×

NMB BANK
NIC ASIA

राजेश हमाललाई देखेर 'ट्वाँ' परेका शंकरले जब उनैलाई नचाउन थाले

मंसिर २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– बाँकेको वागेश्वरीस्थित मनकामनापुर । गाउँको एक विद्यालय नजिकै खजुरामा ‘शत्रु’ भिडियो फिल्मको सुटिङ हुँदै थियो ।

Sagarmatha Cement
Muktinath Bank

अभिनेत्री मौसमी मल्ललाई कमल राईले नृत्य गराउँदै थिए । आजभन्दा झण्डै ३ दशकअघि भिडियो फिल्म खुबै बन्थे । गाउँमा सुटिङ भनेपछि हेर्न जानेको जमात पनि ठूलै हुन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘२०४७ सालतिरको कुरा होला,’ मोडल तथा नृत्य निर्देशक शंकर बिसी लोकान्तरसँगको कुराकानीमा सम्झन्छन्, ‘त्यो सुटिङ हेर्न विद्यालयका साथीसहित म पनि पुगेको थिए ।’


Advertisment
Nabil box
Kumari

स्कूले विद्यार्थी शंकरले सुटिङलाई राम्रोसँग नियाले । नृत्य निर्देशक कमल राईले नृत्य सिकाएको देखेपनि शंकरमा पनि नृत्यप्रतिको मोह बढ्दै गयो ।

Vianet communication
Laxmi Bank

केही समयपछि ‘कामना’ पत्रिकामा कमल राईद्वारा नृत्य सिकाइने सम्बन्धी एउटा विज्ञापन देखे । उनले त्यो विज्ञापनलाई कैचीले काटे । अनि आफ्नो पर्समा सुरक्षित राखे । २०५१ सालमा एसएलसी परीक्षा दिए, परीक्षामा उत्तीर्ण भए । अनि पर्सबिचको कागजसँग आफ्नो भविष्य साँच्दै उनी काठमाडौं आए ।

‘पहिले सुटिङमै उहाँलाई देखिसकेको थिए । पत्रिकामा विज्ञापन देखेपछि उहाँसँगै नृत्य सिक्ने अठोट गरें,’ शंकर भन्छन्, ‘एलएलसी सकेपछि नृत्य सिक्ने चाहनामा काठमाडौं आएँ ।’

शंकरमा नृत्यप्रतिको रुचि सानैदेखि थियो । ४–५ वर्षको उमेरदेखि नै । गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा २ कक्षामा पढ्दै गर्दा विद्यालयबीच नृत्य प्रतियोगिता हुने भयो । साथी शिक्षकले उनलाई नृत्यका लागि आग्रह गरे । उनी नृत्य प्रतियोगितामा भाग लिए, सान्त्वना भए । त्यसपछि उनको नृत्यप्रतिको रुचि बढ्दै गएको थियो । गाउँमा हुने बिहे, पुजाआजा तथा रेडियोमा गीत घन्किना साथ उनको खुट्टा चलिहाल्थ्यो ।

‘घरमा कोही पाहुना आएपनि मलाई नाच भन्नुहुन्थ्यो । म पनि के कम नाचिहाल्थ्यें,’ उनी भन्छन्, ‘तर कहाँबाट सिके भन्ने आफैंलाई पनि थाहा छैन ।’ सानैदेखि चलचित्र खुबै हेर्थे शंकर । चलचित्रमा देखिने औधी रुचि थियो उनको । त्यसका लागि नृत्य अनिवार्य छ भन्ने उनलाई लाग्थ्यो ।

काठमाडौं आएपछि ...

