×

NMB BANK
NIC ASIA

राजधानीमै विद्यालयको वेहाल, भूकम्प गएको ४ वर्षसम्म पनि टहरामै विद्यार्थी

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यामिक विद्यालयका विद्यार्थी भूकम्प गएको चार वर्ष बितिलाग्न सक्दा पनि अझै टहरामा नै बसेर पढिरहेका छन् । भूकम्पले विद्यालयको एउटा भवन पूर्ण रुपमा ध्वस्त बनाइदिएपछि विद्यालयले दुईवटा कक्षाहरु टहरामा राखी पढाउँदै आएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सडकनजिकैको विद्यालय त्यसमाथि नयाँ भवन बनाइरहेको आवाज आउँदा टहरामा बसेर पढ्ने विद्यार्थीको पठनपाठनमा असर परिरहेको छ । विद्यालयको कक्षा ८ मा अध्ययनरत सन्ध्याकुमारी साह टहरामा बसेर पढ्दा आफूलाई निकै सास्ती हुने गरेको भन्दै बताउनुहुन्छ, “जाडो महिनामा टहरामा शीत चुहिएर एकातिर समस्या, वर्षात्को समयमा जस्तामा परेको पानीको आवाजले पढ्नलाई अर्काे समस्या ।” तीन वर्षदेखि आफूहरुले यस्तै खाले समस्या बेहोर्दै आएको उहाँ बताउनुहुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही विद्यालयकी छात्रा विपना पाण्डे पनि त्यस्तै खाले समस्या बेहोर्दै आउनुभएको छ । विद्यालयको चौरमा नयाँ भवन निर्माणका लागि सामान राखिएको हुँदा खेल्न समेत समस्या हुने गरेको उहाँले बताउनुभयो । विद्यालयमा शिशु कक्षामा २१, कक्षा १ मा १३, कक्षा २ मा १७, कक्षा ३ मा २०, कक्षा ४ मा १७, कक्षा ५ मा २७, कक्षा ६ मा ४४, कक्षा ७ मा ३३, कक्षा ८ मा ४०, कक्षा ९ मा ६३, कक्षा १० मा ५८, कक्षा ११ मा २३२ र कक्षा १२ मा २५१ गरी जम्मा ८३६ विद्यार्थी अध्ययन गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

हाल रु पाँच करोड ८७ लाखको लागतमा उक्त विद्यालयका लागि नेपाल सरकार र एडिबीको सहयोगमा २३ कोठे भवनको निर्माण भइरहेको छ । २०७३ साल असोजबाट पुनःनिर्माणको काम सुरु गरिएको उक्त विद्यालयलाई यही मङ्सिरमा पुरा गरिसक्ने भनिए पनि विद्यालयको पर्खाल निर्माण र रङ्गरोगनको काम अझै पूरा भइसकेको छैन । 

Vianet communication
Laxmi Bank

विद्यालयका छात्र किरण सुनारले नयाँ भवन बनिसकेपछि पठनपाठनमा केही सहजता आउने आशा राखेको बताउनुहुन्छ । “यतिका वर्ष टहरामा बिताइयो, अब नयाँ भवनमा पढ्न पाउने कुराले निकै नै उत्साह जागेको छ”, उहाँ बताउनुहुन्छ । 

विद्यालयमा पर्याप्त कक्षाको अभावका कारण दुईवटा कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता छ । सरकारले विद्यालयको भवन निर्माणका लागि समयमा नै बजेट नदिँदा पुनःनिर्माणमा ढिलाइ भएको विद्यालयका प्रधानाध्यापक मीनाकुमारी कोइराला पोखरेलले जानकारी दिनुभयो । “विद्यार्थीलाई टहरामुनि नै राखेर पढाउनु पर्दा हामीले उनीहरुको बालअधिकार र शान्त वातावरणमा पढ्न पाउने अधिकार हनन् भएको हो कि जस्तो अनुभव गरेका छौं”, उहाँले भन्नुभयो । विद्यालयको निर्माण पूरा हुनासाथ विद्यार्थीलाई नयाँ भवनमा सारिने उहाँ बताउनुुहुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x