कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
काठमाडौँ– कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको गहन अनुसन्धान हुँदैछ ।
अनुसन्धानका क्रममा केही दिनअघि काठमाडौंबाट पक्राउ परेका १७ वर्षीय प्रदीप रावल र १६ वर्षीय विशाल चौधरीको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) अनुसार, डिएनए प्रतिवेदन प्राप्त हुन केही दिन लाग्ने छ । ती दुई अभियुक्तले प्रहरीलाई दिएको वयानमा पनि विवाद देखिएको छ । सिआइवीका प्रमुख निरज शाहीले ती दुईजनाको सामान्य वयान भएको स्पष्ट पारे ।
निर्मला हत्या घटनाको विस्तृत अनुसन्धान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट नै भइरहेकाले थप अनुसन्धान उतैबाट भएको जानकारी उनले दिए । अभियुक्त द्वयले वयान फेर्ने र अरुलाई पोल्ने गरेपछि विवाद देखिएको हो ।
महाराजगञ्जबाट पक्राउ परेका प्रदीपले नै विशाल र दिनेश चौधरीको नामसमेत पोलेका थिए, तर दिनेशको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको छ । सिआइवी प्रमुख शाहीले पक्राउ अभियुक्तहरूले निर्मला हत्या घटना सकारेको वा अस्वीकार गरेको विषयमा जानकारी दिन चाहेनन् ।
अभियुक्तको थप वयान लिने र डिएनए प्रतिवेदन हेर्ने अधिकार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई रहेको उनले बताए ।
‘सिआइवीको टोली जिल्लामा नै खटिइसकेकाले केन्द्रबाट सबै कुरा हेर्नुपर्छ भन्ने पनि छैन,’ उनले भने, ’डिएनए प्रतिवेदनका बारेमा पनि जिल्लाबाट अनुसन्धान हुनेछ । पक्राउ परेकाहरूको विस्तृत अनुसन्धान पनि उतैबाट भइरहेको छ ।’
निर्मला हत्या घटनामा ती दुई अभियुक्तको संलग्नताको विषयमा अहिले नै भन्न सक्ने अवस्थामा नआइसकेको ब्यूरो प्रहरीले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...