×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाविरुद्ध पहिलो टेस्टमा भारत विजयी, शृंखलामा १–० को अग्रता

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अस्ट्रेलिया भ्रमणमा रहेको भारतले शृंखलाको पहिलो टेस्ट ३१ रनले जितेको छ । 

एडेलेडमा सोमवार सम्पन्न टेस्टमा ३२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २९१ मा अलआउट भएको हो । 

भारतलाई विजय दिलाउनमा चेतेश्वर पुजाराको प्रमुख भूमिका रह्यो । पहिलो इनिङमा शतक बनाउने क्रममा उनले १२३ रन बनाए भने दोस्रो इनिङमा ७१ रनको योगदान गरे ।

त्यस्तै भारतका बलरहरू रविचन्द्रन अश्विन, मोहम्मद शमी र जसप्रीत बुमराहको पनि जीतमा योगदान रह्यो ।

Muktinath Bank

भारतका विकेटकीपर ऋषभ पन्तका लागि यो टेस्ट निकै यादगार रह्यो । उनले म्याचमा कुल ११ विकेट लिए ।

टस जितेर ब्याटिङको निर्णय लिएको भारतले पहिलो इनिङमा कुल २५० रन बनायो । अस्ट्रेलियाली बलरहरूको घातक बलिङका कारण लगातार विकेट गुमाएको भारतलाई पुजाराको शतकले नै सम्मानजनक स्कोरमा पुर्‍याएको हो । 

पुजारापछिको सर्वाधिक स्कोर रोहित शर्माले बनाए । उनको नाममा ३७ रन रह्यो ।

अस्ट्रेलियाका लागि जोश हेजलवूडले तीन अनि मिचेल स्टार्क, प्याट कमिङ्स र नाथन लियोनले दुई दुई विकेट लिए ।

जवाफमा अस्ट्रेलिया पहिलो इनिङमा २३५ रनमा समेटियो । ट्राभिस हेडले सर्वाधिक ७२ रन बनाए भने पिटर ह्यान्ड्सकम्बको ३४ रन दोस्रो ठूलो स्कोर रह्यो । 

भारतीय बलरहरूले अस्ट्रेलियाका ब्याट्स्म्यानलाई खुलेर खेल्न दिएनन् । बुमराह र अश्विनले तीन तीन अनि इशान्त शर्मा र शमीले दुई दुई विकेट लिए ।

कुल १५ रनको अग्रताका साथ दोस्रो इनिङ शुरू गरेको भारतले ३०७ रन जोड्यो । पुजाराको ७१ रनका अलावा अजिंक्या रहाणेको ७० र लोकेश राहुलको ४४ रन बन्यो ।

नाथन लियोनले प्रभावशाली बलिङ गर्दै १२२ रन खर्चेर ६ विकेट लिए । अनि स्टार्कले तीन र हेजलवूडले एक विकेट हात पारे । 

जीतका लागि ३२३ रन पछ्याउने क्रममा अस्ट्रेलियाले राम्रो शुरूआत गरेन । उसले ८४ रन बनाउँदा नै चार विकेट गुमायो । 

शन मार्शले सर्वाधिक ६० रन बनाए भने टम पेनले ४१ रन बनाए । नाथन लियोनले भारतलाई जीतका लागि प्रतीक्षा गराउने क्रममा ३८ रन बनाए तर त्यो हार टार्न पर्याप्त रहेन ।

भारतका लागि बुमराह, अश्विन र शमीले तीन तीन विकेट लिए भने इशान्त शर्माको नाममा एक विकेट रह्यो ।

शृंखलाको दोस्रो टेस्ट शुक्रवारबाट पर्थमा शुरू हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x