×

NMB BANK
NIC ASIA

‘ट्राभल एजेन्सी नै मानव तस्करीमा’ : ५ सय ३० कर्मचारीलाई कारवाहीकाे सिफारिस

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति डिपार्चर दिन इन्कार गरेको छ । दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को जान लागेका ४४ यात्रुको यात्रा र कागजपत्रसमेत शंकास्पद देखिएपछि त्रिवि अध्यागमनले उनीहरूलाई फिर्ता अफ लोड गरेको हो । उनीहरूले नेपालस्थित रुसी दूतावासबाट पर्यटक भिसा लिएका थिए ।

Muktinath Bank

भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्सका नवराज धितालको नेतृत्वमा एस ट्राभल्स एक्सप्रेस सर्भिसका तर्फबाट ६३ जना यात्रु मस्को जान लागेका थिए । त्यसमध्ये ४४ जना रोकिए भने धितालसहित बाँकी १९ जना रुस पुगिसकेका छन् । एस ट्राभल्स एक्सप्रेस सर्भिस प्रालिको ब्रान्डिङ नाम ‘एस ट्राभल्स डटकम’ हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नक्कली कागजपत्र बनाएर अवैध ढंगले सर्वसाधारणलाई रुस लैजान खोज्नुले ट्राभल एजेन्सी नै मानव तस्करीमा संलग्न भएका त छैनन् भन्ने प्रश्न उठेको छ । रुस घुमाउन लैजाने भिजिट अब्रोड ट्राभल्सले प्रत्येकलाई नक्कली परिचयपत्र बनाइदिएको छ । अध्यागमनबाट फर्किएकाहरूले भिजिट अब्रोड ट्राभल्सले आफूहरूलाई नक्कली परिचयपत्र बनाइदिएको बताएका छन् । रुस घुम्न मात्र जानेहरूलाई नक्कली परिचयपत्र बनाइदिएको विषयले समेत ट्राभल एजेन्सीको भूमिकामाथि शंका उब्जिएको छ ।, अन्नपूर्ण पोस्टमा  खबर छ । 


Advertisment
Nabil box
Kumari

सञ्चार मन्त्रालयः कार्ययोजना बुझाउन ७ दिनको समयसीमा
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको विकास योजनानुरुप परिणाममुखी काम देखाउन मातहतका निकायलाई निर्देशन दिएको छ । कामको गति सुस्त भएको जनाउँदै मन्त्रालयले कर्मचारीलाई गम्भीर बन्नसमेत आग्रह गरेको छ ।

Vianet communication
Laxmi Bank

सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा  मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल सरकारको लक्ष्य र योजनालाई साकार पार्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले जिम्मा लिएको काममा कुनै बहाना बनाएर प्रगति विमुख नहुन कर्मचारीलाई निर्देशन दिए । बैठकमा मातहतका कार्यालयहरुले आव २०७५÷७६ को प्रथम चौमासिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।

सांसदबीच चर्काचर्की

राष्ट्रपति विद्यादेवी भण्डारीको गाडी खरिद प्रकरणको विषयलाई लिएर सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबीच विवाद भएको छ । बैठकमा राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले माग गरेपछि दुई दलका सांसदबीच विवाद भएको हो । 

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने माग गरे भने त्यसको प्रतिवाद गर्दै सत्तारुढ नेकपाका सांसद सूर्य पाठकले संसदीय समितिलाई कामै गर्न नदिने नियतका साथ सो प्रस्ताव आएको दावी गर्दै आपत्ति जनाए । 

राष्ट्रपति भण्डारीसमक्ष सर्वोच्चको प्रतिवेदन 
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई प्रधानन्यायाधीश मिश्रले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।

नेपालको संविधानको धारा १३८ मा सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महान्यायाधिवक्ता अग्नि खरेल र सर्वोच्च अदालतका सबै न्यायाधीशको सहभागिता थियो । 

कांग्रेसको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको प्रस्तावित राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, महेश आचार्य, प्रदीप गिरी, डा मीनेन्द्र रिजाल, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा चन्द्र भण्डारी, रामकृष्ण यादव, रमेश लेखक र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा राखे र

केन्द्रीय समितिको बैठक मङ्सिर ९ गतेदेखि जारी रहेको छ । राजनीतिक प्रस्तावमाथि धारणा व्यक्त गर्नेक्रम जारी रहेको र अर्काे बैठक बिहीबार दिनको ११ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा    
नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो । 

महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो । समितिले आफ्नो जिम्मेवारीका काम अन्तिम चरणमा पुगको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा साङ्गठनिक प्रस्ताव समिति गठन गरिएको थियो । विधान मस्यौदाका सम्बन्धमा मङ्सिर १३ देखि २२ गतेसम्मको केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भए पनि सो प्रतिवेदन पारित हुन सकेको छैन । 

विशेषगरी पदाधिकारी सङ्ख्या बढाउने÷नबढाउने, पदाधिकारी निर्वाचित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस जारी छ । आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी छ । केन्द्रीय समितिबाट पारित सबै प्रतिवेदन महासमिति बैठकमा पेश हुने र छलफल गरी पारित हुनेछन् । स्थानीय व्यवस्थापन समितिले महासमिति बैठकको अन्य तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । 

महासमिति बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार ४०० सहभागी हुने पार्टी कार्यालयले जनाएको छ । बैठकको प्रचारप्रसार, स्वागतद्वार निर्माण, प्रकाशनलगायत अन्य सामग्रीको तयारी र सहभागीको खाना, चिया, खाजाको व्यस्थापनको तयारी भइसकेको छ ।

यसैबीच कांग्रेसले महासमिति बैठकको कार्यक्रम तालिका सार्वजनिक गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रम तालिका अनुसार मङ्सिर २८ गते काङ्ग्रेस केन्द्रीय कार्यालयमा महासमिति सदस्यको दर्ता एवं स्वागत हुनेछ । मङ्सिर २९ गते बिहान ११ बजे सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन हुनेछ । 

त्यस्तै उद्घाटन समारोह समापनलगत्तै सोही स्थानमा बन्दसत्र प्रारम्भ हुने र त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्रको छलफल चल्ने पार्टी कार्यालयले जनाएको छ । 

लेखा समितिको बैठक
नेपाल वायू सेवा निगमको वाइडबडी खरिद प्रकरणको अध्ययन गर्न अध्ययन उपसमिति गठन गरिएको छ । बुधबार बसेको संघीय संसदको लेखा समिति बैठकले सांसद राजेन्द्र केसीको संयोजकत्वमा उपसमित गठन गरिएको हो । 

उपसमितिले १५ दिनभित्र वाइड वडी खरिद प्रकरणबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्नेछ । उता, निगमको वाइड वडी विमान खरिद सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । विज्ञप्ति जारी गर्दै सो कार्यालयले १५ बुँदे अनुगमन प्रतिवेदन सार्वजनिक गरेको हो  । अनुगमन प्रतिवेदनमा निगमले लागत अनुमान तयार गर्दा एयर बसको वर्तमान मूल्यलाई नलिई ८ वर्षअघिको मूल्यमा समायोजन गरी निर्धारण गरेको र १ हजार घण्टासम्म उडान गरेको विमान खरिद गर्न खोजिएको विषयलाई लागत अनुमान गर्दा समायोजन नगरिएको लगायतका आरोप लगाएको छ । 

कर्मचारीलाई कारवाही गर्न सिफारिस
राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५ सय ३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक नलाउने १६२ गरी ५३० जना कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।

कारवाही परेका कर्मचारीलाई विभागीय कारवाही गर्नका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको छ । केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका एक हजार १४० कार्यालय अनुगमन गर्दा करीब दुई हजार ३४० जना कर्मचारीलाई समय पालना नगरेका र पोशाक नलगाउने कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको थियो ।

प्रदेश नं ५ : हिउँदे अधिवेशनमा दुई विधेयक पेश 
झण्डै चार महीनापछि शुरु भएको प्रदेश नं ५ को तेस्रो अधिवेशन अर्थात् हिउँदे अधिवेशनमा बुधबार दुई विधेयक पेश भएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा प्रदेश नं ५, सङ्घ संस्थाको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरे ।

जनतान्त्रिक मोर्चाले बुझायो हतियार 
जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अधिकांश नेताले बुधबार राजविराजमा हतियार बुझाउँदै राजनीतिको मूल धारमा आउने निर्णय गरेका छन् । क्रान्तिकारीका अविनाश भनिने उपेन्द्र यादवसहित ११ जना केन्द्रीय सदस्यले वार्ता टोलीसमक्ष १३ थान हतियार बुझाउँदै राजनीतिको मूलधारमा आएको सार्वजनिक गरेका हुन् ।

सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेय, सदस्य सुरेश आले मगर र ताराकान्त चौधरीलाई अविनाश नेतृत्वको समूहले १० थान कटुवा पेस्तोल, एक थान लामो नाल भएको कटुवा, दुई थान रिभल्बर, १२ थान गोली र एक थान डेटोनेटर बुझाएका छन् । गोइत नेतृत्वको १५ सदस्यीय केन्द्रीय कमिटीका ११ जनाले गत जेठ ५ गते राजनीतिक वार्ता टोलीसँग वार्ता गर्ने निर्णय गर्दै गत असोज ६ गते लहानमा ६ बुँदे सहमति गरेका थिए । 

