×

NMB BANK
NIC ASIA

प्रभावकारी बन्दै सुत्केरी प्रोत्साहन भत्ता, मातृशिशु मृत्युदर घट्यो

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दाङ – तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत शुरु गरेको सुत्केरी प्रोत्साहन भत्ता यस आर्थिक वर्षको हालसम्म ३५७ सुत्केरीले प्राप्त गर्ने सफल भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चिकित्सक गोकर्ण दाहालले दिएको जानकारीअनुसार सो सुविधा प्राप्त गर्नका लागि उपमहानगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने, चार पटक अस्पतालमा गई गर्भ जाँच गराउनु पर्ने, सरकारी अस्पतालमा सुत्केरी भएर बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्ने, सुत्केरी भएर २४ घण्टा, तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा गई जाँच गराएको हुनुपर्नेलगायतका प्रावधान रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले ती सबै प्रक्रिया पुगेर आएका सुत्केरीलाई सरकारबाट प्रदान गरिने रु एक हजार ८०० मा उपमहानगरपालिकाले रु तीन हजार २०० थप गरेर प्रति सुत्केरीलाई रु पाँच हजार भत्ता प्रदान गर्ने गरेको बताए ।


Advertisment
Nabil box
Kumari

उपमहानगरपालिकाले सुत्केरी भत्ता वितरण गर्न थालेपछि अहिले नियमित गर्भ जाँच र अस्पतालमा सुत्केरी गराउने सङ्ख्या बढेको पनि डा दाहालले बताए ।

Vianet communication
Laxmi Bank

उनले सुत्केरी भत्ताका कारणले पनि महिला नियमित स्वास्थ्य जाँच गराउन जाने गरेको पनि बताए । गत आवमा उपमहानगरपालिकाबाट एक हजार ५०५ महिलाले सुत्केरी प्रोत्साहन भत्ता प्राप्त गरेका थिए । डा दाहालले गत वर्ष एक हजार ५०५ सुत्केरीलाई सरकारले प्रदान गर्दै आएको प्रतिसुत्केरी रु ९०० मा रु चार हजार १०० उपमहानगरपालिकाले थप गरेर रु ५६ लाख सुत्केरी प्रोत्साहन भत्ता वितरण गरेको बताए ।

उपमहानगरपालिकाले सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्न थालेपछि गत सालबाट नै मातृशिशु मृत्युदरमा कमी आएको डा दाहालको भनाइ छ । उहाँका अनुसार आव २०७४/७५ मा नेपालको मातृशिशु मृत्युदर प्रतिलाख २३९ रहेकोमा उपमहानगरपालिकाको मातृशिशु मृत्युदर प्रतिलाख ४५ रहेको छ । “यो वर्ष अझै पनि कम हुने हाम्रो अपेक्षा रहेको छ,” दाहालले भने ।

उपमहानगरपालिकाले मातृशिशु मृत्युदर कम गर्न सुत्केरी प्रोत्साहन भत्ता दिने कार्यक्रम अगाडि सारेको नगर प्रमुख घनश्याम पाण्डेले बताए ।

उनले कार्यक्रम फलदायी भएको बताउँदै निम्नवर्गका परिवारका लागि पोषिले खानेकुरा खाने र न्यानो लुगा लगाउने काममा पैसा खर्च हुने गरेको समेत बताए । “सरकारले प्रदान गर्ने भत्तामा हामीले थप गरेर एकमुष्ट रु पाँच हजार दिने गरेका छौँ”, पाण्डेले भने, “आमा र बच्चाको स्वास्थ्य ठीक होस् भनेर हामीले यस्तो गरेका हौँ ।” 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x