पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको राजनीतिमा जतिसुकै उन्नत परिवर्तन आएपनि यथार्थ धरातलमा अझै पनि परिवर्तनको आभास दिने कुनै संकेत र लक्षणहरु देखापरेका छ्रैनन् । त्यसका बिभिन्न कारणहरु भएपनि मूलतः काँग्रेस काँग्रेस जस्तो रहेन र कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट जस्ता भएनन् ।
सत्तामा पुगेपछि ती राणा, शाह वंश आदि प्रबृत्तिकै पदचिह्नमा हिँडे र हिँडिरहेका छन् । फलतः वास्तवमा जुन नीतिले मुलुकको राजनीतिमा परिवर्तन ल्यायो त्यो नीतिको रक्षा, विकास र विस्तार गर्नु पर्ने हो तर त्यसो हुन सकेको छैन ।
उल्टै, त्यो विचारलाई पूरै उपेक्षा गरियो । त्यसले गर्दा परिवर्तनको बाटो बिराइयो । अनि त मुलक दिशाहीन भएर झाडीमा पस्छ र फस्छ नै । यसरी कदापि गन्तब्यमा पनि पुगिदैँन । अहिले यस्तै राजनीति भइरहेको छ । त्यसैले आममानिसहरुले राजनीति भनेको जालझेल, तिकडमबाजी, अपवित्र साँठगाँठ गरेर कमाउने धन्धाचलाउने कुरो रहेछ भन्ने बुझेका छन् । कोही कतै अपवादमा जनता र राष्ट्रको तत्कालीन र दीर्घकालीन हितमा खडा हुन पुगेछ भने त्यो शक्ति, ब्यक्ति, समूह या दल किनारा लाग्यो भन्ने बुझे हुने भएको छ । त्यसैले अहिलेसम्म सत्तामा गएकाहरुले ब्यवहारिक राजनीतिको जब कुरा गर्दछन् त्यो अरु कुनै कुरा नभएर आदर्श, विचार, सिद्धान्त र नीतिबाट च्यूत हुने कुरालाई सहजरुपमा लिने भन्ने बुझिन थालेको छ ।
आजको राजनीतिलाई विचारले होइन, बजार र बिज्ञापनले हाक्ने गरेको छ । त्यसैले यो निरन्तर परमुखापेक्षी र पराश्रित हुँदै आएको छ । जसको दुष्परिणाम हिजोदेखि नै हामीले भोग्दै आएका थियौ र अहिले त्यो निकै भयावह रुपमा हामीले भोग्नु बेहोर्नु पर्यो, परिरहेको छ ।
तर फेरि यस्तो समस्याको बोझ बोक्नु, बेहोर्नु नपर्ने स्थिति निर्माण गर्न जुन राष्ट्रिय एकता चाहिन्छ, जुन राष्ट्रिय नीति चाहिन्छ र जुन राष्ट्रय नेतृत्व चाहिन्छ त्यसको चौतर्फी अभाव आज खट्किरहेको छ । राजनेता बिनाको राजनीतिक रजाइ जस्तो भएको छ । यसका निराकरणको निमित्त आवश्यक पहलपनि कतैबाट भएको देखिदैन । त्यसले गर्दा हाम्रा मूख्यमूख्य कुराहरुमा नै राष्ट्रिय तत्कालीन र दीर्घकालीन ठोस नीति नभएको कुरा सधैं खट्किने गरेको छ । राजनीति राष्ट्र र जनताको सर्बतोमुखीप्रगति र हितमा नभएर दलगत संकीर्णता र गुटगत स्वार्थको सेरोफेरोमा केन्द्रितभएर चल्ने, चलाउने गरेपछि नै यस्तो स्थिति निरन्तर रहँदै आएको हो । आफूलाई काग्रेस र कम्युनिष्ट भन्नेहरुले हाम्रो ७० बर्षको निरन्तरको संघर्ष के को लागि भएको थियो भन्ने कुराबाटै बिमुख भएपछि वास्तवमा परिणामतः यस यथास्थितिको चक्रब्यूहमा पर्ने बाहेक अरु केही हुने आशापनि गर्न सकिँदैन र गर्नु पनि हुुँदैन ।
यद्यपि यो समस्या समाधानको मूलबाटो होइन । मूलबाटो हो — नेपाली जनतालाई एकताबद्ध गर्ने, उनीहरुका साझा समस्या उठाउने र समाधानको बाटो देखाउने तथा राज्यको ध्यान सम्पूर्ण रुपमा त्यसैमा केन्द्रितगर्ने, बिकासका बकम्फुसे बकबक होइन ठोस, बस्तुगत र मूलतः आत्मनिर्भर बाटो अबलबन गर्ने र श्रोत साधनको स्वामित्व र परिचालनमा रहेका समस्याहरु हलगर्ने प्राथमिकता र अग्रसरता लिने अनि उत्पादन र बितरण बीच निरन्तर रहँदै आएका अन्तरबिरोधको हलगर्ने नीति र प्रभाबकारी कार्य योजना ल्याउने र कार्यान्वयन गर्ने । यसो नगरीकन लोकतन्त्र भनेको चुनावमा बढी मत ल्याउनेले सत्ता चलाउने र कम ल्याउनेले प्रतिपक्षमा बस्ने मात्र बनाउनु हुँदैन ।