एलएलसीपश्चात् २०५१ सालताका काठमाडौं आएका शंकरले निकै मेहनतका साथ नृत्य निर्देशक कमल राईको अफिस फेला पारे । बिजुली बजार उनको अफिस थियो । औपचारिक प्रशिक्षणका लागि कमलको अफिस पुगेका शंकर स्कूलको डान्स प्रतियोगिता । गाउँ, जिल्लामा हुने प्रतियोगिताबाट नृत्यको अनौपचारिक ज्ञान भने हासिल गरिसकेका थिए । उनी नृत्य सिक्न कमल राईसँग पुगे । उनले एउटा गीतमा नृत्य गर्न लगाएर शंकरको परीक्षा लिए । सानैदेखि नृत्य भनेपछि पाइला अघि सारिहाल्ने शंकरको नृत्यलाई कमलले रुचाए ।

तिम्ले कहीँ नृत्य सिकेको हो ? प्रश्न सुनेपछि शंकरले जवाफ फर्काए, ‘गाउँमा हुने, पूजाआजा, बिहे, विद्यालयमा हुने प्रतियोगिताबाट सिकेको हुँ ।’ त्यसपछि शंकर नृत्य निर्देशक राईसँग नृत्य सिक्न थाले । जल शाह, श्याम भट्टराई, विराज भट्ट उनका साथी थिए । 

राजेश हमाललाई पहिलो पटक देख्न पाउँदा

नृत्य सिक्दै जाँदा शंकरलाई कमलले कोरस नाच्नका लागि सुटिङमा लैजान थाले । जुन शंकरको पनि सपना थियो । उनी पहिलो पटक ‘अवतार’ चलचित्रमा कोरस नाँचे । गौरी मल्ल र सिमान्त उदासको अभिनय रहेको ‘लुकी लुकी चोरी चारी...’ बोलको गीतमा कोरस नाचेको शंकर सम्झन्छन् । 

उनलाई नृत्य निर्देशक कमलले अर्को चलचित्र ‘कान्छा’को सुटिङमा लैजाने भए । ‘२०५३ सालतिरको कुरा होला,’ शंकर सम्झँदै भन्छन्, ‘त्यसमा राजेश हमाल हिरो हुनुहुन्थ्यो । पहिलो पटक राजेश हमालललाई देख्दैछु भनेपछि मलाई रातभर निन्द्रा लागेन । कति बेला उज्यालो होला र राजेश हमाललाई देखौंला भन्ने भयो ।’

बालाजुमा सुटिङ थियो । उनी एकाबिहानै त्यहाँ पुगे । उनले राजेशलाई देख्न धेरै घण्टा कुरे । अन्नतः राजेश १ बजे मात्र उपस्थित भए । त्यो समय अहिलेजस्तो मेला महोत्सव हुँदैनथ्यो । राजेश हमाललाई देख्न पाउनु मात्र पनि धेरै ठूलो कुरा थियो । राजेश आउना साथ एक जना कुर्सी लिएर, अर्का छाता आढोउन, अर्का मेकअप गरिदिन गए ।

त्यो देखेर शंकर सोच्थे – हिरो भएपछि कुर्सीमा बस्न पाइदो रहेछ, छाता ओढाइदिने छुट्टै मानिस हुँदा रहेछन् । म पनि हिरो हुन पाए त ! शंकरमा कताकता हिरो हुने हुटहुटी बढ्दै गयो ।

राजेशसँग जोडिएका शंकरसँग अर्को रमाइलो किस्सा पनि छ । उनी राजेशसँग सोही चलचित्रमा पहिलोपटक कोरसमा नाँच्दै थिए । साथमा दिलिप रायमाझी, सुशील क्षेत्री, श्याम घिमिरे लगायत कोरसमा नाच्नेहरू थिए । ‘राजेश दाईको साइडमा नाच्ने रहर थियो । तर म नयाँ भएर पछाडि नाच्नुपर्यो । सुशील र दिलिप दाई सिनियर हुनुहुन्थ्यो । उहाँहरू राजेश दाईको नजिक रहेर नाच्नुभयो,’ शंकर सम्झन्छन् । 

