×

NMB BANK
NIC ASIA

हिंसापछिको पुनर्जीवन : ‘रोल मोडल’ बन्ने दौडमा चेलीहरू

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाकी २९ वर्षीया सुनिता चौधरीले आफ्नो कोखबाट २ बच्चालाई जन्म दिएकी छिन् । तर उनी आज २ बच्चाकी आमा होइनन्, ११ बच्चाकी आमा छिन् । अगाडि बढिरहेकी छिन् भविष्यमा सयौं बच्चाहरूको आमा बन्ने गन्तव्यमा ।

Sagarmatha Cement
Muktinath Bank

पहिलो पतिको देहन्तपछि लामो समयसम्म झेलेको वियोग तथा अभाव र दोस्रो विवाहपछि परिवारबाट पाएको चरम शारीरिक र मानसिक यातनाले विक्षिप्त बनेकी उनै सुनिता आज समाजमा ‘रोल मोडल’ छिन् ।
२०७० सालदेखि परिवार बालगृह सञ्चालन गरेकी उच्च मनोबलका साथ अनाथ बालबालिकालाई माया र ममता दिई हुर्काइरहेकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जब मेरो ४ महिनाको छोरा पेटमै थियो । तब पहिलो पतिको मृत्यु भयो । जन्म नहुँदै मेरो छोरो टुहुरो भयो । म विधुवा भए । म सोच्थे, म हुँदा त मेरो छोरोको यो अवस्था छ । जुन बालबालिकाको त कोही पनि हुन्न, उनीहरूको के हालत हुन्छ ? पछि मेरो यही सोचले बालगृह सञ्चालनसम्मको यात्रामा ल्यायो,’ उनी भन्छिन् ।


Advertisment
Nabil box
Kumari

सुनिताको माइती घर बर्दियाको राप्ती सुनारी गाउँपालिका–३ हो । उनको पहिलो विवाह दाङको मानपुरका कालुराम थारुसँग १३ वर्षको उमेरमा भयो । नाचगानमा उत्तिकै सौखिन उनीहरूको नाचगानकै क्रममा प्रेम भयो । अन्ततः उनीहरूको प्रेम कलिलै उमेरमा भएपनि विवाहमा परिणत भयो । 

Vianet communication
Laxmi Bank

शुरूवाती दिन साह्रै रमाइला थिए उनीहरूको । ४ महिनाको छोरा पेटमा हुर्किरहेको थियो । नाचगान भनेपछि हुरुक्कै हुने उनीहरू नाचगानमै रमे । दैवको लीला भनौ कि संयोग कालुराम नाच्दानाच्दै अचानक ढले । हृदयघातका कारण ढलेका कालुराम कहिल्यै नउठ्ने गरी ढले ।

अनि शुरू भयो सुनिताका कहाली लाग्दा दिन । उता छोराको जन्म भयो । छोराको आगमनले खुशियाली मनाउनुपर्नेमा उनी पतिको वियोगमा जल्न थालिन् । उसो त उनको ससुरालीमा अपुग केही थिएन । परिवारजनको राम्रो व्यवहार भएपनि उनी पतिकै अनुपस्थितिले बरालिन थालिन् ।

‘सासु, ससुरा, जेठाजु, जेठानीले मलाई छोरीझैं माया गर्थे । कहिलेकाहीँ त भन्ने गर्थे राम्रो केटा खोजेर यहाँबाटै विवाह गरी दिन्छौं,’ उनी विगत सम्झिन्, ‘तर मैले विवाहबारे सोचिन । छोराकै मुख हेरेरै बसे ।’

दिन बित्दै जाँदा पश्चिम नेपालकी थारु चेली छोरासहित पूर्वी नेपालको काँकडभित्ता पुगिन् । नोट पोइन्ट बोडिङ स्कूलको होस्टेलमा काम गर्न गएकी उनी छोरासँगै त्यसै स्कूलमा ७ कक्षामा भर्ना भइन् । २ वर्षपछि पुनः उनी फर्किन गृहजिल्ला । 