‘ए’ डिभिजन लिगः आठौँ चरणका खेलहरू आजदेखि
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौँ चरणका खेलहरू बिहीबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेलहरु बिहीबार, शुक्रबार र शनिबार  हुनेछन् । बिहीबार दुई, शुक्रबार तीन र शनिबार दुईवटा खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।

बिहीबार हुने पहिलो खेलमा न्युरोड टीम (एनआरटी) र सरस्वती युथ क्लबबीच खेल हुनेछ भने दोस्रो खेलमा सङ्कटाले हिमालयन शेर्पाको सामना गर्नेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । शुक्रबार तीनवटा खेल हुनेछन् । 

शुक्रबार पहिलो खेल नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच एन्फा मैदानमा हुनेछ । सोही मैदानमा हुने अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । त्यसैगरी हल्चोकमा सशस्त्र प्रहरीको एपिएफ क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।
 
शनिबार दुईवटा खेल हुनेछन् । पहिलो खेलमा च्यासल युथ क्लबले ब्रिग्रेड ब्वाइजको सामना गर्नेछ भने दोस्रो खेलमा थ्रीस्टारले मछिन्द्र क्लबको सामना गर्नेछ । दुवै खेल हल्चोकमा हुनेछ । साताँै चरणका खेल सकिँदासम्म सात पटकको लिग विजेता मनाङले शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदा थ्रीस्टार र सङ्कटाले उसलाई उपाधि होडमा पच्छ्याइरहेका छन् । 

मनाङको २१ अङ्क छ । थ्रीस्टार र सङ्कटाको समान १८ अङ्क रहेको छ । उनीहरू क्रमश दोस्रो र तेस्रो थानमा छन् । त्यसैगरी लिगमा अपराजित टोली त्रिभुवन आर्मीको १७ अङ्क बनाउँदै चौथो स्थानमा छ । नेपाल पुलिस र हिमालन शेर्पाले समान ११ अङ्क जोड्दै क्रमशः पाँचौ र छैठौ स्थानमा रहेका छन् । यस्तै च्यासल १० अङ्क जोड्दै सातौँ स्थानमा रहँदा समान अङ्कसहित एपिएफ आठौँ स्थानमा रहेका छन् । छ अङ्क जोडेको सरस्वती नवौँ र पाँच अङ्क जोडेको फ्रेन्ड्स दशौँ स्थानमा छन् । 

चार अङ्क जोडेर जावलाखेल र ब्रिगेड ११ र १२ औँ स्थानमा रहँदा ३ अङ्क जोडेको मछिन्द्र १३ औँ र एक अङ्क जोडेको एनआरटी अन्तिम स्थानमा रहेका छन् ।

मोफसलमा हुने फुटबल प्रतियोगिताको तालिका सार्वजनिक
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ । मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन एन्फाले प्रतियोगिता हुने मितिसमेत तय गरेको हो । विभिन्न जिल्ला तथा प्रतियोगिता आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध गरेपछि एन्फाले २३ वटा प्रतियोगिताको समयतालिका बुधबार सार्वजनिक गरेको हो ।
 
एन्फाकाअनुसार जारी ए डिभिजन लिग फुटबल सकिएलगत्तै मोफसलमा गोल्डकप प्रतियोगिताहरू शुरु हुनेछन् । आगामी पुसको तेस्रो सातबाट शुरु हुने फुटबल गोल्डकप आगामी वैशाखको तेस्रो सातासम्म चल्नेछ । मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउन भन्दै एन्फाले दुई श्रेणीमा प्रतियोगिताको वर्गीकरण मापदण्ड तयार गरेको छ । एन्फा उपाध्यक्ष कृष्ण थापा नेतृत्वको स्तर निर्धारण समितिले प्रतियोगिताको मापदण्ड तोकेको हो ।
       
प्रतियोगिता सञ्चालनका लागि स्वीकृत लिएका आयोजकले मापदण्डका आधारमा प्रतियोगिताको श्रेणी प्राप्त गर्नेछन् । एन्फाले तय गरेको मापदण्ड पालन भए नभएकाबारे अनुगमन गरिने प्रवक्ता किरण राईले जानकारी दिए । एन्फाले ‘क’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रङ्गशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने र स्थायी वा अस्थायी प्यारापिटको व्यवस्था हुनपर्ने मापदण्ड तय गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x