×

NMB BANK
NIC ASIA

निर्मला हत्याका आरोपीहरू ‘घटना हुँदा हिरासतमा’, पञ्जीकरण नहुने सवारी पुसदेखि गुड्न नपाउने

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ जारी गर्नु भएको छ । सरकारले तीन तहमा कर्मचारी समायोजन गर्नका लागि तयार पारेको अध्यादेश आइतबार जारी भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ जारी गर्नुभएको हो । 
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राजपत्रमा सूचना प्रकाशित गरी सरकारले अध्यादेश जारी भएको जानकारी दिने छ । अध्यादेश जारी भएसँगै अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको प्रक्रिया शुरु गर्ने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आवेदन नभर्ने कर्मचारीलाई समेत मन्त्रालयले उपयुक्तता हेरेर समायोजनमा सहभागी गराउन सक्ने अधिकार अध्यादेशमा छ । स्थानीय तहमा समायोजन हुने कर्मचारीले पहिलो, दोस्रो र तेस्रो प्राथमिकताका आधारमा स्थानीय तह रोज्न पाउने छन् । अध्यादेशअनुसार संघ (केन्द्र)मा ४५ हजार, प्रदेश तहमा २१ हजार र स्थानीय तहमा ५७ हजार निजामति कर्मचारी समायोजन हुनेछन् ।   


Advertisment
Nabil box
Kumari

कांग्रेसभित्र गुटगत भेला तीव्र
पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिएसँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र हुन थालको छ । नेपाल समाचारपत्रमा छापिएको खबरअनुसार गुटगत बैठक विशेष गरी केन्द्रीय कार्यसमितिको संख्या, बढेसँगै पदाधिकारीको संख्या बढाउनुपर्ने, पार्टीभित्रको निर्णय गर्ने अधिकार विकेन्द्रीकरण गर्नुपर्ने विषयमा केन्द्रित रहेको छ ।

Vianet communication
Laxmi Bank

विधान संसोधनको मुख्य एजेन्डासहित यही मंसिर २८ देखि पुस ३ गतेसम्म कांग्रेस महासमिति बैठक बस्दै छ । आइतबार बरिष्ठ नेता पौडेलपक्षका नेताहरुको बैठक बसेको थियो । यसैगरी समापति शेरबहादुर देउवा निकटका केही नेताहरु पनि बुढानिलकण्ठमा विधानका विवादित विषयबारे छलफल गरेका थिए । पार्टीको प्रस्तावित विधानमा सहमति खोज्न काँग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्ट शीर्ष नेतासँग छलफल गरेका छन् ।

संघीयतालाई बलियो बनाउनु पर्छः प्रम ओली 
प्रधानमन्त्री केपी शर्मा ओलीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर प्रदेश परिषद्को पहिलो बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन गर्दै उहाँले नेपाल सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भएकाले आफ्ना अनुभवबाट सिक्दै यसलाई बलियो बनाउने पहल गर्न सबै समक्ष आग्रह गर्नुभयो ।

उहाँले  संघीयता नेपालका लागि नयाँ विषय भएकाले यसलाई संरचनागतरुपमा बलियो बनाउन आफैँ लाग्नुपर्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवासजस्ता विषय केही समयअघिसम्म हाम्रो सोचमा थिएनन् । अहिले तिनलाई व्यावहारिकरुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हौँला । खेलमा पस्नेबित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि सङ्घीयता त्यस्तै नयाँ खेल हो । यसमा हामी च्याम्पियन सावित हुनेछौँ ।”
 
बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्ना धारणा राख्नुभएको थियो । बाँकी तीन वटा प्रदेशका मुख्यमन्त्रीले सोमबारको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । बैठक बिहान १० बजे सिंहदरबारमा पुनःबस्ने प्रधानमन्त्री ओलीका प्रेस  संयोजक चेतन अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

निर्मला हत्याका आरोपीहरू ‘घटना हुँदा हिरासतमा’
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ । अनुसन्धानका लागि काठमाडौं पुर्याईएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल कुखुरा चोरीको आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार साउन ९ गते राति भीमदत्त नगरपालिका १८ भगतपुरको एक पसलबाट कुखुरा चोरी भएको थियो । पसल मालिक पुनित चौधरीले प्रदीपमाथि शंका गरेर सालघारीस्थित प्रहरी बिटमा जाहेरी दिएका थिए । त्यसैका आधारमा साउन १० गते विहान १० बजेतिर प्रदीपलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।, कान्तिपुर दैनिकमा खबर छ । 

प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन
संघीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आइतबारको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच,  कार्ययोजना र अवधारणा सुनेपछि उहाँहरुको नाम सर्वसम्मतिले स्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि राजदूतमा डा अञ्जान शाक्यको नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । उनीहरुमध्ये आचार्यसँग पूर्वमन्त्री एवं पूर्वराजदूत भएको अनुभव छ भने पाण्डेले पनि यसअघि राजदूतको जिम्मेवारी सम्हालीसकेका छन् । 

चारैजना प्रस्तावित राजदूतले मुलुकको राष्ट्रियहित र स्वाभिमानलाई उच्च सम्मान गर्दै आर्थिक कूटनीतिकका माध्यमबाट मुलुकमा पर्यटन प्रवद्र्धन तथा नयाँ प्रविधिका साथसाथै वैदेशिक लगानी भित्र्याउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने अठोट व्यक्त गरे ।

