×

NMB BANK
NIC ASIA

प्रस्तावित राजदूतलाई सांसदको प्रश्न– छिमेकीको मनोवृत्ति बदल्न किन सकेनौं ?

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –भारतका लागि प्रस्तावित राजदूत नीलाम्बर आचार्यको संसदीय सुनुवाईका क्रममा सांसदहरूले नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे प्रश्न गरेका छन् । छिमेकी फेर्न नसकिए पनि छिमेकीलाई बदल्न किन नसकिएको भन्दै प्रश्न गरेका हुन् ।

Muktinath Bank

प्रस्तावित राजदूत आचार्यले आफ्नो भावी योजना सुनाइसकेपछि १० जना सांसदले प्रश्न गरेका थिए । प्रस्तुत छ, सांसदका प्रश्नको सार : 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुरेन्द्र पाण्डे: अर्थशास्त्रमा एउटा भनाइ छ– सबै गर्छु भन्नुको अर्थ केही नगर्नु हो । सबैतिर ध्यान केन्द्रित गर्नुभन्दा राजदूत भएर गइसकेपछि तपाईंको प्राथमिता के के हुन् ? 
शिवकुमार मण्डल : नेपाल–भारत सम्बन्धमा समस्याको पहिचान भइसकेको छ । विगतका राजदूतले भन्दा के फरक काम गरेर क्रमभंगता गर्नुहुन्छ ? राजनीतिक परिवर्तनको उचाईलाई नेतृत्व प्रदान गर्ने गरी कसरी काम गर्नुहुन्छ ? 


Advertisment
Nabil box
Kumari

ज्ञानेन्द्रबहादुर कार्की : राजदूतको पद जागिर जस्तो बनिरहेको समयमा पदीय गरिमा कसरी कायम गर्नुहुन्छ ? नेपाल भारतको डुवान समस्या समाधानका लागि के गर्नुहुन्छ ? 
पार्वत गुरुङ : भारतको विरोध गरेर क्रान्तिकारी नेता बन्ने प्रवृत्ति छ । नेपाली जनता सधैँ भारत विरोधी र नेता भारत नजिक बन्ने प्रवृत्ति छ । मन्त्री, राजदूत र संवैधानिक समितिको सभापति भइसकेको व्यक्ति फेरि किन राजदूत पदको लोभ गर्नुभयो ? 

Vianet communication
Laxmi Bank

जितेन्द्र नारायण देव : नेपाल भारत सम्बन्ध राजनीतिक स्तरमा विश्वासयोग्य भइसकेको छैन । नेपाल–भारत राजनीतिक सम्बन्ध सुधार्न र आशंका दूर गर्नका लागि के प्राथमिकता छन् ? 
अमृता थापा : नेपाल–भारत सम्बन्ध सुधारको कामका लागि तपाईंको उमेरका कारण इनर्जीमा केही असर पर्छ कि पर्दैन ? 

योगेश भट्टराई : नेपाल भारत सम्बन्धमा केही अत्यासलाग्दा परिदृष्य छन् । छिमेकी फेर्न त सक्दैनौं नै, तर बिडम्वना ! छिमेकीलाई बदल्न पनि सकेनौं । छिमेकीको मनोवृत्ति बदल्न सकिन्छ, त्यसमा सफलता प्राप्त होस् । 

भारतका लागि राजदूत बन्ने भनेको चीनका लागि पनि राजदूत बन्नु हो । दिल्लीमा बसेर बेइजिङसँगको सम्बन्ध सुधार्न के गर्नुहुन्छ ? भारतमा रहेको झण्डै ४० लाख नेपालीको सुरक्षा तथा भारतीय सेनामा कार्यरत सैनिकलाई भारतीय सरह सेवा सुविधाका लागि के पहल गर्नुहुन्छ ? 

भीमसेनदास प्रधान: मानन्धर समूहबाट नेकपाको राजनीति गरेको, पछि नेपाली कांग्रेसको तर्फबाट सांसद् बनेको र अहिले नेकपाको सरकारले राजदूत सिफारिश गरेको छ । श्रीलंकाको लागि राजदूत बनिसकेकाले भारतलाई यहाँले बुझ्नु भएको छ । आन्दोलनको समयमा समर्थन गर्ने र पछि आशंका गर्ने भारतको प्रवृत्ति रहेको पाइन्छ । प्रबुद्ध समूहको प्रतिवेदन लिन भारतले नमानेको कुरा छ । भारतलाई मनाएर प्रतिवेदन कार्यान्वयनमा तपाईंको भूमिका के हुन्छ ? 

सांसदहरूको प्रश्नको जवाफमा आचार्यले नेपाल र भारतबीच रहेका आशंका निवारण गरी विश्वासको वाातवरण निर्माण गर्ने र नेपालबारेको भारतीय मानसिकता परिवर्तनका लागि आफूले भूमिका खेल्ने बताए । 

उनले नेपाल भारत सम्बन्ध सुधार्नका लागि पाको मानिस नै आवश्यक पर्ने र राजनीतिक पृष्ठभूमि भएको व्यक्ति महसुस गरेर सरकारले आफूलाई सिफारिश गरेको बताए । उनले नेपाल–भारत सम्बन्ध विस्तारका लागि आफनो उमेरले असर नगर्ने स्पष्ट पारे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x