मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
गोरखा- गोरखा नगरपालिका–६ डुम्रीडाँडामा रहेको श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयको भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा पनि पुनःनिर्माण शुरु हुनसकेको छैन ।
भारतीय सरकारले निर्माण गरिदिने भनिएको उक्त विद्यालयको पुनःनिर्माण नभएपछि अहिले भूकम्पले भत्किएको भवनमा नै जोखिम मोलेर पठनपाठन हँुदैआएको छ ।
भवन बन्न नसकेपछि प्राविधिकले रातो स्टिकर टाँसरे बस्न नहुने भनेको भवनमा नै अहिले विद्यार्थी राखेर विद्यालयले पठनपाठन गर्दै आएको प्रधानाध्यापक साधना त्रिपाठीले जानकारी दिनुभयो ।
“चर्केको भवनमा बालकक्षा, नर्सरी, ८, ९ र १० कक्षाका विद्यार्थी राखेर कक्षा सञ्चालन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “कक्षाकोठाको अभाव भएपछि जोखिम मोलेरै भए पनि विद्यालय सञ्चालन गर्नुपरेको छ ।”
भूकम्पपछि भारतीय दूतावासले उपलब्ध गराएको पालमुनि विद्यालयले कक्षा सञ्चालन गर्दै आएको भए पनि अहिले पालसमेत च्यातिएपछि फेरि पुरानै चर्केको भवनमा विद्यार्थी राख्नुपरेको उहाँले बताउनुभयो । “गएको वर्ष कक्षा आठको नतिजा राम्रो आएपछि अन्य विद्यालयबाट समेत विद्यार्थी भर्ना हुन आएका थिए, विद्यालयको भवन ढल्न लागेको देखेपछि भर्ना भएका विद्यार्थी विद्यालय छोडेर अन्य विद्यालयमा पढ्न जान थालेका छन्”, प्रधानध्यापक त्रिपाठीले भन्नुभयो ।
जोखिमयुक्त भवनमा नराख्ने हो भने चौरमा बाहेक अन्त विकल्प नै नभएको उहाँले बताउनुभयो । बाँकी कक्षा कोठा टिनले बारेको टहरामा सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । जस्ताकै बार जस्ताकै छाना भएकाले चिसोमा अति चिसो र गर्मीमा अति गर्मीे हुने हँुदा विद्यार्थीलाई पढ्न सकस भएको उहाँले बताउनुभयो ।
“जाडो शुरु भएदेखि अधिकांश विद्यार्थी खोक्न थालेका छन्, अहिले उनीहरूलाई चिसोबाट जोगाउन पालैपालो घाममा राखेर पढाउन शुरु गरेका छांैँ।” प्रधानध्यापक त्रिपाठीले भन्ुनभयो ।
कक्षा सञ्चालन गर्दासमेत एउटा कक्षामा पढाउँदा अर्को कक्षामा हल्ला जाने भएकाले शिक्षण कार्यमा समस्या हुनेगरेको उहाँले बताउनुभयो । भूकम्पका कारण विस्थापित भएर सौरपानी, रञ्चोक, सिम्जुङलगायतका ठाउँबाट सदरमुकाम आएका अधिकांश विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्दै आइरहेको विद्यालयले जनाएको छ ।
भारत सरकारले विद्यालयको भवन निर्माण गरिदिने भनिए पनि ढिलाइ गरेका कारण अहिलेसम्म पनि भवन निर्माण शुरु हुन नसकेको प्रधानध्यापक त्रिपाठीको भनाइ छ । भवन निर्माण गर्दा ठेकेदार भारतीय नै हुनुपर्ने अडानका कारण ढिलाइ भएको भन्ने जानकारी आएको उहाँले बताउनुभयो ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...