मंसिर ११, २०८०
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
जनकपुरधाम – सीताराम विवाह पञ्चमी महामहोत्सव शुक्रवारदेखि जनकपुरधाम शहरमा शुरू भएको छ ।
जानकी मन्दिरदेखि राम मन्दिर, लक्ष्मण मन्दिर र रंगभूमि मैदान बारह बिघा क्षेत्रलाई महामहोत्सवका लागि सजाइएको छ । जनकपुरधाममा नेपाल र भारतका साधुसन्त आउने क्रम शुरू भइसकेको छ ।
जानकी मन्दिरको आयोजना, महामहोत्सव महामण्डलेश्वर रामतपेश्वर दास वैष्णव संरक्षकत्व र मूल समारोह समितिका अध्यक्ष रामरोशन दास वैष्णवको अगुवाईमा भइरहेको छ ।
शुक्रवार नगर दर्शन कार्यक्रम अन्तर्गत भगवान रामको झाँकी बनाएर नगरभरी घुमाइएको छ । त्रेता युगमा सीता स्वयम्बरमा गुरू विश्वामित्रसँगै भगवान राम र लक्ष्मण पहिलो पटक मिथिला नगरी जनकपुरधाम आएका थिए । मूल समारोह समितिका अध्यक्ष समेत रहेका जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भने, ‘यस पटक नगर दर्शन कार्यक्रममा पनि नयाँ कुरा समावेश गरिएको छ ।’
भगवान राम र लक्ष्मणको झाँकी नगरभरी पसलमा संवाद गर्दै घुमेको दृश्य नयाँ थपिएको उनले बताए । ‘पहिले–पहिले सिधा झाँकीलाई नगरभर परिक्रमा मात्र गराइन्थ्यो । तर यस पटक भगवान् राम र लक्ष्मणले भक्तजन र जनकपुरबासीसँग औपचारिक रूपमा संवाद गर्दै गएको मनोरम दृश्य देखिएको छ,’ उनले भने ।
मंसिर २२ गते ‘फूलबारी लीला’ कार्यक्रम आयोजना गरिँदैछ । जसरी सीताले गौरीको पूजाका लागि र भगवान् रामले आफ्नो गुरूका लागि फूल टिप्न पुष्प वाटिका जाँदा दुवैबीच पहिलो पटक भेटघाट भएको थियो, त्यसैगरी सोही दृश्यलाई फूलबारी लीला भन्ने गरिएको छ । जानकी मन्दिरको उत्तरतर्फ रहेको विवाह मण्डपमा फूलबारी लीलाको कार्यक्रम गरिने छ ।
मंसिर २३ गते ‘धनुष यज्ञ’को कार्यक्रम राखिएको छ । यस पटक यज्ञ कार्यक्रम नयाँ नै हो । विगतमा धनुष यज्ञ कार्यक्रम हुँदैनथ्यो । तर यस पटक रंगभूमि मैदान बारह बिघामा साधुसन्तलाई राजा महाराजाको प्रतिक बनाएर धनुष यज्ञको कार्यक्रम तय गरिको महन्थ रामरोशन दास वैष्णवले बताए ।
मंसिर २४ गते ‘तिलकोत्सव’को कार्यक्रम गरिने छ । जानकी मन्दिरबाट राम मन्दिरमा विभिन्न फलफूल, मिठाई, लुगाकपडा, खाद्यान्न वस्तु सहितको सामग्री सहितको ‘भार’ जानेछ । त्यो भार गएपछि त्यहाँ तिलकोत्सव कार्यक्रम आयोजन गरिने छ । जानकी मन्दिरबाट महन्थ रामतपेश्वर दास वैष्णव राजा जनकको भूमिकामा जानेछन् । त्यहाँ राम मन्दिरका महन्थ राम गिरी राजा दशरथको भूमिकामा रहने छन् ।
‘दुवै तर्फका साधुसन्तको उपस्थितिमा भगवान रामलाई टीकाटालो लगाएर तिलकाइने छ, अनि बिहेको साइत टुंगो लाग्ने छ,’ महन्थ रोशन दास वैष्णवले भने, ‘मिथिलामा अझै पनि बिहेको कुरा निश्चित हुनुभन्दा अगाडि दुलाहालाई तिल्काउने गरिन्छ ।’
तिलकोत्सवका बेला स्थानीय प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारीसँगै ४ वटै सुरक्षा निकायका प्रमुख पनि दुलही पक्षबाट राम मन्दिर पुगेका हुन्छन् । तिलकोत्सवलाई मिथिलामा ‘छेका’ भन्ने गरिन्छ । छेका भयो भने बिहे टुंगिएको मानिन्छ ।
मंसिर २५ गते ‘मटिकोर’ कार्यक्रम गरिने छ । सीताले गंगा सागरमा गएर पोखरीको माटो खन्नेछिन् । त्यहीँ माटोले बिहेका लागि विवाह मण्डपको ‘बेदी’ बनाइने छ । अहिले पनि मिथिलामा बिहे हुँदा मटिकोरको माटोले नै बेदी बनाउने प्रचलन यथावतै छ ।