राजेशलाई देखेर ट्वा पर्ने शंकर जब उनलाई नै नचाउन थाले

शंकरले २०५३ सालदेखि डान्स सेन्टरमा डान्स सिकाउन थाले । क्यासिनोमा नाँच्ने साथै स्कूलमा डान्स सिकाउन थाले । उनको डान्स सेन्टरमा आर्यन सिग्देल, बाबु बोगटी, दिपाश्री निरौला लगायतले डान्स सिके । समय चल्दै गयो ।

२०५५/५६ सालतिर दिलिप रायमाझी वसन्त रायमाझीका सहायक थिए । ‘दिलिप दाइले ‘भानुभक्त’ चलचित्रमा नायकमा अवसर पाउनुभयो । त्यतिबेला उहाँहरूबीच एउटा सहायक चाहियो भन्ने कुरा भएछ । दिलिप दाईले मलाई सिफारिस गर्नुभयो,’ शंकर भन्छन्, ‘स्वर्गीय दिपक रायमाझीले मेरो प्रस्तुति हेर्नुभयो र ओके गर्नुभयो ।’ तत्पश्चात् शंकरले ‘परेली’ चलचित्रमा सहायक नृत्य निर्देशकको रुपमा काम गर्ने अवसर पाए । जुन चलचित्रको नायक राजेश हमाल थिए । राजेश र विपना थापा अनि रमेश उप्रेती र दीपाश्री निरौलालाई शंकरले नचाए ।

राजेशलाई देखेर ट्वा पर्ने शंकर उनै राजेशलाई पहिलो पटक नचाउनुपर्दा ‘नर्भस’ भएको अनुभव सुनाउँछन् । त्यतिबेला राजेशले भनेछन्, ‘तपाईलाई त कहाँ देख्या जस्तो लाग्यो ?’ शंकरले राजेशसँग त्यसअघि नै २५ वटाजति चलचित्रमा कोरस नाचिसकेका थिए । तर कोरसलाई खासै वास्ता नगर्ने भएर राजेशको नजरमा उनी परेका थिएनन् । त्यसपछि भने शंकर निरन्तर चलचित्रमा कोरियोग्राफी गर्दै गए । 

हिरो बन्ने पक्कापक्की थियो तर ...

२०५७ सालतिर चलचित्र गरिरहेको समयमा निर्देशक नारायण पुरीले उनलाई चलचित्रमा हिरो लिने निर्णय गरे । शंकरले नारायणको संयम नर्सरीमा पढ्दा डान्स सिकाउँथे । सुनिल थापाको छोराछोरीलाई डान्स सिकाउँथे ।

‘छोराको टिचर पनि हो, राम्रो नाच्छ भनेर चलचित्रमा लिने निर्णय गर्नुभएको थियो,’ उनी सम्झन्छन् । तर दुर्भाग्य देशमा संकटकाल लाग्यो र त्यो चलचित्र नबन्ने भयो । ‘शंकरको नायक बन्ने सपना शीर्षकमा पत्रिकामा पनि समाचार आएको थियो । तर हिरो बन्ने सपना तुहियो,’ उनले भने । त्यसपछि भने शंकर म्यूजिक भिडियोतिर लागे । तर हिरो बन्ने सपना भने ज्यूँका त्यूँ थियो । उनले २०५८ सालमा ‘चमेलीको तेल’ बोलको दोहोरी गीतमा अभिनयसँगै निर्देशन गरे ।  

संघर्ष गर्दै जाँदा उनलाई कामको खाँचो भएन । २०५८ सालतिरै उनले ‘कही मिलन कही बिछोड’ र ‘सन्तानको मायामा’ लगायतका चलचित्रमा नृत्य गरे । 

‘सुपारी चाम्रो’ जसले शंकरलाई रातारात हिट बनायो

शंकर चलचित्र तथा म्यूजिक भिडियोमा काम गर्दै गए । २०६१ सालताका जतिबेलासम्म उनी ५० बढी म्यूजिक भिडियोमा काम गरिसकेका थिए । सोही समय ‘सुपारी चाम्रो’ बोलको लोकदोहोरी गीत सार्वजनिक भयो ।

