×

NMB BANK
NIC ASIA

नवजीवन सहकारीले ४ महिनामै आर्जन गर्‍याे डेढ करोड मुनाफा, शेयरधनीलार्इ १८ प्रतिशत लाभांश

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी– कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडले चालु अर्थिक वर्ष २०७५/२०७६ को र्कािर्तक मसान्तसम्ममा मात्रै १ करोड ४३ लाख २ हजार कुल मुनाफा आर्जन गर्न सफल भएको छ ।
नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न अनुमति पाएको सहकारीले आर्थिक वर्ष २०७४/२०७५ मा १२ करोड ४ लाख ७५ हजार मुनाफा आर्जन गरेको थियो ।

Sagarmatha Cement
Muktinath Bank

मुलुकमै उच्च दरमा आर्थिक फड्को मारेको सहकारीले १६ महिनाको अवधीमा करिब साढे १३ करोड मुनाफा आर्जन गरेको सहकारीका उपाध्यक्ष डा. गोविन्दराज जोशीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अत्याधुनिक बैंकिङ प्रणाली अपनाएको नवजीवन प्रदेशमै उच्च दरको मुनाफा आर्जन गर्ने, निक्षेप संकलन गर्ने पहिलो सहकारी हो भने मुलुककै अग्रणी सहकारीको रुपमा गनिने उपाध्यक्ष जोशीको दावी छ ।


Advertisment
Nabil box
Kumari

सहकारीले मंसिर २८ गते आफ्नो २५ औं रजत जयन्ती मनाउन गइरहेको छ । यसैबीच सहकारीले आफ्ना शेयरधनीहरुलाई १८ प्रतिशतको दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । २०७४ असारमसान्तसम्ममा शेयर सदस्यता लिएका शेयर धनीहरुलाई १८ प्रतिशतका दरले लाभांश वितरण गर्ने सहकारीका अध्यक्ष चक्रबहादुर सिंहले बताए । सहकारीले केहि समयमै आफ्नै एटिएम सेवा पनि शुरु गर्ने तयारी गरेकाे छ ।

Vianet communication
Laxmi Bank

 अध्यक्ष सिंहका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा आर्जन गरेको मुनाफाबाट २ करोड ६७ लाख २९ हजार रुपैयाँ लाभांशको रुपमा भुक्तानी गरिरहेको छ । सहकारीका १७ हजार ९९५ जना शेयर सदस्य  रहेका छन् ।

सहकारीको अधिकृत शेयर पूँजी ५० करोड रहेको छ । २०७४ असारमसान्तको १३ करोड ९४ लाख ५६ हजार ५ सय चुक्ता पूँजीमा १४.९२ प्रतिशतले बृद्धि भई २०७५ मसान्तसम्म १६ करोड २ लाख ५७ हजार ५ सय पुगेको छ ।  चालु अार्थिक वर्षको ४ महिनासम्म १६ करोड ४१ लाख ६० हजार पुगेको जनाइएको छ ।

त्यस्तै, सहकारीले निक्षेप संकलनमा पनि उल्लेख प्रगति हासिल गरेको छ । २०७४ मा २ अर्ब ४२ करोड ३६ लाख ५२ हजार निंक्षेप रहेको सहकारीको १०.२६ प्रतिशतले बृद्धि भई २०७५ असारसम्ममा २ अर्ब ६७ करोड २२ लाख ८४ हजार निक्षेप संकलन गरेको छ ।

कार्तिक मसान्तसम्ममा २ अर्ब ६८ करोड ७९ लाख २९ हजार निक्षेप संलकन भइसकेकाे सहकारीका निमिक्त प्रबन्धक महेशदत्त पन्तले बताए । २०५० साल मंसिर ३० गते स्थापना भएको सहकारीले ५ स्थानमा शाखा कार्यालय स्थापना गरेकेा छ  भने ८२ जनालाई रोजगारी दिन सफल भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x