×

NMB BANK
NIC ASIA

भ्रष्टाचार गर्छु भनेर कसैले भन्दैन तर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार भएकोभयै छ – प्रधानमन्त्री

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ । 

Sagarmatha Cement
Muktinath Bank

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीले भन्नुभयो, “अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन् तर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार भएको भइछ, भनेपछि यो कति डरलाग्दो छ ।” 


Advertisment
Nabil box
Kumari

समृद्ध, सम्भ्रान्त र सुसङ्गत समाज निर्माणको परिकल्पना र प्रयासमा भ्रष्टाचारले निकै ठूलो बाधा पुर्‍याइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घले समृद्ध, शान्त, खुशी मानव समाज निर्माणमा बाधा पुर्‍याइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न विश्वव्यापी रुपमै अघि बढाएको साझा प्रयासलाई नेपालले सहयोग र समर्थन गर्दै आएको छ ।” 

Vianet communication
Laxmi Bank

आत्मअनुशासित, कानूनको परिपालना गर्ने मानव जाति आफू नैतिक एवं इमान्दारको स्वबन्धनमा नबाँधिएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यहाँ भएका सबैले भ्रष्टाचार नगर्ने हो भने आधा जति भ्रष्टाचार रोकिएला नेपालमा ? सुन्दा अप्रिय लागे पनि कि भ्रष्टाचार गर्दै नगरौँ, कि गर्ने भए साँचो कुरा गरौँ ।” 

यहाँ उपस्थित भएकामध्ये कोही पनि भ्रष्टाचारमा पर्ने ढङ्गबाट काम नगर्नुस् भन्दै उहाँले नातावाद, कृपावाद, आफन्तवाद, दल र समुदाय नभनी स्वच्छ, पारदर्शी र कानूनी राज्यको पक्षमा दृढताका साथ काम गर्न सबै राष्ट्रसेवकलाई निर्देशन दिनुभयो । 

भ्रष्टाचार नियन्त्रणका लागि हामीसँग राज्य संयन्त्र, कानून र निकाय क्रियाशील रहे पनि भ्रष्टाचार व्याप्त रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “रोक्नका लागि जिम्मेवारीमा रहेका संस्था र प्रमुख स्वच्छ हुनुपर्दछ, म आफू पनि भ्रष्टाचार गर्दिन अरूलाई पनि गर्न दिन्न भनेकामा पहिलो सर्त पूरा गरेको छु, दोस्रो सर्त पूरा गर्ने प्रयासरत छु ।” 

विगतमा भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले भन्दा फरक मनसायले व्यक्ति विशेषलाई दुःख दिने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारविरुद्धको प्रयास सकारात्मक ढङ्गबाट अघि बढिरहेको उल्लेख गर्नुभयो । 

खनिजलगायत प्राकृतिक साधनस्रोत प्रशस्त भएका हाम्रा निम्ति विकास र समृद्धिका लागि अहिले अन्त्यन्तै अनुकूल वातावरण रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफू मातहतका निकायका मान्छेका आँखामा गिर्ने काम नगर्नुस् ।” 

आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले मुलुकमा सुशासनका लागि चुनौतीका रुपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तर्फबाट सार्थक प्रयासको खाँचो आँैल्याउनुभयो । 

मुख्य सचिव लोकदर्शन रेग्मीले मानव जीवन र जगत्लाई विकृत बनाउने भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिएमा समाजमा विवेक र न्याय हराउने पक्षलाई हेक्का राखेर काम गर्न निजामती कर्मचारीलाई निर्देशन दिनुभयो । 
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले विश्वमा नै महारोगका रुपमा परिचित भ्रष्टाचारले मानिसलाई नकारात्मक क्रियाकलाप गर्न उद्यत गरेकामा त्यसलाई नियन्त्रण गर्न सरोकारवाला निकाय एकताबद्ध हुन जरुरी छ भन्नुभयो । 

आयोगका सचिव महेश्वर न्यौपानेले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको महत्व र आयोगका तर्फबाट भ्रष्टाचार न्यूनीकरणका लागि भइरहेको प्रयासबारे प्रकाश पार्नुभयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x