×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीबिरुद्ध खनिए काँग्रेस नेता शेखर र गगन, नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङ– नेपाली काँग्रेसका नेता डा.शेखर कोईराला र गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् । 

Muktinath Bank

मोरङ क्षेत्र नम्बर ३ ले बिराटचौकमा गरेको अगुवा कार्यकर्ता भेला तथा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई संबोधन गर्दै नेता कोइराला र थापाले यस्तो माग अघि सारेका हुन् । कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका डा.कोइरालाले सरकारका पछिल्ला गतिविधिका कारण प्रधानमन्त्री ओलीले आफ्नो नैतिकता गुमाएको दाबी गरे । नैतिकता गुमाईसकेका प्रधानमन्त्रीलाई अब एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नरहेको दाबी गर्दै नेता कोईरालाले उनले अब तत्काल राजिनामा दिनुपर्ने बताए । केहि दिन अघि एक धार्मिक सस्थाले गरेको विवादास्पद ‘एसिया प्यासिफिक समिट’ का लागि तीन–तीन दिनसम्म प्रधानमन्त्री होटलमा बसेर सरकारको निरिहपन प्रर्दशन गरेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एउटा आईएनजीओको विवादित कार्यक्रममा निरिह बन्ने सरकारले देश चलाउँन सक्दैन ।’ उनले भने ‘प्रधानमन्त्रीले नैतिकता गुमाईसके । उनलाई अव १ मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएकाले तत्काल राजिनामा दिनुपर्छ ।’ एसिया प्यासिफिक समिट पछि मुलुक अर्कै दिशातर्फ गएको महसुस भएको भन्दै उनले यो विषयमा छिमेकी दुई ठूला मुलुक पनि चिन्तित बनेको उल्लेख गरे । फरक प्रसंगमा उनले पार्टी प्रवेशको लहरप्रति लक्षित गर्दै प्रतिकुल परिस्थितीमा पनि सत्तारुण दलबाट काँग्रेसमा प्रवेशको लहरले थप उर्जा मिलेको बताए । पार्टी सक्रियताका हिसावले मोरङ क्षेत्र नम्बर ३ उदाहरणीय रहेको भन्दै नेता कोईरालाले सो क्षेत्रमा काँग्रेस नेता डा.सुनिल शर्मा लगायतको सक्रिय भूमिकाको प्रशंसा गरे । मोरङको ३ नम्बर क्षेत्र काँग्रेसको किल्ला भईसकेकाले अब यसलाई कसैले तोड्न नसक्ने उनको दाबी छ ।


Advertisment
Nabil box
Kumari

यसैवीच कार्यक्रमलाई संवोधन गर्दै नेपाली काँग्रेसका युवा नेता गगन थापाले यो सरकारले अव चार बर्ष काम गर्न सक्ने अवस्था नै नरहेको दावी गरेका छन् । नेकपा नेतृत्वको सरकार एक बर्ष भित्रै धेरै आलोचित भएर असफल सावित भईसकेको उनले बताए । सरकार गठनका लागि मात्र एमाले र माओवादी एक भई नेकपा पार्टी बनेको भन्दै नेता थापाले यो पार्टी सरकारमा पुग्न सफल भएपनि सरकार चलाउँन असफल भएको जिकिर गरे । ‘यो सरकार अव चार बर्ष रहनु भनेको देशले चार बर्ष खेर फाल्नु हो ।’ नेता थापाले भने ‘अब काँग्रेसले सरकारमाथि निगरानी र हस्तक्षेप गर्नुको विकल्प छैन ।’ यता मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बुले अरु पार्टीमा जस्तो काँग्रेसमा जुगाको लडाई नरहेको दावी गर्दै नव प्रवेशीहरुलाई उपयुक्त स्थान दिएर पार्टीलाई सक्रियताका साथ अघि बढाउँने प्रतिवद्धता जनाएका छन् । पूर्व माओवादीका केन्द्रिय सदस्यसहित बिभिन्न पार्टीका सयौं नेता कार्यकर्ता काँग्रेस प्रवेश यसैवीच सत्तारुण दल नेकपासहित बिभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । पूर्व माओवादीका केन्द्रिय सदस्यहरुसहित पूर्व एमाले, राप्रपा र लिम्बुवान लगायत दलबाट करिव एक हजार नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको काँग्रेस क्षेत्रीय संयोजक गणेश खड्काले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनका अनुसार पूर्व माओबादी केन्द्रका केन्द्रिय सदस्य राम न्यौपाने, मित्रसेन योञ्जन, मोहन रिमाल, माओबादी केन्द्र सुन्दरहरैंचा १० नम्बर वडाका संयोजक बुद्धि पराजुली, स्थानीय नेता चन्द्र खुलाल, लोकबहादुर साउदेन, जनमुक्ति पार्टीका अध्यक्ष डि.आर लिम्बू, लिम्बुवानका नेता बिनोद राई, राप्रपाका जिल्ला सचिव कृष्ण पौडेल लगायत नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् । कार्यक्रममा बोल्ने अधिकांस नव प्रवेशीहरुले पार्टीको केन्द्रिय नेतृत्वप्रति असन्तुष्टि जनाउँनै काँग्रेस रोजेको बताए । गत प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार एवं काँग्रेस महासमिति सदस्य डा.सुनिल शर्मा लगायत नेता कार्यकर्ताले सक्रियता बढाएपछि सो क्षेत्रमा अहिले काँग्रेस प्रवेश गर्नेको लहर बढ्दै गएको हो । यसैबीच निर्वाचित जनप्रतिनिधिहरुलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x