×

NMB BANK
NIC ASIA

कपिल शर्माको भयो विवाह, हेर्नुहोस् आठवटा तस्वीर

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतीय हास्यकलाकार कपिल शर्माले बुधवार प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका छन् । गिन्नीको शहर जालन्धरमा बिहे भएको हो । 

बिहेपछि नवविवाहित जोडीको तस्वीर सार्वजनिक भएको छ । कपिल र गिन्नी शाही अन्दाजमा देखिएका छन् । 

कपिलले हरियो रंगको शेरवानी अनि क्रीम कलरको पगडी लगाएका देखिन्छन् । उनको हातमा तरवार देखिन्छ । 

गिन्नीले रातो रंगको लहंगा लगाएकी देखिन्छिन् । लहंगामा सुनौलो कारचोपी गरिएको देखिन्छ । 

कपिलको पञ्जाबी बिहेमा अनेकौं टीभी स्टार संलग्न रहे । बिहेमा सुमोना चक्रवर्ती, कृष्णा अभिषेक, राजीव ठाकुर, भारती सिंह, चन्दन प्रभाकर लगायतका कलाकार थिए । 

गिन्नी कलेज पढ्दाको दिनदेखि नै कपिलकी साथी हुन् । दुवै स्टार वानको सिरियल हँस बलिएमा सँगै देखिएका थिए । 

कपिलले जन्ती लिएर जालन्धर जाँदा प्रशंसकहरूको भीड थियो । सबैजना दुलाहालाई हेर्न उत्सुक थिए । भीड बढेपछि कपिलले सुरक्षा गार्डको सहयोग लिनुपरेको थियो । कपिलले सुरक्षा व्यवस्थाका लागि १० लाख भारु खर्च गरेको
बताइन्छ । 

विवाहस्थललाई रातो र सेतो फूलले सजाइएको थियो । सामाजिक सञ्जालमा कपिलको बिहेको तस्वीर भाइरल भइरहेको छ । 

बिहेमा लोकनर्तकहरूलाई बोलाइएको थियो । 

कपिलले आफ्नो शहर अमृतसरमा शुक्रवार प्रीतिभोज दिँदैछन् । 

अनि दोस्रो प्रीतिभोज उनले २४ डिसेम्बरमा मुम्बईमा दिनेछन् । त्यसमा उनले फिल्म र टीभी उद्योगका साथीहरूलाई बोलाएका छन् । 

उनको कमेडी शो अनएयर हुँदैछ ।

Sagarmatha Cement
Muktinath Bank

एजेन्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x