×

NMB BANK
NIC ASIA

‘बालकृष्ण ढुंगेल छुट्ने तर अत्याधिक मतले निर्वाचित रेशमलाई जेल कोचेर ठूलो अन्याय’

मंसिर २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – नयाँशक्ति पार्टी नेपालकी हेडक्र्वाटर सदस्य एवं नेतृ हिसिला यमीले शनिवार धनगढीमा थारु अगुवालाई बोलाएर टीकापुर घटनाबारे छलफल गरेकी छिन् ।

Muktinath Bank

थरुहट थारुवान आन्दोलनको क्रममा घटेको टीकापुर घटनाको घटाएको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएका जननिर्वाचित तर सपथ नगराइएका सांसद रेशम चौधरीसहित २७ विरुद्ध लागेको मुद्दा र समसमायिक राजनीतिक घटनाक्रमबारे थारु अगुवालाई बोलाएर छलफल थालेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भनिन्, ‘नयाँशक्ति पार्टी नेपालले पहिलैदेखि अधिकार र पहिचानको लागि उठेको थरुहट आन्दोलनलाई समर्थन गर्दै आएको छ । मागहरू जायज थिए । तर आन्दोलनको क्रममा घटेको घटना दुखद हो । यद्यपि राजनीतिक मुद्दा भएकाले राजनीतिक रुपमा नै समाधान खोजिनुपर्छ । यतिका दिन ४० महिनासम्म जेलमा कोचेर राज्यले ठूलो अन्याय गर्दैछ ।’ 


Advertisment
Nabil box
Kumari

उनले नेकपाका सत्ताधारी नेताले विभिन्न राजनीतिक सेटिङ मिलाएर राजनीतिक घटनाक्रम अन्तर्गत मुद्दा खेपिरहेका बालकृष्ण ढुंगेललाई स–सम्मान रिहाइ गरेको दाबी गरिन् । तर जनताले अत्याधिक बहुमतले विजय गराएका सांसद रेशम चौधरीलाई राज्यले जेलमा कोचेर जनमतको अपमान गरेको उनको तर्क थियो ।

Vianet communication
Laxmi Bank

राज्यले थारु समुदायको हक अधिकारबारे गम्भीर भए तत्काल चौधरीलाई प्रमाणपत्रसहित शपथ ग्रहण गराउनुपर्ने समेत उनको भनाई थियो । नयाँशक्तिका संयोजक बाबुराम भट्टराईकी पत्नी समेत रहेकी यमीले थारु समुदायको अधिकारबारे आफूहरू पहिल्यैदेखि गम्भीर रहेको पनि बताइन् ।

छलफल कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस) कैलालीका कार्यबाहक सभापति माधव चौधरीले राज्यले थारु समुदायलाई पेलेर राखेको बताए । अधिकारको आन्दोलनलाई दमन गर्नलाई पनि निर्दोष थारुमाथि झूटा मुद्दा लगाएको दाबी गरे ।

थरुहट आन्दोलनबारे प्रकाश पार्दै उनले भने, ‘हामी यहाँ भएका विभिन्न राजनीतिक आन्दोलनको घटना क्रमलाई नियाल्दै आएका छौं । राज्य एक पक्षलाई पोस्दै आएको छ । अर्को पक्षलाई दबाउँदै आएको छ । हाम्रो आन्दोलन सकिएको छैन । कुनै न कुनै दिन उठ्छ ।’

राष्ट्रिय जनता पार्टीकी नेतृ एवं प्रदेशसभा सदस्य मालामति रानाले थरुहट मधेश आन्दोलनबारे छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित छानबिन टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न राज्यले खुट्टा कमाएको बताइन् । सरकारबाटै तयार पारेको प्रतिवेदन सार्वजनिक नगर्नु भनेको सरकारको तानाशाही प्रवृति देखाएको टिप्पणी गरिन् ।

थारु अगुवा एंव थाकस कैलालीका पूर्वसभापति प्रभातकुमार चौधरीले नयाँ संविधान थारु समुदायलाई ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’झैं भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली रहेसम्म थारु समुदायले अधिकार नपाउने समेत जिकिर गरे ।

थारु युवा ठाकुरकरिया प्रधानले मुलुकको नयाँ संघीय संरचना थारु समुदायलाई ‘खाने भए खा, नत्र घिच’ भएको बताए । हाल थरुहट आन्दोलन सकिएको देखिएपनि भित्रभित्रै उकुसमुकुसको अवस्था रहेकाले कुनै पनि बेला विष्फोट हुन सक्ने पनि उनले चेतावनी दिए ।

कार्यक्रममा थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले यदि कोही थारु समुदायको अधिकारको लागि बोल्छु या लड्छु भन्छ भने उसले रेशम चौधरीलाई प्रमाणपत्रसहित शपथ ग्रहण गराउन सक्नुपर्ने बताए । अन्यथा सबै कुरा फगत रहेको उनको भनाई थियो ।

छलफलमा उपस्थित अगुवाले नयाँशक्ति पार्टी नेपालले थारुलगायत पीडित समुदायको मुद्दाबारे स्पष्ट आधिकारिक दृष्टिकोण बनाएर आउनुपर्ने सुझाव दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x