×

NMB BANK
NIC ASIA

काठमाडौं– २०६४ सालको संविधानसभा चुनावमा प्रत्यक्ष चुनाव लड्ने भन्दै गगन थापा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला कहाँ गए टिकट माग्न । तर गिरिजाप्रसादले गगनलाई प्रत्यक्षको टिकट दिन नसकिने बताए । कारण अचम्मको थियो । 

Sagarmatha Cement
Muktinath Bank

‘गगन एउटै चुनावी क्षेत्रमा खट्दा देशभर कांग्रेसको प्रचार कसले गर्छ ?’ सभापति कोइरालाले भनेका थिए । उनी पहिलो संविधान सभामा समानुपातिक तर्फबाट सभासद् बने । दोस्रो संविधानसभा चुनावमा गगनले काठमाडौं ४ बाट टिकट पाए । तत्कालीन माओवादीका ‘हेवी वेट’ नेता नन्दबहादुर पुनलाई पराजित गरे । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको सरकारमा उनी स्वास्थ्य मन्त्री बने । तर २०७४ सालमा टिकट पाउन गगनको लागि चुनौती बन्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीमा र पार्टी बाहिर गगनले राजनीतिक ‘हाइट’ बनाएपनि २०७४ सालको चुनावमा टिकट पाउन ठूलै संघर्ष गर्र्नुपरेको थियो । परम्परागत सोचको बाहुल्यता रहेको नेपाली कांग्रेसमा नयाँ पुस्ताको नेताको रुपमा स्थापित हुन गगनलाई ठूलै चुनौती खेप्नुपरेको छ । 


Advertisment
SBL

७० वर्ष पुगेका नेताले अवकाश लिनुपर्छ भन्ने प्रस्तावले कांग्रेसमा यसपटक ठूलै तरंग ल्याएको छ । साथसाथै यो प्रस्तावले गगनलाई ‘ब्याकफायर’ गर्ने खतरा पनि उत्तिकै छ । अहिले उनी सबैको लागि चुनौती बनेका छन् । 

Vianet communication
Laxmi Bank

सत्तापक्षको लागि चुनौतीको हाँक

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको विषयलाई लिएर गगनले संसदमा पटक–पटक आलोचना गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकार झुकेको भन्दै गगनले सदनमा प्रधामनन्त्रीलाई प्रश्न गरे, ‘मोदीका अगाडि लम्पसार पर्दा घुँडामा भ्वाङ पर्यो कि परेन ?’

प्रधानमन्त्री ओलीले तत्कालै जवाफ फर्काए । प्रधानमन्त्री ओली र गगन थापाबीच संसदमा पटक–पटक जुहारी चल्ने गरेको छ । गत वर्ष फागुन २७ गते ओलीले संसदमा विश्वासको मत दिने क्रममा पनि थापाले ओलीप्रति कटाक्ष गरे ।

वाचा पूरा गर्न ओलीलाई चुनौती दिँदै गगनले त्यतिबेला भनेका थिए, ‘उधारो वाचा धेरै भयो, अब नगदमा चाहिन्छ, खनखन गनेर । यस्ता सवाल–जवाफको शृङ्खला रोकिएका छैनन् । केही दिन पहिले सामाजिक सुरक्षा कोषको कार्यक्रम घोषणा गर्दा पनि ओलीले गगनप्रति व्यंग्य गरे, ‘कसैकसैले आफू स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको भनेर भन्न भ्याए !’ सरकारको आलोचना गरेकोमा गगनविरुद्ध नेकपाका कार्यकर्ता खनिने गरेका छन् ।

सरकारको आलोचना गरेपनि उनले तर्कपूर्ण र तथ्यसहित विरोध गर्ने गरेका छन् । जस्तो कि – गएको १२ भदौमा प्रधानमन्त्री ओली र गगनबीच सदनमा सवालजवाफ चल्यो । त्यसैक्रममा ओलीले प्रश्न गरे ‘क्याल्कुलेटर नै बोक्नुभा’छ कि के हो ?’

२०६२/०६३ सालको जनआन्दोलनको पृष्ठभूमिमा भएको विद्यार्थी आन्दोलनमा गणतन्त्रको नारा लगाएर गगनले राजनीतिक पहिचान बनाएका थिए । व्यक्तित्व क्षमता तथा कुनै पनि विषयमा बोल्नु पूर्व पर्याप्त अध्ययन गर्ने गरेका कारण गगनका प्रस्तुती तर्कपूर्ण र चोटिला हुन्छन् ।

देउवा पौडेलको तारो

पार्टीभित्र ७० वर्ष पुगेका नेताले अवकाश लिनुपर्ने प्रस्तावले अहिले कांग्रेसमा तरंग ल्याएको छ । कांग्रेसमा आफ्नो भविष्य देख्ने युवा पुस्ताका नेताले गगनको प्रस्तावलाई समर्थन गरेका छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ता पनि गगनको प्रस्तावसँग सहमत छन् । तर खुलेर समर्थन गर्न सकेका छैनन् । तर उनीहरूले गगनलाई अगाडि बढ्न सुझाव दिइरहेका छन् ।

