×

NMB BANK
NIC ASIA

फ्रान्समा राष्ट्रपति म्याक्रोंले विरोधकर्तालाई दिएको छुट विपक्षीद्वारा अस्वीकार

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले पहेंलो ज्याकेट आन्दोलनकारीहरूलाई दिएको छुटले विरोधकर्ता र विपक्षी दलका राजनीतिकर्मीहरूलाई सन्तुष्ट बनाउन सकेको छैन । 

विपक्षी नेता जाँ–लुक मेलेनचोनले सम्पत्तिको समान वितरणको लक्ष्य हासिल नहुन्जेल नागरिकको क्रान्ति गर्नुपर्ने बताएका छन् । 

म्याक्रोंले आन्दोलन मत्थर पार्नका लागि सामाजिक तथा आर्थिक संकटकाल घोषणा गर्दै आन्दोलनकारीको पीरमर्का सम्बोधन गर्नका लागि थुप्रै छुटको घोषणा गरेका थिए । तर वामपन्थी नेता मेलेनचोनले आन्दोलनकारीहरूलाई अर्को
शनिवार पनि आन्दोलन जारी राख्न आह्वान गरे । 

म्याक्रोंले कम्तीमा १०० युरो तलब वृद्धि, कररहित ओभरटाइम पे र वर्षको अन्त्यमा बोनसको व्यवस्थाको प्रतिज्ञा गरे । तर यसले फ्रान्सेली जनसंख्याको ठूलो भागलाई कुनै असर नपर्ने मेलेनचोनको भनाइ छ । 

‘हामीहरू सम्पत्तिको वास्तविक पुनर्वितरणको अपेक्षा गर्छौं,’ राष्ट्रपति पदका पूर्व उम्मेदवार बेनोइत हामोनले बताए । उनले म्याक्रोंको प्याकेजबाट धनीलाई फाइदा हुने बताए । 

सोसियलिस्ट पार्टीका प्रथम सचिव ओलिभियर फाउरेले पनि संघर्षरत कामदारका लागि म्याक्रोंको आर्थिक छुटको आलोचना गर्दै उनको नीतिमा परिवर्तन नआएको बताए । 

करका केही प्रावधानको स्वागत गरेपनि विपक्षी नेत्री मरिन ले पेंले राष्ट्रपतिको शासन मोडल अनियन्त्रित विश्वव्यापीकरण, अर्थतन्त्रको वित्तीकरण र अस्वच्छ प्रतिस्पर्धामा आधारित रहेको अनि यसले पहेंलो ज्याकेट आन्दोलनको
सामाजिक तथा सांस्कृतिक परिणामलाई सम्बोधन गर्न नसकेको बताइन् । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x