×

NMB BANK
NIC ASIA

सरकारलाई नै थाहा छैन एम्बुलेन्सको 'खबर', अस्पताल पुग्न बिरामीलाई मोटरसाइकलको भर !

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –मोरङका गोपीनाथ ढकाल राष्ट्रिय ट्रमा सेन्टरको ५११ नम्बर  शय्यामा उपचारत छन् । गत कात्तिक २८ गतेदेखि अत्याधिक ढाड दुख्न थालेपछि उनी दुई साताअघि ट्रमा सेन्टरमा भर्ना भएका हुन् ।

Muktinath Bank

ढाडको दुखाइका कारण हिँड्न समेत नसक्ने अवस्थामा पुगेका ढकालले एम्बुलेन्स महंगो भएपछि मोरङदेखि काठमाडौंको ट्रमा सेन्टरसम्म टाटा सुमो रिर्जभ लिएर आएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एम्बुलेन्स त पाइन्थ्यो, तर महंगो भाडा पर्ने भएकाले टाटासुमोमै हस्पिटलसम्म आइपुगेँ,’ ढकालले लोकान्तरसँग भने, ‘एम्बुलेन्सले १८ हजार भाडा भनेको थियो, सुमोले १६ हजारमै ल्याइदियो । दुई हजारले त यहाँ औषधि खर्चमा सहज हुन्छ ।’


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

ढकालको मेरुदण्डमा समस्या देखिएको छ । उनको उपचारका लागि अस्पताले अप्रेसनको तयारी गरेको छ । एम्बुलेन्स सेवा सहज रूपमा नपाइने र पाइहाले पनि महंगो पर्ने भन्दै उनी एम्बुलेन्स नै चढ्न नपरोस् भन्ने कामना गर्छन् ।

‘मेरुदण्डमा समस्या छ, डाक्टरले अप्रेसन गर्नुपर्छ भन्नुभएको छ, राम्रोसँग अप्रेसन भइदिए त एम्बुलेन्स चढ्न पर्दैन थियो,’ ढकालले भने, ‘एम्बुलेन्स महंगो छ । म त चढ्न नपरोस् भनेर कामना गर्छु ।’

ढकालकै शय्या नजिकै ५ सय १२ नम्बरको शय्यामा छन्, नुवाकोटका रमेश चित्रकार । घाँस काट्न खोज्दा रुखबाट लडेर घाइते भएका चित्रकारलाई दुई घण्टा स्टेचरमा बोकेर सडक सञ्जालसम्म पुर्‍याइएपछि ट्याक्सीमा काठमाडौं ल्याइएको थियो । ट्रमाका चिकित्सकले चित्रकारको मेरुदण्डको हड्डी भाँचिएको बताएका छन् । 

‘बुबाको होस् पनि थिएन, बोल्न नसक्ने अवस्थामा हुनुहन्थ्यो, दुई घण्टा स्टेचरमा बोकियो अनि ट्याक्सी मै यहाँसम्म ल्याइयो,’ चित्रकारका छोराले लोकान्तरसँग भने, ‘हाम्रो गाउँमा बाटो नै छैन, एम्बुलेन्स सेवा त परको कुरा हो, गाउँमा कोही बिरामी हुँदा आपत नै पर्छ ।’

ढकाल र चित्रकार त प्रतिनिध पात्र मात्रै हुन् । एम्बुलेन्स सेवाको पहुँचमा नभएका र भएको ठाउँमा पनि महंगो भाडा तिर्नुपर्दा बिरामीहरू सार्वजनिक सवारीदेखि ट्याक्सी, मोटरसाइकल, स्कूटर र अन्य सवारी साधनमा हस्पिटलसम्म पुग्ने गरेका छन्  । 

ट्रमा सेन्टरमा २० प्रतिशत बिरामी मात्रै एम्बुलेन्समा 

राष्ट्रिय ट्रमा सेन्टरमा विशेषगरी दुर्घटनामा परेका केसहरू आकस्मिक उपचारका लागि आउने गर्छन् । ट्रमा सेन्टरको आकस्मिक सेवा विभागमा उपचारमा आउने बिरामी तथा घाइते मध्ये २० प्रतिशत मात्रै एम्बुलेन्स सेवाको प्रयोग गरी आउने गरेको अस्पतालका निमित्त निर्देशक डा. विनोद शेरचनले बताए ।

एम्बुलेन्समा आउने २० प्रतिशत बिरामी समेत एम्बुलेन्स चालककै भरमा आउने गरेको निमित्त निर्देशक डा. शेरचन बताउँछन् ।

