चैत २७, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
काठमाडौं– नेपालको भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम सिफारिस भएको छ ।
बिहीवार बसेको संवैधानिक परिषदको बैठकले न्यायाधीश चोलेन्द्रको नाम सर्वोच्च अदालतको २९औं प्रधानन्यायाधीशका लागि सिफारिस गरेको उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।
न्याय परिषद्लेे भावी प्रधानन्यायाधीशका लागि न्यायाधीश जबरा र दीपकराज जोशीको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो ।
जोशी यसअघि २८ औं प्रधानन्यायाधीशका लागि संसदीय समितिबाट अयोग्य ठहर भएकाले संवैधानिक परिषदले जबराको नाम भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।
को हुन् जबरा ?
काठमाडौंका स्थायी बासिन्दा जबरा २८ मंसिर २०१४ मा जन्मिएका हुन् । २०३६ सालदेखि २०५२ सालसम्म कानून व्यवसायीको रुपमा सक्रिय रहेका जबरा ३ वैशाख २०५३ मा पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।
उनले केही वर्ष विशेष अदालतको न्यायाधीशका रुपमा समेत न्याय सम्पादन कार्य गरे ।
२०७१ जेठमा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका जबराविरुद्ध संसदीय सुनुवाई समितिका सदस्यलाई नै २ करोड रुपैयाँ घुस दिएको उजुरी परेको थियो । संसदीय सुनुवाईका क्रममा तत्कालीन संसदीय सुनुवाई विशेष समितिका सदस्यले सांसदलाई नै घुस दिएको विषयबारे प्रश्न गरेका थिए ।
जबरा पुनरावेदन अदालत विराटनगरको न्यायाधीश हुँदा गरेको एक फैसलाका कारण पनि विवादमा परेका थिए । पुनरावेदन अदालत विराटनगरका अर्का न्यायाधीश श्यामबहादुर प्रधानसहितको इजलाशबाट ११ साउन २०५८ मा जबराले तासको म्यारिज खेललाई जुवा भन्न नमिल्ने भन्दै फैसला सुनाएका थिए ।
१३ जेठ २०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका जबरा प्रधानन्यायाधीशमा नियुक्त भए २८ मंसिर २०७९ सम्म पदमा रहनेछन् ।
संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका जबरा संसदीय सुनुवाईबाट स्वीकृत भएमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...