×

NMB BANK
NIC ASIA

डेढ सय रुपैयाँको दही चोरी, ६ जनाको डीएनए टेस्ट

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — ताइवान प्रहरीले दही चोर खोज्नका लागि निकै मेहनत गरेको खबर सार्वजनिक भएको छ । 

एक महिला विद्यार्थीले आफ्नो फ्रिजबाट दही चोरी भएको उजुरी प्रहरीसमक्ष गरेपछि प्रहरीले दही चोर समात्नका लागि फिंगर प्रिन्टदेखि लिएर डीएनए परीक्षणसम्म गरेको छ । 

तर प्रहरीको यो तत्परता स्थानीयहरूले मन पराएनन् र यो खर्चिलो अनुसन्धानका लागि प्रहरीको आलोचना गरे । 

छात्रावासमा बस्ने एक महिलाले आफ्नो फ्रिजबाट दही चोरी भएपछि सँगै बस्ने पाँच विद्यार्थीसँग खैखबर गरिन् । सबैले यस विषयमा कुनै पनि जानकारी नभएको बताए । 

अनि रिसाएकी महिलाले प्रहरीसमक्ष उजुरी गरिन् । उनी दहीको प्याकेट लिएरै प्रहरी चौकी पुगिन् । 

प्रहरीले यति सामान्य विषयलाई त्यत्तिकै नछोडिदिएर उजुरी दर्ता ग–यो । उसले फिंगरप्रिन्ट लिन खोज्यो तर सफल भएन । अनि महिलाले अन्य वैज्ञानिक उपाय लगाएर खोज्न भनेपछि प्रहरीले ६ जनाको डीएनए परीक्षण गरेर चोर पक्रियो । 

डीएनए परीक्षणका क्रममा ७० हजार रुपैयाँ खर्च भयो । चोरिएको दही जम्मा डेढ सय रुपैयाँको थियो । यति सानो कुरा खोज्न यत्रो रकम खर्च गरेको भन्दै प्रहरीको आलोचना गरिएको छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x