×

NMB BANK
NIC ASIA

सडक फराकिलो भएपछि समस्या– दुर्घटना रोक्न ‘सिक्स लेन’मा स्पीड ब्रेकर

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल– तीव्र गतिका कारण सडक दुर्घटना बढेपछि बुटवल–बेलहिया सिक्सलेन सडकमा स्पीड ब्रेकर राख्न थालिएको छ ।

Muktinath Bank

५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सिक्सलेनको सवारी साधनको गति नियन्त्रणका लागि परीक्षणको रुपमा तिलोत्तमा नगरपालिकाको दुई स्थानमा स्पीड ब्रेकर राखेको हो । ‘अहिले ट्रायलको रुपमा राखेका छौं ।प्रभावकारी देखिएमा विस्तार गर्छौं ।’ कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्दले भने, ‘स्पीड ब्रेकरको मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण नै हो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक फराकिलो भएसँगै तीव्र गतिमा सवारी हुइँक्याउँदा जेब्रा क्रसमा समेत दुर्घटना भएपछि तिलोत्तमा नगरपालिकाको सहयोगमा जानकीनगर र सीताराइस मिल चोक अगाडि ट्राफिक प्रहरीले स्पीड ब्रेकर राखेको हो । प्लाष्टिकका स्पीड ब्रेकरमा पानी भरेर राखिएको छ । यस प्रकारको स्पीड ब्रेकर यस क्षेत्रका लागि नयाँ भएको ट्राफिक प्रहरीको भनाइ छ । जेब्रा क्रसबाट सडक वारपार गर्नेहरुलाई सुरक्षित पार्ने तरिकाले स्पीड ब्रेकर राखिएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यालयका  प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले स्पीड ब्रेकरको बारेमा जानकारी दिन त्यस अगाडि ठाउँ–ठाउँमा बोर्ड राखिएकाले सवारी चालक सचेत हुने बताए  । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको परामर्शअनुसार स्पीड ब्रेकरका लागि सहयोग उपलब्ध गराइएको बताउँदै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले सबै सचेत भए यो प्रभावकारी हुने बताए  । सिक्सलेनमा लगातार दुर्घटना बढेपछि न्यूनीकरणका लागि सवारीको गति नियन्त्रणको निष्कर्षमा नगरपालिका पुगेको हो । 

Vianet communication
Laxmi Bank

स्पीड ब्रेकर राखिएपछि स्थानीय बासिन्दा खुशी देखिएका छन् । ‘सवारी साधन यति धेरै स्पीड चल्छन् कि जेब्रा क्रसबाट बाटो काट्न पनि गाह्रो । अब ब्रेकर राखिएपछि कम्तिमा जेब्रा क्रससम्म आइपुग्दा सवारीको गति कम हुनेछ ।’ स्थानीय एक बासिन्दाले भने । ट्राफिक प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक बुढाथोकीले स्पीड ब्रेकरको प्रभावकारीताको मूल्याङ्कन पछि अन्य स्थानमा पनि राखिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x