तर उनी न माइती घर बसिन्, न त ससुराली घर । बर्दियाको बाँसगढीमा उनी साथीको घरमा बस्न थालिन् । त्यहाँबाट एसएलसी र प्रवीणता प्रमाणपत्र तहको अध्ययन पनि पूरा गरिन्, सँगै जीविकोपार्जनको लागि नेटवर्किङ व्यवसाय ।

उनले नेटवर्किङ व्यवसायमा राम्रो व्यावसायिक सफलता हासिल गरिन् । व्यवसायको क्रममा उनी बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरसम्म पुग्न थालिन् ।
कञ्चनपुर उनको मामा घर पनि हो । जुनकारण कञ्चनपुरमा नेटवर्किङ व्यवसायमा उत्तिकै सफलता हासिल गरेको सुनिता बताउँछिन् । उनको कञ्चनपुरको बेलौरी गाउँपालिका–७ पौलाहाका आफ्नै ठूली आमाको छोरा दिलेन्द्र चौधरीसँग भेट भयो ।

सुनिताको कार्यशैली, काममा निपूर्णताले गर्दा दिलेन्द्र निकै प्रभावित थिए । विधुवा महिला, त्यो पनि एक छोराको आमा भएपनि दिलेन्द्रले एकाएक विवाहको प्रस्ताव राखे उनलाई । शुरूमा प्रस्तावप्रति पत्यार लागेन उनलाई । तर उनको अवस्था दिलेन्द्रले सहर्ष स्वीकार गर्दै आगामी दिनसँगै संघर्ष गर्ने वाचापछि सुनिता राजी भइन् । तर दिलेन्द्रका परिवारजनले स्वीकार गरेनन् ।

‘हाम्रो सम्बन्धलाई परिवारले स्वीकार गरेनन् । उहाँले घरमा मलाई लिएर जाँदा परिवारजनले भौतिक र मानसिक यातना समेत दिए,’ परिवारजनले उखेलिए दिएको टाउको रौं देखाउँदै उनले अगाडि भनिन्, ‘तर हामीले कुनै किसिमले प्रतिकार गरेनौ । विश्वासकै भरमा पति र पत्नीको रुपमा अलग्गै बस्न थाल्यौं ।’

तर मिजासिलो स्वभाव र निकै सहयोगी भावना भएकी सुनिता अहिले उनै शारीरिक र मानसिक यातना दिएको परिवारको सबैभन्दा प्यारो छिन् । उनी भन्छिन्, ‘आजभोलि मेरो परिवार म ब्निा आधुरो रहन्छ । सबैले मलाई माया गर्नुहुन्छ । म पनि उत्तिकै ध्यान दिन्छु ।’

पतिकै सहकार्य र काठमाडौंमा रहेको न्यू बिगेनिङ चिल्ड्रेन होमका सञ्चालक बबि अधिकारीको सहयोगमा उनी बालगृह सञ्चालन गरेकी हुन् । बालगृहमा रहेका बालबालिकालाई धनगढीस्थित एक्सिस विद्या आश्रम इंगलिस बोडिङ स्कूलमा अध्ययनरत छन् ।

चरम यातनाले थला परेकी बिनुको समाज बदल्ने संकल्प

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरियारकी २९ वर्षीया बिनु देउवाको जीवन भोगाईलाई नियाल्दा लाग्छ, उनी कुनै हिन्दी पारिवारिक धाराबाहिक फिल्मकी प्रमुख तर निरीह पात्र हुन् । 

आफ्नै मान्छेबाट चरम शारीरिक र मानसिक यातना खेपीकी बिनुलाई कुनै समय जीवन नै नर्कझैं लाग्थ्यो । बेकार र हारेको महसुस हुन्थ्यो । तर उनी आज उच्च मनोबलका साथ ‘कुनै पनि प्रकारको हिंसा सहनु हुँदैन, हिंसा गर्नेभन्दा हिंसा सहने मान्छे नै ठूलो दोषी हो’ भन्ने सन्देश टोल छिमेकमा छर्दै हिँड्न थालेकी छिन्, सँगै जीविकोपार्जनको लागि व्यवसाय पनि ।

