×

NMB BANK
NIC ASIA

फ्राइडे रिलिजः चलचित्र ‘प्रसाद’ सँगै प्रियंका चोपडाले बनाएको नेपाली फिल्म हलमा

मंसिर २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ । गीतसंगीत र ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षित बनेको चलचित्र ७० बढी सिंगल हलमा प्रदर्शनमा आएको हो ।

Sagarmatha Cement
Muktinath Bank

चलचित्रले प्रदर्शनको पहिलो दिन मल्टिप्लेक्समा पनि उच्च शो पाएको छ । चलचित्रलाई मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्समा राजधानीका पाँच हलबाट १५ शो मिलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निः सन्तान दम्पतीको कथामा चलचित्र निर्माण भएको निर्देशक दिनेश राउतले बताए । सन्तान नहुँदा भोग्नुपर्ने सामाजिक र मानसिक अप्ठ्यारालाई चलचित्रमा उतारिएको राउतले बताए । चलचित्रको कथा लामो समय चलचित्र पत्रकारितामा विताएका पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवास थापा निर्मित चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मूख्य भूमिकामा छन् ।


Advertisment
Nabil box
Kumari

साथमा बसुन्धारा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्व लगायतको पनि भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन छ । चलचित्रका दुई गीत ‘लै लै...’ र ‘वनकी चरी...’ले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । 

Vianet communication
Laxmi Bank

सिंगल हलमा शुक्रबारबाटै लाखमान योञ्जन तामाङ निर्देशित चलचित्र ‘झिल्के’ पनि प्रदर्शनमा आएको छ । प्रचारप्रसारबीनै प्रदर्शनमा आएको चलचित्रमा झरना थापा मुख्य भूमिकामा छिन् । 

शुक्रबारबाट नै हलमा दुई विदेशी चलचित्र पनि प्रदर्शनमा आएका छन् । प्रियंका चोपडा निर्मित नेपाली भाषाको सिक्कमी चलचित्र ‘पाहुना’, सुशान्त सिंह राजपुत र सारा अली खान अभिनित बलिउड चलचित्र ‘केदारनाथ’ प्रदर्शनमा आएका हुन् । उपत्यकामा क्यूएफएक्समा ‘पाहुना’ले पहिलो दिन ५ सो पाएको छ भने ‘केदारनाथ’ले १५ सो पाएको छ ।

सिंगल स्कृनमा ‘प्रसाद’को दबदबा भएपनि मल्टिप्लेक्समा यी दुई चलचित्रसँग भिड्न्त गर्नुेपर्ने छ । मल्टिप्लेक्समा गएको हप्तादेखि प्रदर्शनमा आएको चलचित्र ‘२.०’ को दबदबा पनि कायमै छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x