×

NMB BANK
NIC ASIA

खाद्यको चामल, मुसाको आहारा

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जाजरकोट-  नेपाल खाद्य संस्थान घाट डिपोमा चामल राख्ने राम्रो ठाउँ नहुँदा मुसाको आहारा भएको छ । थोत्रो भवनमा चामल राख्दा चामलको बोरा मुसाले काटेपछि समस्या उत्पन्न भएको हो । 

डिपोमा चामल राख्नका लागि संस्थानको आफ्नै भवन नहुँदा दैनिक समस्या हुँदैआएको छ । अहिले मौज्दात रहेको चामल राख्न भण्डारणको अभाव छ । सानो कच्ची, ठाउँठाउँमा भत्किएको एक कोठामा चामल राख्दा दैनिक मुसाले चामलको बोरा काट्दा हैरान भएको डिपो प्रमुख रुद्र देवकोटाले जानकारी दिनुभयो । 

संस्थानको आफ्नै भवन नहुँदा तत्कालीन नायकवाडा गाविसले उपलब्ध गराएको व्यक्तिको जग्गामा निर्माण भएको सानो घरमा अहिले चामल राख्दै आएको जाजरकोट खाद्य संस्थानका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो । 

वर्षायाममा सो भवनमा राखिएको चामल भिजेर समस्या निम्तिएको थियो भने अहिले मुसाले चामल राखेको बोरा काट्दा नोक्सान भएको देवकोटको भनाइ छ । 

अधिकांश चामलका बोरा मुसाले काटेर ठुलो क्षति भएको देवकोटाले बताउनुभयो । संस्थानको आफ्नै भवन नहुँदा कर्मचारीलाई दैनिक चामल बिक्री गर्न तथा बस्न समस्या भएको छ । बारेकोट गाउँपालिकाको २५ हजार जनसङ्ख्यलाई ध्यानमा राखी नायकवाडाको घाटबाट खाद्यान्न वितरण हुँदै आएको छ । 

जिल्लाको नलगाड नगरपालिका कालीमटी, दशेरा, छेडागाउँ नगरपालिका–८ घोगी, बारेकोट गाउँपालिका–५ मा भवन नहुँदा समस्या भएको संस्थानका प्रमुख बस्नेतले जानकारी दिनुभयो । भवनको अभावमा डिपोमा राखिएको चामल मुसाले काट्ने, ढुसी लाग्ने समस्याले गर्दा हैरान भएको उहाँको भनाइ छ । 

चामल बिक्री वितरण गर्न ठाउँको अभाव हुने गरेको उहाँले जानकारी दिनुभयो । चामल लिनका लागि स्थानीयवासीको भीड लागेको समयमा ठाउँको अभावले बिक्री वितरण गर्न हैरानी पर्ने गरेको छ । भवन निर्माणका लागि पटकपटक केन्द्रीय कार्यालय तथा क्षेत्रीय कार्यालयमा जानकारी गराउँदा कसैले ध्यान नदिएको संस्थानको जाजरकोट कार्यालयले बताएको छ । 

सडक सञ्जालसँग नजोडिएका बारेकोट, पजारु लगायतका ठाउँमा खच्चडद्वारा खाद्यान्न ढुवानी गरिन्छ भने अन्य ठाउँमा हिउँदको समयमा कालीमटी, चौखा, घरङ्गामा यातायातका साधनमार्फत ढुवानी गरिँदै आएको छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x