×

NMB BANK
NIC ASIA

सर्वोच्च अदालतको 'प्रगती' : १० वर्षमा तीन गुणा बढी मुद्दा फर्छ्याैट

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– सर्वोच्च अदालतमा १० वर्षको अन्तरालमा तीन गुणा बढी मुद्दा फछ्र्यौट हुने गरेको पाइएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतले पेश गरेको वार्षिक प्रतिवेदनमा २०६५ सालमा ५५ हजार ५५६ मुद्दा फछ्र्यौट गर्नेमा अहिले आएर त्यो सङ्ख्या एक लाख ८१ हजार ६११ पुगेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी गराए । 

उनका अनुसार १० वर्षको बीचमा मुद्दाको सङ्ख्या पनि दोब्बर वृद्धि भएको छ । विसं २०६५ मा सर्वोच्चलगायत देशभरिका अदालतमा एक लाख १४ हजार ५१८ मुद्दा दर्ता हुने गरेकामा अहिले आएर त्यो सङ्ख्या दुई लाख ७६ हजार १४७ पुगेको छ । 

यसरी हेर्दा विगत १० वर्षमा अदालतमा एक लाख ६१ हजार ६२९ थान मुद्दाको लगत बढी रहेको छ । वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७४/०७५ मा सर्वोेच्च अदालत मातहत अदालत तथा न्यायाधीकरणसमेतमा ६५.७७ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको छ । यस आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा ३.८९ प्रतिशत बढी मुद्दा फछ्र्यौट भएको छ । अघिल्लो आर्थिक वर्षमा ६१.८८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको सर्वोच्चको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

अघिल्लो आर्थिक वर्षमा दुई लाख ५४ हजार ५२९ मुद्दामध्ये एक लाख ५७ हजार ४९५ मुद्दा फछ्र्यौट गरिएको थियो । प्रवक्ता पोखरेलका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा सर्वोच्च अदातलते मात्र ३७.९६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । 

सर्वोच्चले कूल ३२ हजार ७१७ मुद्दामा १२ हजार ४१९ मुद्दामात्र फछ्र्यौट गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सर्वोच्चमा गत आर्थिक वर्षका २१ हजार ८२९ मुद्दा सरेको र यस वर्षको १० हजार ८८८ मुद्दा रहेका थिए । 

सर्वोच्चमा आर्थिक वर्ष २०७४/०७५ मा गत आर्थिक वर्षभन्दा ५.०१ प्रतिशत बढी मुद्दा फछ्र्यौट गरेको हो । गत आर्थिक वर्षमा सर्वोच्चमा ३४ हजार ३५३ मुद्दामध्ये ११ हजार ३२१ मुद्दा फछ्र्यौट गरेको थियो । 

यस्तै सातवटै उच्च अदालतमा यस आर्थिक वर्षमा ७१.१० प्रतिशत मुद्दा फछ्र्यौट गरिएको छ । सातवटै उच्च अदालतमा कूल ५३ हजार २३६ मुद्दामा ३७ हजार ८४९ मुद्दा फछ्र्यौट गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 
उच्च अदालतमा यो गत आर्थिक वर्षभन्दा ८.२७ प्रतिशतले बढी मुद्दा फछ्र्यौट हो । गत आर्थिक वर्षमा ५४ हजार ३४ मुद्दामा ३३ हजार ९४७ मुद्दा फछ्र्यौट गर्दै ६२.८३ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको थियो । 

यस्तै ७७ वटै जिल्ला अदालतमा ६९.२८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रवक्ता पोखरेलका अनुसार जिल्ला अदालतमा कूल एक लाख ८८ हजार ७७ मुद्दामध्ये एक लाख ३० हजार २९२ मुद्दा फछ्र्यौट गरिएको छ । 

गत आर्थिक वर्षको ५२ हजार ६२७ र यस आर्थिक वर्ष नयाँ दर्ता गरिएका एक लाख ३५ हजार ४५० मुद्दा रहेका थिए । यस आर्थिक वर्षको मुद्दाको फछ्र्यौट गत वर्षभन्दा १.५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा एक लाख ६३ हजार ३४३ मुद्दामध्ये एक लाख १० हजार ७१६ मुद्दा फछ्र्यौट गर्दै ६७.७८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको थियो । 

यस्तै वार्षिक प्रतिवेदनमा अन्य अदालत तथा न्यायाधीकरणमा ४९.६५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको उल्लेख गरिएको छ । कूल दुई हजार ११७ मुद्दामध्ये एक हजार ५१ मुद्दा फछ्र्यौट गरिएको छ । यो गत वर्षभन्दा ४.२६ प्रतिशतले कम हो । गत आर्थिक वर्षमा अन्य अदालत तथा न्यायाधीकरणका दुई हजार ८०३ मुद्दामध्ये एक हजार ५११ मुद्दा फछ्र्यौट गर्दै ५३.९१ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x