जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — अमेरिकाको एक स्यालोनमा कपाल काट्ने १०७ वर्षीय एन्थोनी म्यानसिलेनी आकर्षणका केन्द्र हुन् ।
विगत ९६ वर्षदेखि उनी कपाल काट्दै आएका छन् । आजभन्दा ११ वर्षअगाडि नै उनको नाम गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा दर्ता गराइएको थियो ।
एन्थोनीले ११ वर्षको उमेरदेखि कपाल काट्न शुरू गरेका थिए ।
अब त घरमा बसेर आराम गरे हुन्न र भन्ने प्रश्नमा एन्थोनी भन्छन्, ‘म किन रिटायर हुने ? म अहिले पनि निकै काम गर्न सक्छु । घरमा बस्दा म बोर हुन्छु ।’
एन्थोनी हप्तामा पाँच दिन स्यालोनमा आठ घन्टा काम गर्छन् ।
लामो जिन्दगीको रहस्यका बारेमा सोध्दा उनी भन्छन्, ‘म आफ्नो कामलाई माया गर्छु । शायद त्यसैले मलाई जवान राख्छ ।’
एन्थोनी भन्छन्, ‘६९ वर्षअघि मेरो बिहे भएको थियो । १४ वर्षअघि पत्नीको मृत्यु भयो । म उसलाई खुबै मिस गर्छु ।’
एन्थोनीका नियमित ग्राहक क्रिस ड्युन भन्छन्, ‘यो उमेरमा पनि उहाँको काम शानदार छ । उनीसँग कहिल्यै केही गुनासो रहेन ।’
सन् २००७ मा गिनिज बूकमा नाम दर्ता भएपछि अनेकौं हस्तीले उनको नाममा पत्र लेखेका छन् । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेलले पनि उनलाई पत्र लेखेका छन् ।
एन्थोनीको स्टेट बार्बर लाइसेन्स सन् २०२० को अक्टोबर ३१ मा सकिनेछ । तर उनको स्वास्थ्यस्थिति हेर्दा उनले लाइसेन्स त्यसअघि नै नवीकरण गराउन सक्छन् ।
एजेन्सी
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...