फोरमको महाधिवेशन वैशाख अन्तिम साता
सत्तारुढ संघीय समाजवादी फोरम नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन वैशाखको अन्तिम साता हुने भएको छ । पार्टीको केन्द्रीय समितिको आइतबार  सम्पन्न बैठकले वैशाख २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको मिति तोकिए पनि स्थान भने टुङ्गो लागेको छैन । प्रदेश अधिवेशनको कार्यविधि र निर्देशिकालाई पनि बैठकले पारित गरेको छ । बैठकले आगामी चैत २० गतेसम्म पार्टीको प्रदेश अधिवेशन सक्ने तथा वैशाखको पहिलो हप्ताभित्र प्रादेशिक भेला आयोजना गर्ने निर्णय गरेको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बैठकले सरकारसँग समन्वय गर्न उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ । समितिले सरकारको काम, विकास निर्माणसम्बन्धी काम, संवैधानिक आयोगमा नियुक्ति तथा सङ्घीय र प्रदेश सरकारबीच समन्वयको काम गर्नेछ । 

फोरमले विभिन्न राजनीतिक दलसँग एकताका लागि वार्ता गर्न सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता कार्यदल गठन गरेको छ । 

पञ्जीकरण नहुने सवारी पुस १ देखि गुड्न नपाउने
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिका समेत जारी गरेको थियो । 

अख्तियारको ‘स्टिङ अपरेशन’मा ११ कर्मचारी 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले चालू आर्थिक वर्षको साउनयता ‘स्टिङ अपरेशन’का क्रममा ११ जना कर्मचारी रङ्गेहात फेला पारेको जनाएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा अख्तियारको हेटौँडा कार्यालयले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा ती कर्मचारीलाई रङ्गेहात फेला पारेको जनाएको हो ।

अख्तियारले चालू आवको पहिलो चौमासिक अवधिको विभिन्न मितिमा ‘स्टिङ अपरेशन’ चलाएको थियो । अख्तियारको हेटौँडा कार्यालयले चालू आवको कात्तिक मसान्तसम्म ५५५ उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये २५५ उजुरी फछ्र्याैट भइसकेका छन् । विस्तृत अनुसन्धान भइरहेका ५६ मध्ये २३ मुद्दामात्र फछ्र्यौट भएका छन् । 

मानवअधिकार आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझायो 
राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदन पेश गर्दै आयोगका अध्यक्ष शर्माले गएको एक वर्षमा मानवअधिकारसम्बन्धी १५२ उजुरी दर्ता भएको जानकारी गराए । पुराना तथा नयाँ गरी ३५० उजुरीमाथि अनुसन्धान सम्पन्न भएको र ४६३ पटक अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ । 

ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण गरिने छैनः काउन्सिल 
प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रता अनुगमन संयन्त्र स्थापना गरी प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्ने भएको छ । काउन्सिलका सूचना अधिकारी दीपक खनालले प्रेस विज्ञप्ति जारी गरी धनुषाको जनकपुरमा यही मङ्सिर २०, २१ र २२ गते सम्पन्न काउन्सिलको बैठकले गरेका निणर्य सार्वजनिक गर्दै प्रेस स्वतन्त्रतासम्बन्धी हननका घटनाको अनुगमन गर्न उपसमिति र कार्यविधि बनाउने निणर्य गरेको जानकारी दिए ।

‘पत्रकार आचारसंहिता उजुरी सुनुवाई र कारवाहीसम्बन्धी कार्यनीति पारित गरिएको छ, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई वर्गीकरण गरिने छैन, सरकारबाट उपलब्ध हुने सेवा सुविधा नदिन सम्बन्धित निकायलाई सिफारिस गरिनेछ’, विज्ञप्तिमा भनिएको छ । काउन्सिलले सर्वोच्च अदालतबाट फैसला भइसकेको समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न आवश्यक पहल गर्नुका साथै वरिष्ठ पत्रकार सम्मान–वृत्तिको व्यवस्था गर्न तथा पत्रकार स्वास्थ्य बीमाका लागि प्रेस काउन्सिल नेपालबाट नेपाल सरकारसँग समन्वय गर्ने भएको छ ।

३ लाख ३५ हजारसहित कर्मचारी पक्राउ
काठमाडौँको बसुन्धरामा रहेको शव ह्युमन रिसोर्स प्रालिमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । दुबई जाने कामदारबाट ३ लाख ८० हजार रुपैयाँ उठाउँदै गरेको सूचनाका आधारमा विभागले छापा मारेको हो । एकजना कामदारबाट ३ लाख ३५ हजार रुपैयाँ लिँदै गर्दा एक कर्मचारीलाई रंगेहात पक्राउ गरिएको विभागका निमित्त प्रमुख तथा निर्देशक हरिप्रसाद ज्ञवालीले जानकारी दिए । उनले रकम लिएको स्वीकार गरेका छन् । 

जाउलाखेललाई हराउँदै थ्रिस्टार लिगको दोस्रो स्थानमा
काठमाडौं– थ्रीस्टार क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आइतबार भएको दोस्रो खेलमा थ्रिस्टारले जाउलाखेल माथि २–० को जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो ।     

थ्रिस्टारको जितमा रञ्जीत धिमाल नायक बने । उनले खेलको दोस्रो हाफमा दुई गोल गरे । यता फाउल गरेका कुलदीपले रातो कार्ड खाएपछि जाउलाखेल १० खेलाडीमा सीमित बनेको थियो । थ्रिस्टारले सात खेलमा छ जित र एक हारसँगै १८ अङ्क जोडेको छ । पराजित जाउलाखेल चार अङ्कका साथ अङ्क तालिकाको १२औँ स्थानमा छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x