दुलही पक्षका महिलाले दुलहीलाई लगेर पोखरीको माटो खनेर थालमा राख्ने गर्छन् । गीत गाउँदै माटो खन्ने, माटो सहितको थाल आ–आफ्नो टाउकोमा राखेर सारीले छोप्दै ल्याउने र त्यही माटोले बेदी बनाएपछि सोही बेदीमा बिहे हुने गर्छ ।
मंसिर २६ गते ‘स्वयम्बर तथा शुभ विवाह’को कार्यक्रम हुनेछ । विगतका वर्षमा राम मन्दिरबाट भगवान राम र सीता मन्दिरबाट सीताको डोली निस्किएर नगर परिक्रमा गर्दै रंगभूमि मैदान बारह बिघामा लगेर डोलालाई परिक्रमा गराइन्थ्यो । त्यसैलाई स्वयम्बर भनिने गर्थ्यो । तर यस पटक औपचारिक रूपमा स्वयम्बर कार्यक्रम आयोजन गरिएको महन्थ रामरोशन दास वैष्णवले बताए ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भगवान रामको अभिभावकको रूपमा स्वयम्बर कार्यक्रममा सहभागी हुनेछन् । साधुसन्तको उपस्थितिमा भगवान राम र सीताबीच स्वयम्बर कार्यक्रम आयोजन गरिनेछ । त्यसका लागि रंगभूमि मैदानमा भव्य मञ्च बनाइएको छ ।
त्यसपछि साँझ ६ बजेदेखि राति १२ बजेसम्म जानकी मन्दिरको प्राङ्गणमा विवाहको कार्यक्रम आयोजन गरिने छ ।
मंसिर २७ गते जन्तीलाई बिदा गरिँदा ‘रामकलेबा’ कार्यक्रम आयोजन गरिन्छ । जब सीताको बिहे भएको थियो, राजा जनकले आफ्नो छोरी सीतालाई बिदा गर्न चाहिरहेका थिएनन् । राजा जनकको आग्रहमा राजा दशरथसहित जन्ती मिथिलामा लामो समय बसेका थिए । पछि राजा जनकले सीतालाई बिदा गरेका थिए ।
महन्थ रोशनदास वैष्णवका अनुसार राम कलेबाका दिन कम्तिमा पनि जानकी मन्दिरमा १ लाख जति साधुसन्तले भोजन गर्ने गर्छन् । ५६ प्रकारको खाना खुवाउनुका साथै साधु सन्तलाई कम्बल बिदाईमा दिएर जन्तीलाई बिदा गर्ने गरिन्छ ।
भारतको अयोध्याबाट मुख्यमन्त्री योगी आदित्यनाथको अगुवाइमा १ हजार जति जन्ती आउँदै छन् । ‘योगी आदित्यनाथ निजी विमानबाट आउने छन् भने कतिपय जन्ती हात्ती, घोडा, उँट आदि चढेर आइरहेका छन्,’ महन्थ वैष्णवले भने, ‘हामी पनि जन्तीलाई स्वागत गर्न बैण्ड बाजा, रथसहित सीमावर्ति जटहीसम्म जानेछौं ।’
जानकी मन्दिरलाई बाहिर र भित्रबाट फूलैफूल र विद्युतीय प्रकाशले सजाइएको छ । भारतको कोलकत्ताका फूल आपूर्तिकर्तालाई त्यसको जिम्मेबारी दिइएको छ । भारत, थाइल्याण्ड, सिंगापुरसहित ७ देशबाट फूल मगाएर जानकी मन्दिर सजाउने काम भइरहेको उनले बताए ।
५० केभीएको ४ वटा जेनेरेटर तयार गरेर राखिएको छ । जन्तीलाई आवासका लागि जनकपुरका विभिन्न होटेल, लज, धर्मशाला ‘बुक’ गरिएको छ । जानकी मन्दिरले २ ठाउँमा ‘अन्न क्षेत्र’ निर्धारण गरेको छ जानकी मन्दिर र रंगभूमि मैदानमा । महन्थ वैष्णवका अनुसार विवाहमा कम्तिमा पनि डेढदेखि २ लाख जति साधुसन्त र दर्शनार्थीलाई खाना खुवाउने गरिन्छ ।
‘शुरूको ४ दिनसम्म ५० हजार मान्छेले खाने गर्छन् भने बनाकीको ३ दिन र रामकलेबासम्म १ लाखभन्दा बढी मान्छेले जानकी मन्दिरमा खाना खाने गर्छन्,’ उनले भने । खानामा दाल, भात, विभिन्न किसिमका तरकारी, अचार, पूरी, रसगुल्ला, लालमोहन लगायतका मिठाईसहित विभिन्न परिकार दिने गरिएको छ । खाना पकाउन २५ देखि ३० वटा भान्सेको व्यवस्था गरिएको हुन्छ भने २ सय ५० देखि ३ सयसम्म मान्छे खाना खुवाउन मात्र खटिएका हुन्छन् ।
जन्तीलाई कम्बल, मैथिलानीलाई साडी, चुन्दरी वितरण गर्ने गरिन्छ । यस पटक कम्तिमा पनि २ देखि साढे २ करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको महन्थ वैष्णवले बताए । विवाह पञ्चमीमा १० लाखसम्म दर्शनार्थीले दर्शन गर्न सक्ने अनुमान गरिएको छ ।
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...