देश र जनताको आवश्यकता, समस्या र भावी सन्ततिको भबिष्य प्रति उदासीन रहने गलत परिपाटीको तत्काल अन्त्यगर्नै पर्दछ । अन्यथा राणा शासन र पञ्चायतभन्दा केही फरक पर्दैन । राणा शासनमा सत्ताका लागि परस्परमा काटमार थियो नै तै पनित्यो निरंकुश शासन १०४ वर्ष चल्यो । स्थिरताले बिकास हुने भए त्यतिबेला ब्यापक विकास हुने थियो ।
जनतालाई दमन गरेर आपसमा ङ्यारङ्यार ङुरङुर गर्दै राजाद्वारा नेतृत्व गरिएको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्थापनि झण्डै तीस वर्ष चल्यो । त्यसपछि आएको बहुदल र गणतन्त्र चलेको पनि २६ बर्ष भइसक्यो । तर प्रबृत्ति, परिपाटी, परम्परा पटक्कै फेरिएन । प्रशासन उस्तै दलहरुको दलदल उस्तै । न भ्रष्टाचार रोकिन्छ न कमिशनखोरी, न तस्करी न कालो बजारी कम भइरहेको छ । चर्को महँगी जस्ताको तस्तै छ । जनतालाई कुनै सुबिधा र राहतको अनुभुति हुन सकिरहेको छैन । अहिलेसम्म त केवल आफूलाई शोषण र शासनगर्ने शासक बर्गको अनुहार फेर्ने काममात्रै भएको छ जनताको लागि । मुकुट लगाएको राजाको ठाउँमा मुकुटविनाका ठूटे राजाहरुको बिगबिगी ! मात्र देखिएको छ । के जनताले यसैका निमित्त संघर्ष, त्याग र बलिदान गरेका हुन् ? के महान शहीदहरुले राष्ट्र र जनताको यस्तै गए गुज्रेको स्थितिका निमित्त सुन्दर जीवन परिवर्तनको बेदीमा उत्सर्ग गरेका हुन् ? यी गम्भीरतम् प्रश्नको सही उत्तर कसले दिने ?
जबसम्म देशका जनता अबाञ्छित भय, भ्रम र भ्रष्टाचारबाट मुक्त हुँदैनन् उनीहरु एकताबद्ध हुुनपनि सक्तैनन् बिकृति र बिसंगतिका बिरुद्धमा सशक्त आवाज पनि उठाउँन सक्तैनन् । यो एकदमै अनुभव सिद्ध र यथार्थ कुरा हो । त्यसैले आजको पहिलो राष्ट्रिय आवश्यकता नै सबै प्रकारका भ्रम, भय र भ्रष्टाचारबाट मुलुकलाई मुक्तगर्ने राष्ट्रिय जनजागरण, जन आन्दोलन र संघर्षको बिकास गर्नु हो । यसबाट बिमुख रहेर परम्पराबादी पारा र नाराले आमजनताका निम्ति प्रगति, बिकास र समृद्धिको कुनै अर्थ हुदैन । जनता सँधै ‘ताबाबाट उम्किने र भुँग्रोमा पर्ने’ मात्र स्थितिले निरन्तरता पाउँदछ । अरु केही हुँदैन ।
वास्तवमा हिजोदेखि आजसम्मको कुरालाई सर्सरी केलाउँने हो भने यो भन्दा अर्को कुनै सकारात्मक निष्कर्श निस्कदैन । अवसरवाद, उपभोक्तावाद, नातावाद, कृपावाद, भ्रष्टाचार सबै कुराले नेतृत्वलाई गाँजेको छ र त्यो रोग माथि सिंहदरबार, पार्टी कार्यालयदेखि तल वडा–वडासम्म फैंलिएको छ । अनि दलहरुको गुटगत वर्चश्वकालागि बजेट हत्याउने, राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुमा आ–आफ्ना मान्छे भर्ने गरेपछि ‘मेरिटोक्रेसी’ पनि भनिने लोकतन्त्रमा गुण, क्षमता, दक्षताको कुरा समाप्त भएर जान्छ । अनि त्यहाँ विचार, नीति, सिद्धान्तको कुरा पनि केही बाँकी रहँदैन ।
जुन कुरा आफुलाई काग्रेस र कम्युनिष्ट भन्नेहरुका लागि बिल्कुलै अमान्य र अस्वीकार्य हुनुपर्ने हो । तर बिरलै एकाधलाई छोडेर ती सबै कुरा आज हराएर गएका छन् र जसले जे नाम राखे पनि जस्तो झण्डा बोके पनि त्यो जनतालाई बेबकुफ बनाउनका लागि गरिएको पाखण्डपूर्ण प्रदर्शन मात्र हुने गरेको छ । त्यसैले मानिसहरुमा राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, आत्मनिर्भरता र समृद्धि जस्ता कुरा पनि निरर्थक लागिरेका छन् । राजनीतिप्रति नै बितृष्णा बढेको छ ।
यो वास्तवमा लोकतन्त्र, समानता, समुन्नतिका निमित्त जन सकृयता र आत्मबिश्वास बढाउने कुरा बिल्कुलै होइन । अनि यो लोकतन्त्रलाई सबल, सक्षम, जन उत्तरदायी तुल्याउने कुरा पनि किमार्थ होइन । यस्तो स्थितिमा त्यहाँ न कग्रेस न कम्युनिष्ट केही पनि रहेको हुँदैन । लोकतन्त्र भ्रष्टतन्त्रमा परिणत हुन्छ । यो एकदमै यथार्थ कुरा हो । रंगरोगन गरिएको नयाँ कलेबरमा यथास्थितिबादी पुरानै राजनीति !
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...