×

NMB BANK
NIC ASIA

‘निगालीको सुन्तला’ कैलालीको पहिचान

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी-‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिनुभयो । 

सडक छेउमा निगालीको सुन्तला राखेर प्रचार भइरहेको सुनेका सुन्तलाका पारखीका लागि ‘ढुङ्गा खोज्दा देउता मिले’ झैँ भयो । कसैले एक किलो र कसैले दुई किलोका दरले उक्त सुन्तला खरीद गरे । कैलालीको पहाडी क्षेत्र निगालीमा उत्पादन हुँदै आएको सुन्तला निकै स्वादिलो हुने गरेका कारण सो क्षेत्र सुन्तला उत्पादनमा पहिचान बनाएको छ । 

“कैलाली जिल्लाको पहिचान नै निगालीमा उत्पादन हुने स्वादिलो सुन्तला हो”, उक्त सुन्तला खरीद गर्दै गरेका स्थानीबासी नवराज जोशीले भन्नुभयो । 

निगालीमा यस वर्ष समयमै वर्षा भएका कारण सुन्ताला उत्पादन वृद्धि भएको पाइएको व्यापारी धामीले बताउनुभयो । “बगैँचामा यतिबेला सुन्तला थोकमा खरीद गर्ने व्यापारीको तानातान छ”, धामीले भन्नुभयो, “व्यापारीले पूरै बारीको ठेक्का बोलेर सुन्तला खरीद गर्ने गरेका छन् ।” निगाली क्षेत्रमा यस वर्ष एउटै रूखमा पाँच क्विन्टलसम्म सुन्तला फलेको पाइएको अर्का व्यापारी मनोज धामीले बताउनुभयो । अन्य क्षेत्रको सुन्तलाभन्दा निगालीको सुन्तलाको माग बजारमा बढ्दै गएको सुन्ताला व्यापारी बताउँछन् । 

सुन्तला उत्पादक स्थानीय कृषकका अनुसार यस वर्ष समयमै वर्षा भएकाले सुन्तला उत्पादन पनि वृद्धि भएको छ । यस वर्ष निगाली र आसपासका क्षेत्रमा १०० टनभन्दा बढी सुन्तला उत्पादन भएको छ । समयमै वर्षा नभएको वर्ष सुन्तलाको बोटका हाँगा पहँेलो भई सुक्ने र दानामा दाग लाग्ने रोगको समस्या देखिने देखिने गरेको बताइएको छ । 

चुरे गाउँपालिकाको निगालीसहित सहजपुर र खैराला क्षेत्रलाई सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । कृषि विकास कार्यालयले यस क्षेत्रका स्थानीय कृषकलाई विभिन्न प्राविधिक सहयोग पु¥याउँदै आएको छ । 

सुदूरपश्चिमका अन्य जिल्लामा उत्पादन हुने सुन्तलाभन्दा निगालीमा उत्पादन हुने सुन्तला निकै स्वादिलो हुने, दाना ठूलो र आकर्षक देखिने गरेको व्यापारीको भनाइ छ । व्यापारी तथा उपभोक्ताबीच निगालीको सुन्तलाको माग बढ्दै गएसँगै सो क्षेत्रमा वर्षेनी सुन्तला खेतीको विस्तार पनि हुन थालेको छ । अहिले निगालीमा मात्रै व्यावसायिकरुपमा सुन्तला खेती गर्ने किसान दुई सयभन्दा बढी पुगिसकेको बताइएको छ । 

आफ्नो खेतमा ५३२ बोट सुन्तला रोप्नु भएका कृषक प्रेम आचार्यले भन्नुभयो, ‘‘एक किसानले वर्षमा सुन्तला बिक्रीबाट मात्रै कम्तीमा रु ५० हजारदेखि बढीमा रु छ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।” निगालीको सुन्तलाको बजार माग बढ्दा अन्य ठाउँमा उत्पादन भएको सुन्तलाई पनि ‘निगालीको सुन्तला’ भन्दै व्यापारीले बिक्री गर्ने नयाँ शैली पनि अपनाउन थालेको पाइएको छ । 

धनगढी, भीमदत्तनगर, अत्तरियालगायत शहरी क्षेत्रमा भित्रिने सबै सुन्तला निगालीको नभए पनि व्यापारीले आफूसँग रहेको सुन्तला बिक्री गर्न निगालीको सुन्तलाको प्रचार गर्दै नयाँ शैली अपनाएर कारोवार गर्ने गरेको कृषक आचार्य बताउनुहुन्छ । उत्पादन क्षेत्रमा थोकमा प्रतिक्विन्टल रु पाँच हजारदेखि रु छ हजारमा खरीद बिक्री हुने सुन्तला धनगढी अत्तरियालगायत बजार क्षेत्रमा व्यापारीले प्रतिकिलो रु १०० देखि रु ११० मा बिक्री गर्ने गरेका छन् । 

अन्यत्रबाट ल्याइएको उन्नत जातको सुन्तलाभन्दा स्थानीय जातको सुन्तला स्वादिलो एवं मीठो हुने हुँदा स्थानीय कृषक आफैँ स्थानीय जातको सुन्तलाको बीउ तयार गरेर बोट रोप्ने गरेका पनि छन् । सुन्तला खेती विस्तार हुँदै गए पनि सिँचाइ योजनाको समस्या, उत्पादन भएपछि सहज रुपमा बजारसम्म सुन्तला पुर्याउन बाटोको असुविधा र उत्पादित सुन्तला भण्डारणका लागि शीतभण्डार लगायतका समस्या रहेको स्थानीय कृषकले बताएका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x