२०६८ सालमा उनको विवाह कैलालीको बौनियामा स्थायी घर भएका तर बसोबास भारतको हैदरावादमा गर्ने भगवानसिंह बमसँग भएको थियो । विवाहपछि केही दिन नेपाल बसाईपछि उनलाई उनका श्रीमानले हैदरावादस्थित आफ्नै घर लगे । शुरूवाती २ महिना सहज रुपमा बित्यो । तर उनको पति घर आउन, बस्न छोडे । अनि शुरू भयो उनका नरकीय दिनहरू ।

उनी सम्झिन्छिन्, ‘परिवारका सदस्यबाहेक कोही थिएन भारतमा । विवाह भएको २ महिनापछि उहाँ (पति) घर आउन छोड्नुभयो । किन घर आउनु हुन्न भनेर मैले सोध्दा मैमाथि अनावश्यक रुपमा खनिनुहुन्थ्यो । अनेक बहाना लगाएर बहिरै बस्न थाल्नुभयो । नूनतेल सकिएपछि सासूको गाली र कुटाइ शुरू हुन्थ्यो । पतिलाई आफ्नो पीडा राख्दा त झनै कोठा बन्द गरेर बेल्टले पिट्नुहुन्थ्यो । शरीरभर नीलडाम । म ढलेर बेहोस हुन्थे । म निरीह थिए । घर बाहिर जानै दिन्थेन । साढे ३ वर्षसम्म देवरबाहेक सबैले दिएको नरकीय यातना सहेर बसे ।’

बुहारी भनेर भित्र्याएपनि उनको दर्जा नोकरभन्दा तल्लो स्तरको थियो । धनसम्पत्ति करोडौं भएपनि वर्षमा २ जोर कपडा मात्रै पाउने गरेको बिनुले बताइन् ।

शारीरिक र मानसिक रुपमा विक्षिप्त बनेकी बिनु न्यायको लागि भारतमा साहसै जुटाउन नसकेको बताउँछिन् । यहाँसम्मकी ३ महिनाको काँखे छोरी गुमाउँदाको पीडा समेत उनीसँग छ । 

‘मैले यसरी भनिरहँदा बनावटी कहानी झै लाग्ला । तर वास्तविकता हो । जब मेरो छोरी भई मैले छोरीलाई आफ्नो दुध चुसाउन पाइन । तिम्रो दुध खाई भने क्यान्सर लाग्छ, भनेर ३ महिनाको छोरीलाई म बाट खोसेर सासु ससुराले आफ्नै साथ लगे’, गहभरी आँसु पार्दै उनले विगत सुनाइन् ।

एक दिन फोन गरेर आफ्नो अवस्थावारे माइतीघरमा जानकारी दिएको उनले बताइन् । पछि उनको बुवा उनलाई भेट्न भनेर हैदारावाद पुगे । छोरीको घर पुग्दा मानसम्मान गर्नु त परै जाओस् उनको बुवाको घाँटी समातेर अनेकथरी कुरा सुनाएर अपमान गरेको विनु स्मरण गर्छिन् । आफ्नै बुवामाथि भएको दुव्र्यवहारपछि उनी आफ्नो ज्यान जोखिममा परेको महसुस गर्न थालिन् । ज्यान कसरी जोगाउने मात्रै सोच्न थालिन् । घरबाट भागेर उनी एक जना आफन्त पर्ने भाईको सहयोगले हैदारावादबाट सुरतसम्म पुगिन् र नेपाल फर्किन् । 

२ वर्ष माइतीमा बसेको सुनाउँदै उनले श्रीमान आउने बाटो कुरेर बसेको बताउँछिन् । ‘म त जति दुःख पाएपनि सुसुराली नै जान चाहान्थे । तर त्यसो हुन पाएन ।’