एकनारायण भण्डारीको शब्द संगीत रहेको गीतमा विमलराज क्षेत्री र बिष्णु माझीको श्वर रहेको छ । जुन गीतमा शंकर बिसी र सम्झना बुढाथोकीको अभिनय रहेको छ । निर्देशन पनि शंकरकै रहेको छ । ‘त्यो गीत यतिधेरै चल्यो, भीसीडीको व्यापार कल्पनाभन्दा धेरैमाथि भयो,’ शंकर भन्छन्, ‘त्यसपछि मैले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।’ 

शंकर सुपारी चाम्रो गीत सार्वजनिकसँगै रातारात हिट भए । गीतसंगीत क्षेत्रमा उनको चर्चा ह्वात्तै बढ्यो । त्यसपछि उनका ‘लालुपाते नुघ्यो भुँइतिर’, ‘नजाउ है सानु पधेंरीमा’, ‘तिते करेली’ लगायतका थुप्रै हिट गीत आए । पहिलो गीतबाट शंकर र सम्झनाको जोडी मोडलिङमा चम्कियो । शंकर र सम्झनाले मात्रै ३ सय बढी म्यूजिक भिडियोमा सँगै काम गरेका छन् । लोकदोहोरी भिडियोमा शंकरको जोडी पार्वती राईसँग पनि खुबै जम्यो । पार्वतीसँग पनि शंकरले ३ सय बढी भिडियोमा काम गरेका छन् ।

२०६४ सालतिर लोकदोहोरी भिडियोमा जमेका कलाकारलाई लिएर ‘बेरोजगार’ नामको चलचित्र निर्माण भयो । शंकरले लिड भूमिका निर्वाह गरेको चलचित्र चलेन । ‘सगुन श्रेष्ठ, म अनि विनोद श्रेष्ठ लीडमा थियौं, डाइरेक्टर पनि नयाँ हुनुहुन्थ्यो,’ शंकर भन्छन्, ‘चलचित्र नचलेपछि अब भिडियोतिर नै लाग्नुपर्छ भन्ने भयो ।’ केही चलचित्रको अफर नआएको पनि होइन । तर शंकरले काम गरेनन् । त्यसपछि उनी निरन्तर भिडियोतिरै काम गरे । चलचित्रमा कोरियोग्राफी गर्दै गए । उनले नेपालका प्रायः सबै कलाकारलाई नचाइसकेका छन् ।

‘वर्ल्ड रेकर्ड प्रक्रियामा, चाँडै चलचित्र निर्देशन गर्छु’

हालसम्म आइपुग्दा शंकरले २ हजार बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् । त्यति नै भिडियोमा मोडलिङ गरिसकेका छन् । उनै शंकर एउटा दाबीका साथ ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने प्रक्रियामा रहेको बताउँछन् ।

कुनै पनि व्यक्तिले हालसम्म यति धेरै भिडियोमा अभिनय नगरेको भन्दै उनले वल्र्ड रेकर्डमा नाम लेखाउने तयारी थालेका छन् । ‘बलिउड र हलिउडमा पनि कसैले यतिधेरै भिडियोमा अभिनय गरेको छैन,’ शंकर भन्छन्, ‘आफूले अभिनय गरेका भिडियो संकलन गरेर पठाएको छु, प्रक्रियामा छ ।’ 

शंकरको अर्को चाहाना छ चलचित्र निर्देशन गर्ने । ‘२ वर्ष अगाडिदेखि कमेडी स्क्रिप्ट लेखेको थिए । त्यो स्क्रिप्ट राइटरलाई हेर्न दिएको छु,’ उनी भन्छन्, ‘१ वर्षभित्र चलचित्र निर्देशन गर्नेछु ।’

तस्वीर- गगन अर्याल

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x