×

NMB BANK
NIC ASIA

जब मेस्सीको गोडा बोल्यो ...

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पाँचचोटि बालून दोर जितेका लियोनेल मेस्सीलाई सन् २०१८ मा बालून दोरको पाँचौं स्थानमा राखिएको पटक्कै चित्त बुझेको रहेनछ । 

Sagarmatha Cement
Muktinath Bank

अझ त्यसमाथि ब्राजिलका महान् फूटबल खेलाडी पेलेले ‘मेस्सी जम्मा एउटा गोडाले बल हान्छन्’ र ‘उनीसँग जम्मा एउटा क्षमता’ छ भनी गरेको टिप्पणीले उनलाई चोट लागेको रहेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जे भए पनि बार्सिलोनाका यी १० नम्बरका खेलाडीले आफूभित्रको सारा क्रोध इस्पान्योलविरुद्धको खेलमा पोखे । 


Advertisment
Nabil box
Kumari

मेस्सीले दुईवटा सुन्दर फ्रीकिकलाई गोलमा परिणत गरे अनि उस्मान डेम्बेलेका लागि गोलको अवसर जुटाए । त्यसबाहेक पनि उनले अद्भुत खेल देखाए र बार्सालाई कोर्नेलामा इस्पान्योलविरुद्ध ४–० को प्रभावशाली जीत दिलाए । 

Vianet communication
Laxmi Bank

मेस्सीले आफ्नो उद्देश्य १७औं मिनेटमा व्यक्त गर्दै घुमाएर हानेको फ्रीकिक गोलपोस्टको कुनाको मास्तिरबाट च्यापेर गोल भयो । इस्पान्योलका गोलकीपर डीएगो लोपेजले आत्तिएर गरेको डाइभले पनि गोल छेक्न सकेन । 

त्यसपछि उनले डेम्बेलेका लागि गोलको अवसर जुटाउन गरेको ड्रिबल हेर्दा मात्र पनि प्रशंसकको मन मुग्ध भयो ।  

मेस्सीले इस्पान्योलका एक डिफेन्डरलाई बिजुली चम्केजस्तो तीव्र गतिमा गोडा चलाएर झुक्याए, अगाडि बढे, फनक्क घुमे अनि लडे, बल आफैंसँग राखिरहे, उठे अनि डेम्बेलेलाई पर्फेक्ट पास दिए । अरू खेलाडीले त्यस्तो पास दिनै सक्दैन थिए । 

मेस्सीको यो खेल फूटबल कलाको अनुपम नमूना थियो र डेम्बेलेले त्यसलाई गोलमा परिणत गरेर अमर तुल्याए । 

त्यसपछि पनि मेस्सीलाई फेरि अर्को जादू देखाउन धेरै समय लागेन । उनले सनसनीपूर्ण पास दिँदै इस्पान्योलको डिफेन्सलाई पूरै झुक्याएर सुआरेजकहाँ पुर्‍याए । सुआरेजले बल पोस्टमा ठोकाए । 

मेस्सीको त्यो पास यति पर्फेक्ट थियो र यसरी मज्जाले हानिएको थियो कि इस्पान्योलका सेन्टरब्याकहरू जिल्ल परेर हेरेको हेर्‍यै भए । 

मेस्सीले अर्को फ्रीकिक सेकेन्ड हाफमा हाने अनि गोलकीपर लोपेजलाई फेरि पनि ट्वाल्ल पारे । सन् २०१८ मा मेस्सीले खेलेका सबै प्रतियोगितामा सेटपीसबाट गरिएको यो दशौं गोल थियो । 

मेस्सीले स्वीकार त गर्दैनन् तर अघिल्लो हप्ता भएका घटनाक्रमले उनलाई इस्पान्योलविरुद्धको खेलमा थप प्रेरणा दिएकोमा शंका छैन । खेलका क्रममा उनले झुक्केर गलत पास दिएपनि मैदानको आफ्नै भागतिर ४० यार्ड पछाडि दौडेर बल खोस्न दौडिएको दृश्य प्रायः देख्न पाइन्न । 

शनिवार डियारियो स्पोर्टले इस्पान्योलको स्टेडियममा मेस्सीले आफ्नो स्तरको अविश्वसनीय प्रदर्शन अहिलेसम्म गर्न नसकेको र त्यहाँ उनले करीयरकै जम्मा दुई गोल गरेको भनी लेखेको थियो । 

तर शनिवार सनसनीपूर्ण खेल देखाएर उनले बार्साको डर्बी प्रतिद्वन्द्वीविरुद्ध अन्य खेलाडी भन्दा बढी गोल गर्ने क्रममा १९औं गोल गरे ।

फूटबलको मैदानबाहिर मेस्सी धेरै बोल्दैनन् । त्यसैले उनले बालून दोरको र्‍यांकिङका बारेमा टिप्पणी नगर्नु आश्चर्यको कुरा हैन । खेलमा मुखको साटो उनले गोडालाई बोल्न लगाए अनि पेलेले इंगित गरेको त्यही देब्रे गोडाले इस्पान्योललाई भारी पराजय दिलायो । 

अनि च्याम्पियन्स लीगको अन्तिम १६ मा समूहविजेताका रूपमा बार्सिलोना छनोट भइसकेपनि मंगलवार टोटनहमविरुद्धको खेलमा मेस्सीले हिजोको जस्तै अद्भुत प्रदर्शन गरेर संसारलाई आफ्नो महानताको सन्देश दिए भने कुनै आश्चर्य हुने छैन । 

मेस्सी अहिले बेस्सरी रिसाएका छन् र उनको बाटोमा आउने सबै अभागीले भारी मूल्य चुकाउनुपर्ने देखिन्छ । 

गोल डट्कममा प्रकाशित रिक शर्माको विश्लेषणको भावानुवाद

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x