२ वर्षपछि केटा र केटी पक्षबीच छलफल भयो । छलफलले तार्किक निष्कर्षमा पुग्न नसकेको बिनुकी दिदी सरिता रावलले बताइन् । आफुहरु बेलाबखत आफ्नो माल (परिवार) लैजानुन् भनेर छलफल चलाउने क्रममा केटा पक्षले सहमतिमा आउने गरेको तर रातभरीमै उनीहरुको सोचाई परिवर्तन हुनेहुँदा आफुहरुको प्रयास सबै विफल भएको उनकी दिदी रावलको भनाइ छ ।

सबै प्रयास विफल भएपछि जिल्ला कानूनी सहायता समिति कैलालीको प्रमुख तथा अधिवक्ता देवीलाल चौधरीको सम्पर्कमा आएको विनु बताउँछिन् । उनै अधिवक्ता चौधरीको परामर्श तथा सहयोगमा उनले जिल्ला अदालत कैलालीमा अंश दावी सम्बन्धी मुद्धा दायर गरिन् । अदालतले उनको मुद्धाको सुनुवाई गर्दै उनीकै पक्षमा २०७४ माघ २ गते फैसाला सुनायो ।

तर उनको ससुराली पक्ष एंव प्रतिवादीले उच्च अदालत दिपायमा मुद्धाको पुर्नरावेदन गरेका छन् । सुनुवाई भने अझैसम्म नभएको बिनु बताउँछिन् । उनको मुद्धाको प्रकृति अनुसार उच्च अदालतले पनि उनैकै पक्षमा फैसाला गर्नेमा आफु ढुक्क रहेको अधिवक्ता चौधरीले बताए । 

मुद्धाको सुनुवाईमा निकै ढिलासुस्ती भएको बताउँदै बिनुले मुद्धाको किनारा लागे आफु नयाँ जीवन पाउने बताउँछिन् ।

बिनुले ४ महिनादेखि जिविकोपार्जनको लागि गुलरियामै बिनु कस्मेटिक एण्ड ब्युटीपार्लर सञ्चालन गर्दै आएकी छिन् । आफन्तकै सहयोगमा साढे २ लाखको लगानीमा व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।

चरम यातनाको सिकार भएकी उनी कुनैपनि किसिमको हिंसाको सवालमा शुन्य सहनशिलता अपनाउनुपर्ने बताउँछिन् । पीडक भन्दा हिंसा सहने व्यक्ति नै दोषि रहने दृढ संकल्पका साथ उनी आजभोलि सामाजिक सचेतीकरण अभियानमा क्रियाशिल छिन् ।

कम्युटरमा कखरा पढाउँदै पूर्वकमलरी

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँकी रेखा कुमारी चौधरी (२५)लाई पनि विगतको कमैया, कमलरी जीवन सम्झिदा आँखा रसाएर आउँछ । तर वर्तमानमा आउँदा आफुलाई युद्ध जितेर उल्लास मनाइरहेको सिपाहीको रुपमा पाउँछिन् । बाल्य अवस्थामा बडो मुस्किलले स्कूलको मुख देख्न पाएकी उनी हाल कम्प्युटरको किबोर्ड संग खेल्दै अरुहरुलाई ज्ञान बड्न सफल भएकी छिन् ।

अर्की पुर्वकमलरी सोमकुमारी चौधरी संग मिलेर उनी २०७२ देखि धनगढीमै धनटेक कम्प्युटर प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी छिन् । उनी कम्युटर शिक्षा पढाउँदै आएकी छिन् ।

रेखाका बुवा भरथरी डंगौरा थारु र आमा जोखनी देवी थरुनी जमिनदारको घरमा २६ वर्ष कमैया बसे । जमिनदारको घरमा न खानुको ठेगान न बस्नुको, २४ औं घण्टा जमिनदारको कामकै करकर सहनुपर्ने बाध्यता उनीहरुमा थियो । कमैयाको छोरा कमैया र छोरी कमलरी बस्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछिन् ।   

