×

NMB BANK
NIC ASIA

प्रधानन्यायाधीशमा चोलेन्द्र सिफारिस भएपछि जोशीको प्रतिक्रिया– सर्वोच्चमा रहँदासम्म सघाउँछु

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– स‌ंवैधानिक परिषदबाट सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशमा सिफारिस हुँदा संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेका दीपकराज जोशी २९ औं प्रधानन्यायाधीशका लागि चोलेन्द्र शम्शेर जबरासँगै सिफारिस भएका थिए । 

Muktinath Bank

यसअघि २८ औं प्रधानन्यायाधीशमा पनि जोशीभन्दा ‘जुनियर’ ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बनेका थिए । मिश्र ६५ वर्ष उमेरहदका कारण यही पुस १७ गते अनिवार्य अवकाशमा जाने भएपछि २९ औं प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदमा जोशी र जबराको नाम सिफारिस भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्याय परिषदले सर्वोच्चको भावी प्रधानन्यायाधीशका दीपक राज जोशीको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो, कैफियतसहित ।  जोशीलाई संसदीय सुनुवाई विशेष समितिले नेपालको २८ औं प्रधानन्यायाधीश हुन अयोग्य रहेको भनेर गरेको निर्णयलाई कैफियतका रुपमा उल्लेखित गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

बिहीवार बसेको संवैधानिक परिषदको वैठकले कैफियतसहित जोशीको सट्टा उनीभन्दा ‘जुनियर’ न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सुनुवाई गर्न सिफारिस ग¥यो । संवैधानिक परिषदको निर्णयानुसार अब संसदीय सुनुवाई विशेष समितिले भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्रको नाममा सुनुवाइ गर्ने छ । 

Vianet communication
Laxmi Bank

सर्वोच्च अदालतमा ३ वर्ष न्यायाधीशका रुपमा काम गरेको व्यक्ति मात्रै प्रधानन्यायाधीश हुन पाउने संवैधानिक व्यवस्थाअनुसार न्याय परिषदले जोशी र चालेन्द्रको नाम सिफारिस गरेको थियो । यसहिसावले अब संसदीय सुनुवाई विशेष समितिलाई चोलेन्द्रको नाम अस्वीकृत गरी अर्को व्यक्तिलाई प्रधानन्यायाधीशमा छान्न पाउने विकल्प पनि छैन । अहिलेको अवस्थामा प्रधानन्यायाधीशका लागि जबरा निर्विकल्प ‘उम्मेदवार’ रहेको कानूनका विज्ञहरुको भनाइ छ । 

सर्वोच्चका जुनसुकै न्यायाधीशले न्यायपालिकाको सर्वोच्च पद प्रधानन्यायाधीश हुने चाहना राख्नु नराम्रो हैन । तर, न्यायाधीश दीपकराज जोशीले दुई–दुई पटक प्रधानन्यायाधीशमा सिफारिस हुँदा पनि ‘रिजेक्ट’ हुनु परेको छ । 

बिहीवार संवैधानिक परिषदको बैठकले चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दा जोशी आफ्नो निवासमै थिए । परिषदको निर्णय सुनेपछि सर्वोच्चतर्फ लागेका जोशीलाई लोकान्तरले सोध्यो, ‘प्रधानन्यायाधीशमा चालेन्द्र शम्शेर जबरा सिफारिस हुनुभएको छ, निर्णय थाहा पाउनुभयो होला नि ?’

जवाफमा जोशीले ‘थाहा पाए’को प्रतिक्रिया दिए । 

अब तपाईं के गर्नुहुन्छ त ? लोकान्तरले जोशीलाई दोस्रो पश्न सोध्यो । 

जोशीले भने, ‘सर्वोच्चमा मेरो जति कार्यकाल बाँकी छ, न्यायाधीशका रुपमा काम गर्छु ।’

नयाँ प्रधानन्यायाधीप्रति तपाईंको भूमिका र अपेक्षा के हुन्छ ? भन्ने लोकान्तरको प्रश्नमा जोशीले भने, ‘सर्वोच्चमा रहँदासम्म उहाँलाई पूर्णरुपले सहयोग गर्छु ।’

सर्वोच्चका न्यायाधीशको उमेहरहद ६५ वर्ष हुने कानूनी व्यवस्था छ । जसअनुसार जोशी ११ असोज २०७६ सम्म सर्वोच्चमा न्यायाधीशको रुपमा काम गर्न पाउनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x