×

NMB BANK
NIC ASIA

यस्तो उत्तर दिएर मिस वर्ल्ड २०१८ बनिन् भनेसा

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — चीनमा शनिवार सम्पन्न मिस वर्ल्ड प्रतियोगिता मेक्सिकोकी भनेसा पोन्से दे लीयोनले जितेकी छन् । 

भनेसा सन् १९९२ को मार्च ७ मा गुआनाहुआतो शहरमा जन्मेकी हुन् । 

उनले गुआनाहुआतो विश्वविद्यालयबाट इन्टरनेसनल बिजनेसमा डिग्री लिएकी छन् । उनले मानवअधिकारमा डिप्लोमा समेत हासिल गरेकी छन् । 

उनी बालिकाहरूको पुनःस्थापना केन्द्रको निर्देशक बोर्डमा समेत रहेकी छन् । 

मानव कल्याणको काममा संलग्न भनेसा संसार परिवर्तन गर्ने लक्ष्य लिएको बताउँछिन् । उनी आदिवासी कबिलाका बालबालिकालाई अन्तःसांस्कृतिक शिक्षा दिने विद्यालय नेनेमीमा काम गर्छिन् । 

‘म जहिले पनि उद्देश्यको खोजी गरिरहेकी हुन्छु,’ भनेसाले भनिन् । ‘म प्रेम, कला र अरूको हेरचाह गर्ने कुरामा विश्वास गर्छु । म कठोर मेहनत गर्छु, कल्पनामा डुब्छु र आफूले भेटेका सबै मानिसको अनुहारमा मुस्कान ल्याउन चाहन्छु ।’

‘म दुई वषअघि मोडल थिएँ तर अहिले मैले त्यो पेशा त्यागेकी छु,’ भनेसाले भनिन् । 

‘म अहिले बिल्कुलै फरक पेशामा छु । म अपांगता भएका व्यक्तिहरूसँग अनि पुनःस्थापनामा रहेका बालिकाहरूसँग काम गर्छु र मलाई यो काम असाध्यै मन पर्छ । प्रत्येक मानिसले जीवनमा एकपटक स्वयंसेवा गर्नुपर्छ ।
उनीहरूलाई सेवाले निकै छक्क पार्नेछ ।’

भनेसा स्पेनी र अंग्रेजी दुवै भाषा खरर बोल्छिन् । फुर्सदको समयमा उनी भलीबल खेल्न र फ्रिस्बी खेल्न मन पराउँछिन् । कलाप्रतिको आफ्नो मोह उनी चित्रकलामा व्यक्त गर्छिन् । 

यी मिस वर्ल्ड तालिमप्राप्त स्कुभा ड्राइभर हुन् । सन् २०१४ मा उनले मेक्सिकोज नेक्स्ट मोडल सीजन ५ जितेकी थिइन् । 

मिस वर्ल्डको फाइनलमा उनले दिएको यो उत्तरले नै उनलाई विजयी बनायो :

प्रश्न : म मिस वर्ल्ड भएपछि मैले आफ्नो पोजिसनको प्रयोग गरेर मानिसको सहायता गरें । तपाईं मिस वर्ल्ड हुनुभयो भने अरूलाई सहायता गर्न आफ्नो प्रभावलाई कसरी प्रयोग गर्नुहुन्छ ?

उत्तर : सबैलाई शुभरात्रि । म विगत तीन वर्षदेखि जे गरिरहेकी छु त्यसैगरी आफ्नो पोजिसनको प्रयोग गर्छु । म एक उदाहरणका रूपमा प्रस्तुत हुन्छु । हामी सबैजना संसारमा असलको उदाहरण बन्न सक्छौं । हामी सबैले अर्काको
हेरचाह गर्ने, प्रेम गर्ने र दयालु हुने हो । यसो गरेको एक पैसा पनि पर्दैन । सहायता गर्नु त्यति गाह्रो कुरा पनि हैन । हामीले संसार परिवर्तन गर्न पर्छ । हामी जहिले पनि सहायताका लागि तयार हुनुपर्छ । तपाईंले दिएको कुरा लिनका
लागि कोही न कोही अवश्य हुन्छ । 

भनेसाको व्यक्तिगत महावाणी हो – ‘हामी सबैलाई एकअर्काको आवश्यकता छ’ । अनि मानवताका लागि योगदान गर्ने मिस वर्ल्ड २०१८ विजेताको हकमा त्यो मन्त्र वास्तवमै लागू हुन्छ ।

र्‍याप्लर डट्कमबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x