‘बुवा आमा कमैया बस्नुभयो । उहाँहरु संगै म पनि कमलरी बसेको थिए’, विगत कोट्याउँदै उनले भनिन्–‘३ महिना बढी कमलरी बसे । बडो मुस्किलले ताजा खाना खान पाउँथे । घरको सबै कामको जिम्मा मेरै काँधमा लदिए ।’
सरकारले २०५८ साल कमैया मुक्तिको घोषणा गर्‍र्यो । २०६५ सालमा कमलरी मुक्तिको घोषणा भयो । कमैया र कमलरी दासताको जञ्जिरबाट मुक्त भए । रेखा आफ्नै घरमा बस्न थालिन् । स्कूल भर्ना भइन् । उनी कैलाली बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेकी छिन् ।

उनको सफलताको सीमा छैन । अध्ययनको क्रममै उनी महिला विकास समाज नामक गैरसरकारी संस्थामा जागिरे भइन् । त्यहाँ उनी आफु जस्तै अन्य कमलरी बालिकाहरुलाई फ्राई डे क्लासमा जीवन उपयोगी सीप बाड्न थालिन् । पछि उनी त्यसै संस्थामै ५ वर्षसम्म कम्प्युटर शिक्षिकाको रुपमै जिम्मेवारी पाइन् ।

आफुले हासिल गरेको सीप र ज्ञानको सदुपयोग गर्दै उनले सहकर्मी सेमकुमारी संग मिलेर ४ लाखको लागतमा कम्प्युटर परिक्षण केन्द्र सञ्चालन गरेकी हुन् । सो प्रशिक्षण केन्न्द्रमा दैनिक ५० विद्यार्थी कम्प्युटर शिक्षा लिर्दै आएका छन् । आफ्नै पौरखले स्वरोजगार बनेका उनीहरु थप दुई जनालाई रोजगारी समेत दिन सफल भएको रेखा बताउँछिन् । 

जनयुद्धले पीडित योद्धाको बुटिक सेन्टर

१० वर्षे सशस्त्र जनयुद्धताका प्लाटुन कमाण्डर भई बुलेटसंग खेलेकी कैलालीको कैलारी गाउँपालिका ८ टेढीकी सीता चौधरी हाल बुटिक सेन्टरमा रमाएकी छिन् । 

धनगढी उपमहानगरपालिका–७ देवहरियामा सलिम टेलर्स संगै बुटिक सेन्टर सञ्चालन गरी शानदार ढंगले जिविकोपार्जन गरिरहेकी छिन् । 

तर जनयुद्धले उनलाई जीवनभरी नमेटिने घाउ र चोटहरु दिएको छ । जुन घाउ र चोटहरु भुलाउने माध्यम पनि उनको उहि बुटिक सेन्टर बनेको हो ।

कक्षा ८ मा बढ्दै गर्दा २०५८ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको क्रममा उनी भूमीगत भइन् । देश बनाउने संकल्पका साथ जनयुद्धमा होमिएका उनी प्लाटुन कमाण्डरसम्मको जिम्मेवारी पाइन् । २०६० सालमा म्याग्दीको बेनीमा माओवादीले आक्रमणको तयारी ग¥र्यो । युद्ध रणनीतिका साथ माओवादीले त्यहाँस्थित तत्कालीन सरकारी सुरक्षा फौजको अखडालाई घेराबन्दी गरे । अनि सुरु भयो, दोहोरो फाइरिङ ।

सुनिता, बिनु, सीता र रेखा समाजको प्रतिनिधि पात्र मात्रै हुन् । समाज यस्ता धेरै पात्रहरु छन् । जो आफ्नो पौरख र मेहनतले समाजमा उदाहरणीय छन् । तर वाहिर आएका छैनन् । समाजमा यस्ता पात्र पनि छन्, जो अझैपनि समाजमा व्याप्त घरेलु, लैंगिकलगायत सामाजिक हिंसाको दलदलमा फसेका छन्

सीता सम्झिन्–‘बम, गोलीको वर्षा हुन थाल्यो । हाम्रो टोली अगाडी बढ्दै थियो । मोर्चाको नेतृत्व मैले नै सम्मालेको थिए । एक्कासी अगाडीबाट गोली आयो अनि ढलेछु । बेहोसी अवस्थामा साथीहरुले बोकेर लगे । होस खुल्दा टाउको, छातीलगायत शरीरको ४ ठाउँमा गोलीले छेद पारेको पाए ।’

