×

NMB BANK
NIC ASIA

दक्षिण अफ्रिकामा जग्गाजमीन सकिएपछि पुराना चिहान खनेर नयाँ शव गाड्दै मानिस

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — दक्षिण अफ्रिकाको जोहानेसबर्गमा लाश गाड्नका लागि चिहानको कमी देखिएको छ । त्यसैले धेरै मानिस अन्तिम संस्कारका लागि पुरानै चिहानलाई फेरि खनिरहेका छन् । 

हरेक हप्ता शहरमा ५० देखि ६० पुराना चिहान खनिइरहेका छन् । ती चिहानमा पहिल्यै गाडिएका शवमाथि अर्को शव राखिने भएको छ । 

जोहानेसबर्ग दक्षिण अफ्रिकाको आर्थिक केन्द्र हो । त्यहाँ बढ्दो जनसंख्या र विदेशीहरूको उपस्थितिका कारण शहरी क्षेत्रमा निकै बोझ परेको छ । अधिकारीहरूका अनुसार, जनसंख्यामा नियन्त्रण नगरिएमा आगामी ५० वर्षमा लाश गाड्ने ठाउँ नै बाँकी रहनेछैन । 

शहरमा चिहानहरूको व्यवस्थापन गर्ने विभागका म्यानेजर रेजी मोलोइका अनुसार, चिहानका लागि खुला ठाउँ धमाधम सकिएका छन् । 

त्यसो त जोहानेसबर्गमा मात्र यस्तो समस्या आएको हैन । डर्बनमा पनि यस्तै समस्यामा तीन दशकअघि परेको थियो । त्यतिखेर एचआईभी एड्सबाट मर्नेहरूको संख्या बढ्दा अनि राजनीतिक हिंसा चर्किंदा लाश थुप्रिएका थिए । 

दक्षिण अफ्रिकाको कब्रिस्तान संघका अध्यक्ष डेनिस इंगका अनुसार, लाश गाड्ने ठाउँ सकिएकाले पुरानो चिहानलाई फेरि प्रयोग गर्ने कि लाश जलाउने हो मानिसहरूले निर्णय लिनुपर्ने बताए । 

तर क्रिस्चियन समुदायमा शव जलाउनुलाई अप्राकृतिक र अपरम्परागत मानिन्छ । 

लाशमा आगो लगाउनु नरकको आगोमा जल्नु बराबर भएको त्यहाँका मानिसको धारणा छ । परम्परावादीहरू पूर्ण शरीरका साथ भगवानकहाँ पुग्नुपर्ने, खरानीका रूपमा हैन भन्ने मान्यता राख्छन् । 

सरकारले कब्रिस्तान बनाउनका लागि जमीन अधिग्रहण गर्ने कानून प्रस्ताव गर्न लागेको बताइएको छ ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x