×

NMB BANK
NIC ASIA

मोबाइलमै व्यस्त ‘डिजिटल प्रदेश’ कर्णालीका प्रविधिमैत्री मुख्यमन्त्री !

मंसिर २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – केही दिनअघि सुर्खेतमा आयोजित कार्यक्रमका प्रमुख अतिथि थिए कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । 

Muktinath Bank

अन्य अतिथिको हातमा डायरी र कलम भएपनि मुख्यमन्त्री शाहीको हातमा सामसङ ब्राण्डको ग्यालेक्सी मोबाइल थियो । अन्य वक्ताले बोलिरहँदा मुख्यमन्त्री शाही मोबाइलमा औला दौडाइरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैलेख जिल्लामा मंसिर १९ गते गरिएको कार्यालय प्रमुखसँगको अन्तक्र्रिया कार्यक्रममा पनि मुख्यमन्त्री मोबाइल चलाउनमै व्यस्त देखिए । त्यहाँ पनि अन्य अतिथि डायरी र कलम चलाइरहँदा उनी मोबाइल नै चलाइरहे ।
मुख्यमन्त्रीले मोबाइल चलाइरहेको देखेपछि धेरैले कानेखुशी गर्न थाले । अनुमान लगाउन थाले – फेसबुक बन्द गर्छु भन्ने मुख्यमन्त्री आफैं फेसबुक चलाउनमै व्यस्त पो छन् कि ?


Advertisment
Nabil box
Kumari

मंसिर २० गते वीरेन्द्रनगरमा आयोजना गरिएको नेपाल पत्रकार महासंघको २३ औं साधारण सभामा पनि उनले त्यही प्रवृत्ति दोहोर्याए । हरेक कार्यक्रममा मुख्यमन्त्री मोबाइल चलाउनमै व्यस्त रहेको देखिनु आश्चर्यजनक लाग्यो ।

Vianet communication
Laxmi Bank

हरेक कार्यक्रममा उनको ध्यान मोबाइलमै हुनुलाई अनौठो रुपमा लिनु स्वभाविक पनि हो । कार्यक्रमका प्रमुख अतिथि नै महत्त्वपूर्ण कार्यक्रममा मोबाइल चलाएर बस्ने नराम्रो मान्नेको ठूलै जमात पनि छ । सबैले मुख्यमन्त्री सामाजिक सञ्जाल चलाएर बसिरहेको अड्कल काट्छन् ।

महासंघको कार्यक्रममा उद्घाटनपश्चात् मुख्यमन्त्री शाहीले खल्तीबाट मोबाइल निकाले र सोझै नोटबुक खोल्न भ्याए । मोबाइलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यक्रममा अरुले बोलेका कुराको फटाफट टिपोट गरिरहेका रहेछन् । कार्यक्रम चलिरहँदा मुख्यमन्त्रीले सामाजिक सञ्जाल चलाएर बस्ने अनुमान गलत रहेछ ।

कार्यक्रममा प्रदेश सरकार र आफ्ना विषयमा उठेका जिज्ञासालाई बुँदागत रुपमा टिपोट गरेर मुख्यमन्त्री शाहीले जवाफ फर्काउने गरेको भेटियो । उनले आफूलाई हतार भएको बताउँदै कार्यक्रमको बिचमै मन्तव्य राखेर कार्यालयतिर गए ।

कार्यालयमा भेटिएका मुख्यमन्त्री शाहीले भने, ‘हामीले कर्णालीलाई डिजिटल प्रदेश बनाउने सपना देखेका छौं । डिजिटल प्रदेश निर्माणको लागि हामी आफैंबाट डिजिटलाइज प्रविधि प्रयोग गर्न जरुरी छ । त्यहीँ सोचका साथ म हरेक कार्यक्रममा कापी र कलमको प्रयोग गर्नुको सट्टा मोबाइल नै प्रयोग गर्छु । जसले मलाई प्रविधिमैत्री बनाएको छ ।’

उनले अगाडि थपे, ‘मैले सामाजिक सञ्जाल नै चलाउँदिनँ । यहाँहरूले हेर्न सक्नुहुन्छ सामाजिक सञ्जालमा म धेरै कुरा राख्न वा सूचना शेयर गर्न मन पराउँदिनँ । तपाईलाई लाग्न सक्ला म सामाजिक सञ्जाल चलाएर बसेको भन्ने तर त्यसो होइन । मैले कार्यक्रममा सहभागीले बोलेका राम्रा कुरा टिप्ने र आफूले बोल्ने कुरा बुँदागत रुपमा टिप्ने गरेको छु ।’

मुख्यमन्त्री शाहीले अबको युग विकास र प्रविधिको भएको बताए । ‘दुनियाँ प्रविधिको प्रयोग गरेर धेरैमाथि गइसकेको छ,’ उनले भने, ‘हामीले डोजर आइसकेको बेलामा अझै पनि कुटोले खनेर भौतिक पूर्वाधारको विकास गर्न सक्दैनौं । त्यसैले मैले कर्णालीको विकासका लागि प्रविधिको अधिकतम् उपयोग गर्नुपर्छ भन्ने मान्यता राख्छु र सोही बमोजिम हामीले मन्त्रिपरिषद्को बैठक पेपरलेस गराएका छौं ।’

उनले आफूले विगत ६ वर्षदेखि नै मञ्चमा कापी र कलम लिन छोडेको बताए । ‘हातमा अत्याधुनिक सुविधा सहितको मोबाइल छ । केही कुरा आवश्यकता अनुसार टिप्न, सुरक्षा गर्न सहज हुन्छ,’ उनले भने, ‘डायरी हराउने, भनेको बेला खोज्न नसकिने, सधैं बोक्न नसकिने हुन्छ । तर मोबाइलमा सेभ गरिएर राखिएको हुँदा मोबाइल हराएको खण्डमा बाहेक अन्य बेला आफूलाई चाहिएको कुरा हेर्न सजिलो हुन्छ । त्यसैले मैले विगतदेखि नै मोबाइल, ट्याब तथा कम्प्यूटरको प्रयोग गर्दै आइरहेको छु ।’

मुख्यमन्त्री शाहीले सबैले प्रविधिको अधिकतम प्रयोग गरेर जानुपर्नेमा जोड दिए । ‘जति पनि प्रविधि आएको छ । त्यसलाई विकास निर्माणमा अधिकतम् प्रयोग गर्ने बानी बसालौं,’ उनले भने, ‘अनि मात्र हामीले देखेको समृद्धि आउन सक्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x