उनको शरीरमा अझैपनि गोलीको छर्राहरु रहिआएका छन् । जसले गर्दा उनी वर्तमानमा जिउ्ँदो तर ठगिएको एक योद्धाको रुपमा महसुस गर्छिन । ‘मेरो शरीरमा रहेका गोलीका छर्राले गर्दा म घाइते हुँ भन्ने कुराको ठूलो प्रमाण रहेको पुष्टि गर्छ । उसो त म संग सबै कागजातहरु पनि नभएका होइनन् । सबै सहकर्मी साथीहरुले राज्यबाट पाउने सुविधा पाए । तर म अझै बञ्चित छु । जसले गर्दा मन भतभती पोलेर आउँछ ।’

उनमा घाइते हुँदाको पीडा त ताजै छ । तर अर्को, सहयोद्धा एंवम श्रीमान गुमाउँदाको पीडा झन दर्दनाक छ उनको । युद्धको क्रममा उनको कैलाली गाउँपालिका–८ टेढीका बलिराम चौधरी ‘तुफान’ संग निकटता बढ्यो । पछि उनीहरु युद्धको मोर्चामै विवाह बन्धनमा बाँधिए । युद्धको मोर्चामा तुफान पनि घाइते भए र पछि उनको मृत्यु नै भयो ।

श्रीमान गुम्नु, शरीर भरीको गोलीको छर्राले उनी छियाछिया भइन् । थला परिन् । पछि कैलाली गाउँपालिका–८ दुधियाका बिजय चौधरीले उनको उद्धार गरे । उनी पुर्नजीवन पाइन् ।

हाल बिजय चौधरीकै सहयोगमा उनी तीन वर्षदेखि सिलाई एंव बुटिक सेन्टर सञ्चालन गर्दै आएकी छिन् । व्यापारमै व्यस्तता बढेपछि उनका श्रीमान बिजय पनि यसै व्यवसायमा क्रियाशिल भएका छन् ।

सुनिता, बिनु, सीता र रेखा समाजको प्रतिनिधि पात्र मात्रै हुन् । समाज यस्ता धेरै पात्रहरु छन् । जो आफ्नो पौरख र मेहनतले समाजमा उदाहरणीय छन् । तर वाहिर आएका छैनन् । समाजमा यस्ता पात्र पनि छन्, जो अझैपनि समाजमा व्याप्त घरेलु, लैंगिकलगायत सामाजिक हिंसाको दलदलमा फसेका छन् । उनीहरुको जीवनको कुनै सार्थकता छैन । उनीहरु विना सुनौलो र समतामूलक समाजको परिकल्पना नै गर्न नसकिने बताउँछिन् दलित महिला अधिकार मञ्च नेपाल कैलालीकी कार्यकारी निर्देशक सावित्रा घिमिरे ।

महिला अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशिल समेत रहेकी घिमिरे भन्छिन्–‘महिला पनि मानव नै हो । स्वतन्त्र र पहिचानका साथ बाँच्न चाहान्छ । उत्पीडनमा बाँच्न चाहन्न । उसको विकास, स्वतन्त्रता र पहिचानको लागि हिंसाबाट मुक्त हुनैपर्छ । हिंसा स्वन्तत्रताको बाधक भएकाले उ अगाडी बढ्न सक्दैन । महिलाको सक्षमता विना परिवार, समाज र देश बनाउने सपना केवल दिवासपना मात्रै हो ।’ 

कागजी न्याय मात्रै न्यायोचित न्याय नभएको बताउँदै उनले पीडितहरुलाई कानूनी उपचार संगै परिपुरण, पनुस्र्थापना र परिवार र समाजले हेर्ने दृष्टिकोण समेत सकारात्मक बनाउन सके मात्रै हिंसापछिको जीवन सार्थक हुने औल्याइन् । समय–समयमा जीवन उपयोगी सीपवारे परामर्श र रोजगारीको अवसरले पनि पीडितलाई विकास निर्माणमा अग्रसर गराउने आधार रहेको घिमिरेको धारणा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x