मंसिर ३, २०८०
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
तुलसीपुर– आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ का लागि टेबलटेनिस, ह्याण्डबल र कराँते खेलको जिल्लास्तरीय खेलाडी छनोट गर्ने कार्य सम्पन्न भएको छ । जिल्ला खेलकूद विकास समिति दाङको आयोजना तथा खेल सम्बद्ध सङ्घको समन्वयमा सञ्चालित छनोट प्रतियोगिताअन्तर्गत टेबलटेनिस खेलमा महिला सिङ्गलतर्फ रोशनी अधिकारी, पवित्रा खनाल, अस्मिता बुढा, हरिकला भण्डारी र सोफिया शाही जिल्ला छनोटमा पर्न सफल भएका हुन् ।
त्यस्तै पुरुष सिङ्गलतर्फ एञ्जल चन्द, रोषण अधिकारी, धरम पुन, उमेश श्रेष्ठ, देवराज नेपाली जिल्ला छनोट भएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिए । ह्याण्डबल पुरुषतर्फ पोषण सेञ्चुरी, विपीन श्रेष्ठ, सन्तोष लामिछाने, लीला थापा, सुरेश चौधरी, आकाश केसी, रविन वली, रोहित वली, प्रकाश बुढा, मदन भुसाल, सुनिल नेपाली, सञ्जय गुप्ता जिल्ला छनोटमा पर्न सफल भएका छन् ।
त्यस्तै महिलातर्फ अञ्जना मल्ल, हिमाल रोका, कमला डाँगी, मीना ठकुरी, मनिषा रोका, युवकला रोका, प्रेमा विक, सविता चौधरी, सम्झना चौधरी, लीला विक, आशा कुमाल, कविता सुनार र वैकल्पिक खेलाडीमा गीता वली, सीता मल्ल छनोट भएका छन् । यसैगरी कराँतेतर्फ महिला ४५ केजीमा विमला चौधरी, ५० केजीमा निशाना रोकामगर, ५५ केजीमा सीमा पुन मगर, ६१ केजीमा क्रिजिना पुन मगर, ६८ केजीमा रिता थापा, ६८ केजी प्लसमा मनिषा सेन, महिला एकल कातामा कृति चौधरी छनोट भएका छन् ।
पुरुष ५० केजीमा विगन पुन, ५५ केजीमा यमेशन चौधरी, ६० केजीमा रनम घर्तीमगर, ६७ केजीमा अर्जुनकुमार बाघचन्द, ७५ केजीमा कृष्ण विष्ट, ८४ केजीमा आशकुमार घर्ती मगर र ८४ केजी प्लसमा हरिबहादुर घर्ती जिल्ला छनोटमा पर्न सफल भएका छन् । जिल्ला छनोटमा परेका टिम तथा खेलाडीले राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश नं ५ स्तरीय छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टेबलटेनिस सहायक प्रशिक्षक केशवप्रसाद श्रेष्ठले जानकारी दिए ।
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...