×

NMB BANK
NIC ASIA

टीकापुरमा थरुहटको भेला : आफ्नै नेतालाई कारवाही गर्ने चेतावनी

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

टीकापुर– थरुहट/थारुवान पक्षधर नेताहरुले मंगलवारदेखि पुनः थरुहट आन्दोलन सुरु भएको उद्घोष गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

थारु कल्याणकारिणी सभा (थाकस) कैलालीद्वारा टीकापुरमा आयोजित भेलामा थरुहट नेताहरुले पुनः थरुहट आन्दोलन सुरु भएको बताएका छन् । आन्दोलनको विकल्प नरहेको निष्कर्षमा पुगेका नेताहरुले सुरुवाती चरणमा आफ्नै पक्षधरका भगौडा नेताहरुलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थाकसका केन्द्रीय पार्षद एंव नयाँ शक्ति पार्टी नेपालका सुदूरपश्चिम संयोजक कृष्णकुमार चौधरीले थरुहटले उठाएको माग मुद्धाको सुनिश्चिता तथा टीकापुर घटनाका आरोपीहरुको रिहाईको लागि सशक्त आन्दोलनको विकल्प नरहेको बताए ।


Advertisment
Nabil box
Kumari

थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक समेत रहेका चौधरीले भने, ‘राजबन्दीहरुको रिहाईको लागि आन्दोलनको विकल्प छँदै छैन । जसले टीकापुर घटनालाई भर्‍याङ बनाएर, सांसद बने, सत्तामा पुगे, मन्त्री बने । तर हाल वेवास्ता गरेकाहरुलाई सुरुमै कारवाही गर्दै आन्दोलन अगाडी बढाउँछौ ।’ विगतमा भएको थहरुट आन्दोलनको मोर्चा सम्हालेर चर्का नाराबाजी गरेको र तर हाल निक्रिय बसेका नेताहरु पुनः आन्दोलनमा सक्रिय नभए 'कारबाही' गर्ने उनको चेतावनी थियो ।

Vianet communication
Laxmi Bank

थाकसका अर्का केन्द्रीय पार्षद एंव पूर्व जिल्ला सभापति प्रभात कुमार चौधरीले अधिकार प्राप्तीको लागि भएको थरुहट आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको दावी गरे । आन्दोलनको क्रममा घटेको टीकापुर घटनाका २७ जना थारुहरुलाई विभिन्न झुठा मुद्धा लगाएर राज्यले थुनेर अन्याय गरेको उनले दोहोर्‍याए । वास्तवमै राज्यले थारु समुदायलाई नागरिकको दर्जा दिएको भए सर्वोच्च अदालतका पूर्व न्यायधिश गिरिशचन्द लालको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पूर्वसभापति चौधरीको धारणा थियो ।

त्यस्तै, थाकसका अर्का केन्द्रीय पार्षद पुरन चौधरीले कैदीबन्दीको रिहाई र थरुहट माग मुद्धाको लागि सबै स्थानीय तहमा जनजागरण अभियान लिएर गइरहेको बताउँदै आन्दोलन तार्किक निस्कर्षमा पुर्‍याउन पुनः सडक संघर्ष गर्नुपर्ने उल्लेख गरे ।

थाकस कैलालीका सभापति माधव चौधरीले आन्दोलनलाई निश्कर्षमा पुर्‍याएरै विश्राम लिने दावी गरे । जसको लागि सबै पक्षसंग समन्वय गर्दै सवै स्थानीय तहहरुमा जनजागरण अभियान सुरु गरेको उनले जानकारी दिए । 

यसैबीच टीकापुर घटनाको आरोपमा जेल चलान गरिएकाहरुको परिवारजनले राज्य र आफ्नै नेताहरुप्रति आक्रोश व्यक्त गरे । घरको अभिभावक नै जेलमा परेपछि आफुहरुको विचल्ली भएको दुखेसो पोख्दै उनीहरुले रिहाईको लागि कुनै कसर बाँकी नराख्न नेतृत्वकर्ताहरुलाई दवाव दिए । साथै उनीहरुले वर्तमान सरकार थारु विरोधी रहेको भन्दै आक्रोश समेत पोखे । 

थारु बाहुल क्षेत्रलाई अलग्गै प्रदेश बनाइनुपर्ने भन्दै थरुहट आन्दोलन २०७२ सम्ममा उत्कर्षमा पुगेको थियो । त्यसताका अर्को विरोधी अखण्ड सुदूरपश्चिम आन्दोलन पनि उत्कर्षमा पुगेको थियो । २०७२ भदौ ७ गते १ नाबालकसहित ८ प्रहरीको टीकापुर घटनामा ज्यान गयो । त्यसको भोलिपल्ट भदौ ८ गते संयौ थारु समुदायको घर, पसल, एफएममा आजजनि भएको थियो । सोही घटनाको आरोपमा सांसद रेशम चौधरीसहित २७ जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको हो । तर हालसम्म सो मुद्धाको फैसाला हुन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x