तिम्रा सन्ततिकाे याे हर्कत देख्दा

मेराे रगत उम्लिएर अाउछ अामा ।

तिम्राे मन कति दुखेकाे छ,

त्याे पीडा मलाई थाह छ अामा ।

तर, तर तिम्राे साडि बेचेर

मीठाे खान पल्किएका

तिम्रा सन्ततिलाई म सलाम गर्न सक्दिन अामा ।

शत्रुकाे पञ्जाबाट बचाउँदै

तिम्राे शिथिल र छिन्न भिन्न भएकाे

जीर्ण शरिरलाई छाेरा पृथिविले

सिङ्गाे रुप दिएकाे ईतिहास

म भुल्न सक्दिन,

यस अर्थमा तिमी,

अति भाग्यमानी थियाै

त्यतिबेला तिम्राे काेख

कति भाग्यशालि थियाे,

त्यहि काेखबाट पृथिवि, जनक,सिता,

गाैतम बुद्ध, भृकुटि,बलभद्र, भक्ति,

अमरसिंह, कालु पाँडे जस्ता

अद्भुत सपुतहरु जन्माएकी थियाै,

तर, अाज खै कस्ता सन्तान जन्मिए अामा...

तिम्राे काखाबाट तरङि्गत

ती पवित्र गंगाहरु काैडिकाे

भाउमा बेचेर खाईसके अामा ।

पृथिविले बनाएका सिमाका खम्बाहरु

नामेट भइसके,

अाज तिनै पृथिविले बनाएकाे

तिम्राे सिङ्गाे शरिरकाे भागवण्डा गर्दै,

टुक्रा टुक्रा बनाएर साेलमारिमा बसी मस्तसँग चपाईरहेछन्,

तिम्रा अाधुनिक सन्तानहरु ।

मलाई अाश्चार्य लाग्न थालेकाे छ,

तिम्राे काेख कसरी राेगायाे अामा,

सबै राेगी सन्तानमात्र किन जन्माउछ्याै अामा?

तिमीलाई जिउदै मृत्युशैय्यामा सुताउने

सन्तानहरु कसरी जन्मिए अामा,

मेराे सानाे छाेराे तिमीलाई प्रश्न गरिरहेकाे छ ।

म उसलाई भन्न बाध्य छु,

तिमी संसारकै अभागि अामा ।

अब ढिला नगरी उपचार गर अामा

तिम्राे बिमारी काेखकाे,

नत्र, अझैपनि यस्तै सन्तान जन्माईरह्याै भने नि अामा,

तिम्राे अस्तित्व संसारबाटै नामेट हुन सक्छ,

त्यसैले अब ढिला नगरी

बिमारी काेखकाे उपचार गराउ अामा ।।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x