×

NMB BANK
NIC ASIA

सुनसरीको तुताहामा उद्योगको दादागिरीले २ सय ५० परिवार हैरान

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – सुनसरीको दुहवी नगरपालिका–२ का अजिव हुसेन आफ्नो घर नजिकै काम गर्दै थिए ।

Sagarmatha Cement
Muktinath Bank

नजिकै रहेको उद्योगका कारण घरमा काम गर्न असहज भएको महसुस गरेका उनले हरेक दिन उद्योगबाट आउने आवाजका कारण समस्या भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकबाट करीब २ सय मिटरको दूरीमा स्थापना भएको उद्योगका कारण अहिले बस्तीका स्थानीयलाई समस्या परेको छ । दुहवी नगरपालिकाको तुताहामा बस्तीबीच निजी स्टिल कम्पनी उद्योग खोलिएपछि समस्या भएको हो । 


Advertisment
Nabil box
Kumari

यसरी सञ्चालनमा आएको स्टिल्स कम्पनी न नगरपालिकामा दर्ता छ, न नक्सा पास नै । उद्योगबाट निस्कने चर्को आवाजले स्थानीय २ सय ५० परिवारले न निदाउन पाउँछन्, न आनन्दले काम गर्न नै । हरेक दिन हुने हल्लाले समस्या सिर्जना गरेको स्थानीय जुमन हुसेन बताउँछन् ।

Vianet communication
Laxmi Bank

स्थानीयलाई प्लटिङ गर्ने भन्दै सही छाप गर्न लगाएर झुक्याएर प्रिमियर स्टिल उद्योग खोलिएको स्थानीयको आरोप छ । ‘पहिला नै हामीले उद्योग खोल्ने भए सही गर्दैनौं भनेका थियौं,’ हुसेनले भने, ‘अहिले आएर निस्कने आवाजले हामीलाई निकै समस्या पारेको छ ।’

ध्वनी प्रदूषण त छँदैछ, उद्योगले गाडेको बोरिङले बढी पानी तान्दा भूमिगत पानीको स्रोत सुकेर बस्तीका ट्यूवबेलमा पानी आउन छाडेको स्थानीय मोहम्मद दाउदले बताए ।

२ महिनाअघि सञ्चालनमा आएको उद्योगको चर्काे आवाजले बालबालिका अत्तालिन्छन् भने विद्यालयसम्मै पुग्ने चर्को ध्वनीले पढाइ प्रभावित भएको छ । करीब सय मिटरको दूरीमा रहेको नविन शिक्षा निकेतनका बालबालिका उद्योगबाट आउने आवाजका कारण समस्यामा छन् । बस्तीबीच राखिएको उद्योगका कारण आमनागरिक कता जाउँ भन्दै छटपटिन्छन् ।

वातावरणीय प्रभाव मूल्यांकनपछि स्थानीयलाई असर नपर्ने गरी सञ्चालन गरिनुपर्ने उद्योग बस्तीबीच छ । स्थानीयको विरोध हुँदाहुँदै खुलेको निजी स्टिल कम्पनीले नगरपालिकाबाट अनुमति पनि लिएको छैन ।

जनजीवन नै प्रभावित गर्ने गरी उद्योग सञ्चालन हुँदा नगरपालिका भने चुपचाप छ । आफू निर्वाचित भएर आउनु अगावै वातावरणीय प्रभाव अध्ययन गरी ‘सर्जमिन मुचुल्का’ भएको भन्दै जनप्रतिनिधि पन्छिने गरेका छन् । २ सय ५० परिवारलाई उद्योगले प्रत्यक्ष असर पारेको भएपनि सञ्चालक भने मापदण्ड पूरा गरेको दाबी गर्छन् । 

प्रिमियर स्टिल प्रालिका सञ्चालक पवनकुमार सारडा आफूहरूले मापदण्डभित्र रहेर काम गरेको दाबी गर्छन् । तर बस्तीको बिचमा लगेर राखिएको उद्योग मापदण्डभित्र छ भनेर भन्ने स्पष्ट आधार देखिँदैन ।

नियम विपरीत स्कूलको जग्गा बाटोमा

उद्योग सञ्चालनमा आउनुभन्दा पहिला नै नविन शिक्षा निकेतनको जग्गालाई बाटोको रुपमा प्रयोग गरेको पाइएको छ । विद्यालयको पछाडिपट्टि रहेको रहेको जग्गा केही व्यक्तिलाई प्रभावमा पारेर उद्योगसँग सहमति गरेर बाटोमा दिइएको हो ।

बाटोलाई उद्योगले प्रयोग गर्ने गरी दिइएको पाइएको छ । कित्ता १२० र १२१ नम्बरका जग्गा बाटोको रुपमा प्रयोग गर्न दिने सहमति भएको पाइएको छ । ८ लाख उद्योगले विद्यालयलाई दिएपछि मिलेमतो भएको आशंका गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x