माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
पुरुषहरूका लागि परिवार नियोजनको साधनका रुपमा कण्डम वा वन्ध्याकरणको विकल्पमात्र उपलब्ध हुँदै आएकोमा वैज्ञानिकहरूले लामो अनुसन्धानपछि पुरुष गर्भनिरोधक जेल तयार पारेका छन् । यो जेल प्रयोग गरेपछि अस्थायी रुपमा पुरुषको वीर्यमा कमी आउने बताइएको छ ।
यस कार्यक्रमसँग सम्बद्ध डा डायना ब्लीथले साइड इफेक्टका डरले गर्भनिरोधक चक्की लिन नचाहने महिला तथा कण्डम प्रयोग गर्न नरुचाउने पुरुषका लागि निकै प्रभावकारी तथा लाभदायक हुने बताएकी छिन् । एनइएसर टि नाम राखिएको यो जेल पुरुषले आफ्नो पिठ्यँ र काँधमा लगाउनु पर्छ, केही क्षणपछि छालाले यसलाई लिएपछि यसले असर देखाउन थाल्छ । यो जेल बनाउन टेस्टोस्टेरान तथा सेजेस्टेरान नामक दुई तत्वहरूको मिश्रण गरिएको हुन्छ । जेलको प्रयोग बन्द गरेपछि पुरुषमा पूर्ववतरुपमा वीर्यको विकास हुने बताइएको छ ।
सेजेस्टेरानले पुरुषको अण्डकोषमा रहेको टेस्टेस्टेरानको उत्पादनलाई प्राकृतिक तवरले रोकिदिन्छ जसका कारण वीर्यको उत्पादनमा निकै कमी आउँछ तर यसले यौनच्छा वा अन्य यौनिक क्रियाकलापमा कुनै प्रतिकूल प्रभाव पर्दैन । हाल परीक्षणकै अवस्थामा रहेको यो जेलको परीक्षण चाँडै नै विश्वभरका ४२० जोडी गरिने अमेरिकाको नेशनल इन्ष्टिच्यूट अफ हेल्थले जनाएको छ । यस अनुसन्धानमा संलग्न पुरुषहरूलाई चार देखि २० हप्तासम्म यो जेल प्रयोग गर्न लगाइनेछ ।
–गोरखापत्र दैनिकबाट
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...