‘हाम्रो अस्पतालको आकस्मिक सेवा विभागमा आउने २० प्रतिशत बिरामी मात्रै एम्बुलेन्समा आएको रेकर्ड छ,’ डा. शेरचनले भने, ‘प्रायः निजी सवारीदेखि ट्याक्सी, बाइक, स्कूटरमा बिरामी ल्याएको हुन्छ, एम्बुलेन्समा ल्याउनेहरूमा पनि ड्राइभरकै भरमा मात्रै बिरामी अस्पतालसम्म आइपुगेका छन् ।’ 

कात्तिक महिनाको तथ्यांकअनुसार ट्रमा सेन्टरको आकस्मिक कक्षमा आएका १२ सय १२ बिरामीमध्ये २ सय ५४ जना मात्रै एम्बुलेन्समा आएको डा. शेरचनले बताए । 

ट्रमा सेन्टरमा मात्रै होइन राजधानीका सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामी अन्य सवारी साधन प्रयोग बाध्य छन् । दुर्घटना तथा आकस्मिक बिरामी परेकाहरूको मृत्युदर कम गर्नमा एम्बुलेन्सको महत्त्वपूर्ण भूमिका रहन्छ ।

विकसित मुलुकमा बिरामी परेका वा सवारी दुर्घटनाका घाइतेलाई अस्पतालसम्म पुर्‍याउन आकस्मिक एम्बुलेन्स सेवा सहज रूपमा उपलब्ध गराइएको हुन्छ ।  आकस्मिक उपचारको जरुरत भएकालाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सको कल सेन्टर बनाइएको हुन्छ । उक्त कल सेन्टरमा सम्पर्क गरेपछि नजिकै रहेको एम्बुलेन्स बिरामीसम्म १५ मिनेटमै पुगिसकेको हुन्छ ।

देशभरका एम्बुलेन्सको अवस्थाबारे स्वास्थ्यमन्त्रालय अनविज्ञ

नेपालमा सरकारी तथा निजी अस्पताल, नगरपालिका, रेडक्रस, विभिन्न सामाजिक संस्थाका एम्बुलेन्स सञ्चालित छन् । देशरभर सञ्चालित एम्बुलेन्स को नियमन गर्ने महत्त्वपूर्ण निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हो । सरकारले एम्बुलेन्स खरिदमा भन्सार छुटको समेत व्यवस्था गरेको छ ।

एम्बुलेन्स खरिदमा भन्सार छुट पाउन स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य हुन्छ । स्वास्थ्य मन्त्रालयले भन्सार छुटका लागि सिफारिस गरेको एम्बुलेन्सको मात्रै भएपनि एकीकृत तथ्यांक राख्नुपर्ने हो । तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ देशभर कुन वर्गका एम्बुलेन्स कति र कस्तो अवस्थामा सञ्चालित छन् भन्ने जानकारी नै नभएको भन्दै गैरजिम्मेवार जवाफ दिए । 

‘देशभर कति एम्बुलेन्स छन् भन्ने डाटा हामीसँग छैन, त्यसको डाटा स्वास्थ्य मन्त्रालयसँग हुनुपर्ने हो, तर छैन ।’

एम्बुलेन्स सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने र नियमन गर्नुपर्ने निकायकै गैरजिम्मेवार जवाफले नै नेपालमा एम्बुलेन्स सेवाको अवस्था नाजुक रहेको बुझ्न सकिन्छ ।

सरकारले बनाएको निर्देशिका कागजमै सीमित

नेपालमा पनि एम्बुलेन्स सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सरकारले २०७३ सालमा एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका बनाएको थियो ।

उक्त निर्देशिकामा एम्बुलेन्सको वर्ग छुट्याइने, एम्बुलेन्स सेवा छिटो र सहज रूपमा उपलब्ध गराउन राष्ट्रिय नेटर्वक बनाइने, एम्बुलेन्स सञ्चालनको योग्यता निर्धारण गरिने तथा तालिमको व्यवस्था हुने, एम्बुलेन्स सेवाका लागि टोल फ्री नम्बर बनाइने लगायतका व्यवस्था गरिएको थियो ।

उक्त ऐन कार्यन्वयनका लागि सरकारले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा राष्ट्रिय एम्बुलेन्स सञ्चालन समन्वय समिति गठन गरिने ऐनमा उल्लेख छ ।

एम्बुलेन्स सेवासम्बन्धी नीतिगत सुधार, स्वास्थ्य मन्त्रालयको मातहतमा एम्बुलेन्स सेवा सञ्चालन कार्य, एम्बुलेन्स सञ्चालनको योग्यता तथा मापदण्ड निर्धारण, एम्बुलेन्सको वर्गीकरण तथा एम्बुलेन्सहरूको अनुगनम गर्ने जिम्मेवारी सो समितिलाई तोकिएको छ । तर उक्त निर्देशिका अहिले कागजमा मात्रै सीमित बनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x