×

NMB BANK
NIC ASIA

न्यायाधीश राउतकी श्रीमती भन्छिन्– बिहे भयो तर उहाँको कारणले बच्चा भएन

मंसिर २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–सर्वोच्च अदालतका बहालवाला न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिता कुमारी राउतले आफू श्रीमानबाट अन्यायमा परेको बताएकी छन् । 
राउतले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी आफूले श्रीमानबाट अन्याय खेप्नुपरेको बताएकी हुन्  । उनले भनिन्,‘म ललिता राउत हुँ, २०६१ मंसिरमा मेरो विवाह भएको थियो, एउटी महिलालाई विवाहपछि बच्चा हुनुपर्छ भन्ने ठूलो चाहना हुन्छ, त्यो चाहनाबाट बञ्चित बनाइयो, मलाई बच्चा चाहियो भने, उहाँ भरे साँझमा घरमा आउनुहुन्थ्यो, मैले आफ्नो कुरा राख्थे, जहिले पनि पाटी, मिटिङ यस्तै यस्तै भनेर समय बिताउनुहुन्थ्यो ।’ 
उनले अघि थपिन्,‘बच्चाकोबारेमा दाजुभाउजुसँग कुरा गरें, उहाँहरुले मान्नुभएको थिएन । तर, पछि बल्लतल्ल मान्नुभयो, दुःख गरेर बच्चा मागे, हुर्काए केही समयपछि बच्चाको जन्मदर्ता गराउनुपर्ने भयो, त्यसमा आमाको नाम, बाबुको नाम चाहिनेभ यो, त्यसबेला मैले बाबुको नाम प्रकाशमान सिंह राउत र आमा ललिता कुमारी राउत नाम दिएँ ।’ 
ललिताले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘ममाथि भएको अन्यायलाई वास्तविक बुझि छानविन गरी, दोषीलाई कारबाही गरी मैले कानूनबमोजिम पाउनुपर्ने अधिकार तथा न्याय दिलाउनको लागि सहयोगको आवश्यक भएको महसुस गरेकी छु ।’ 
विज्ञप्तीमा थप भनिएको छ,‘सम्मानित सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको श्रीमती भएर पनि म एक निर्दोष महिलामाथि यति ठूलो अन्याय हुन्छ भने सर्वसाधारण नागरिकहरुले न्यायको आशा कसरी गर्न सक्लान ? यो विषयमा सोच्नुपर्ने विषय भएको छ ।’
न्याय माग्दा आफ्नो पदीय शक्तिको दुरुपयोग गरी सरकारका निकायलाई गलत प्रयोग गर्न लगाई आफू र आफ्ना दुईजना दाजु भाउजुसहितलाई २२ दिनसम्म ईलाका प्रहरी कार्यालय कटारीको कष्टडीमा किन राखियो ? भन्दै उनले प्रश्नसमेत गरेकी छिन् । 
सोबारे छानविन गरि कानूनको दुरुपयोग गरि गलत अर्थ लगाई थुन्न लगाउने र सो कार्यमा संलग्न रहेकाहरुलाई निलम्वन गर्नसमेत उनले माग गरेकी छिन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x