देउवाले शुरूदेखि नै विरोध गरिरहेका छन् । ७० वर्षे उमेर हदको कुरो ल्याएपछि पौडेल पनि गगनसँग फायर छन् । केही दिनअघि पौडेलले गगनको प्रस्तावलाई अराजकवादी भएको टिप्पणी गरे । ‘देउवा र पौडेल मात्र होइन, गगनबाट कांग्रेसका अरु नेताहरूले समेत चुनौती महसुस गरेका छन्,’ गगन निकट एक युवा नेता भन्छन् । कांग्रेसमा युवाको नेतृत्वको लागि भन्दै गत महाधिवेशनमा गगनले आफ्नै ससुराबुवा अर्जुननरसिंह केसीविरुद्ध महामन्त्री लडे ।

नेपाल विद्यार्थी संघमा लागू भएको उमेर हदका कारण नेविसंघको राजनीतिबाट अवकाश लिन लागेको धेरै युवा समेत गगनको पक्षमा लाग्ने देखिन्छ । तत्कालै कार्यान्वयनमा जान नसकेपनि ७० वर्षपछि अवकाश लिनुपर्ने गगनको प्रस्तावले कांग्रेसमा लामो समय तरंग सिर्जना गर्नेमा सन्देश छैन । 

गगनको विरोधमा प्रहरी पनि !

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा ढिलाइ गरेकाले प्रहरीलाई पनि दबाब दिनुपर्छ भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रहरी प्रशानन पनि आफूविरुद्ध लागेको गगन पक्षको विश्लेषण छ । 

केही वर्ष पहिले इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैटेको विषयलाई लिएर पछिल्लो दिनमा आफ्नो बदनाम गर्न खोजिएको गगनको बुझाइ छ । घैंटेको इन्काउन्टरको विषयलाई लिएर गगनले मानवअधिकार आयोगमा उजुरी दिएका थिए भने इन्काउन्टरको विरोधमा बोलेका थिए ।

अनुसन्धानमा प्रहरीलाई दबाब दिनुपर्ने प्रस्ताव गरेपछि प्रहरी महानिरीक्षक सर्वोन्द्र खनाल स्वयम्ले अनुसन्धानमा अग्रसरता लिएका छन् ।

विवेकशील साझाको प्रतिस्पर्धी व्यवहार !

गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा गगनलाई जिताउन साझा विवेकशीलले काठमाडौं ४ मा अघोषित तालमेल गरेको बाहिर चर्चा चल्यो । डा. गोविन्द केसीको अनसन लगायत कतिपय एजेण्डामा साझा विवेकशील र गगन थापा एकै ठाउँमा देखिन्छन् । 

छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै अनशनमा बसेका निर्मला पन्तका आमाबुवालाई भेट्न केही दिन पहिले गगन थापा कञ्चनपुर पुगे । पार्टीको प्रशिक्षण भेलामा पुगेको समयमा निर्मला पन्तका आमाबुवालाई भेट्न गएको विषयलाई विवकेशील साझाका नेताले राजनीतिकरण गर्न खोजियो भनेर टिप्पणी गरे । ‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिर पनि गगनले अनेकौं चुनौतीको सामना गर्नुपरेको छ,’ उनका एक सहयोगी भन्छन्, ‘कांग्रेसको पुनर्संरचना एजेन्डामा हामी थाक्दैनौं ।’

समकालीन युवा नेतामा गगन राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि निर्भिक नेताको रुपमा छवि बनाएका छन् । कार्यकर्तासँगको भेटघाटदेखि सामाजिक सञ्जालको प्रयोगमार्फत् अवधारणा बनाउन पनि उनी एक कदम अगाडि छन् । भर्खरै काठमाडौंमा सम्पन्न एसिया प्यासेफिक समिटका नाममा जोरबिजोर प्रणालीको अवज्ञा गर्न आग्रह गरे । केही समयपछि सरकारले जोरबिजोर प्रणाली हटायो । सामाजिक अभियानमा पनि उनी अगाडि देखिएका छन् । यदाकदा गैरसरकारी संस्थाका एजेण्डा बोक्ने गरेको आरोप पनि लाग्ने गरेको छ । 

चौतर्फी चुनौतीबाट गुज्रिरहेका गगनले शुक्रबारदेखि कांग्रेस महासमिति बैठकमा आफ्नो एजेन्डालाई कसरी उठाउन सक्छन्, त्यसले उनको राजनीतिक भविष्य निर्धारण गर्नेछ । 

पढ्नुस् यो पनि,

ओली-गगन जुहारी : ओलीको जोक, गगनलाई चर्चाको भोक !

गगन थापाको चार थोपा आँसु

 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x