×

NMB BANK
NIC ASIA

जनकपुरधाम – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएपछि जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Muktinath Bank

जारी सीताराम विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जन्ती बनेर मंसिर २६ गते जनकपुरधाम आउन लागेका योगीको भ्रमणका साथसाथै दर्शनार्थी भक्तजनको समेत सुरक्षा व्यवस्थाका लागि भन्दै करीब ३ हजारभन्दा बढी सुरक्षाकर्मी जनकपुरधाममा परिचालन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रदीपराज कणेलले लोकान्तरसँग भने, ‘भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र सहभागी हुने लाखौं श्रद्धालु भक्तजनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ हजारभन्दा बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ नेपाली सेनाको टोलीलाई रिजर्भ फोर्सको रूपमा तैनाथ गरेर राखिएको सीडीओ कणेलले बताए ।


Advertisment
Nabil box
Kumari

नेपाल र भारतबीच खुला सीमा भएका कारण सीमामा समेत सुरक्षा व्यवस्था कडा बनाइएको छ । ‘मैले आफैं पनि भारत बिहारको मधुवनी जिल्लाका डीएमसँग सुरक्षा व्यवस्थाका लागि कुरा गरिसकेको छु,’ सीडीओ कणेलले भने, ‘धनुषाका प्रहरी उपरीक्षक र प्रदेश प्रहरी प्रमुखले समेत काउन्टर पार्टसँग सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन छलफल गरिसकेका छन् ।’

Vianet communication
Laxmi Bank

सीमा नाकामा नेपाल र भारतको संयुक्त सुरक्षा गस्ती गर्नेदेखि नेपालका सीमामा बाक्लो गस्ती, विभिन्न स्थानमा ‘चेक प्वाइन्ट’ स्थापना गर्नुका साथै सीमा क्षेत्रमा शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने लगायतको रणनीति अनुसार सुरक्षाकर्मी परिचालन भएको उनले बताए ।

मुख्यमन्त्री योगी मंसिर २६ गते बिहान ११ बजेतिर निजी विमान चार्टर गरेर जनकपुर विमानस्थलमा आउने र साँझ ५ बजेतिर फर्किने कार्यक्रम रहेको जिल्ला सुरक्षा समितिको बैठकमा कुरा उठेको एक सहभागीले लोकान्तरलाई बताए । 

विवाहपञ्चमी महोत्सवको तयारीका क्रममा २३ गते जिल्ला सुरक्षा समितिको बैठकमा सरोकारवाला निकाय, संघसंस्था, सरकारी कार्यालयका प्रमुख समेतलाई सहभागी गराइएको थियो ।

‘योगी भ्रमणको कार्यतालिका अहिलेसम्म संघीय सरकारबाट नआएपनि परराष्ट्रका पदाधिकारीमार्फत् भइरहेको कुराकानीका आधारमा उनी आउने लगभग तय नै छ । सोही अनुसार हामीले आफ्नो तयारी पनि गरेका छौं,’ सीडीओ कणेलले भने ।

उनी आएपछि जानकी मन्दिरको दर्शन गर्नुका साथै मुख्यमन्त्री लालबाबु राउतले मधेश भवनमा आयोजना गरेको दिवाभोज कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि रंगभूमि मैदानमा आयोजना हुने सीता स्वयम्बर कार्यक्रममा सहभागी भई सोही दिन नै फर्किएर जाने कार्यक्रम रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x