×

NMB BANK
NIC ASIA

नेपाल स्टक एक्सचेञ्ज भन्छः यसकारण अनलाइन कारोवार व्यवस्थित भएन

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– शेयर लगानीकर्ताको हितग्राही खाता (डिम्याट) सम्बन्धी विवरण उपलब्ध नभएका कारण पूर्ण स्वचालित अनलाइन प्रणाली थप व्यवस्थितरुपमा अगाडि बढ्न सकेको छैन । 

Sagarmatha Cement
Muktinath Bank

धितोपत्र दलाल व्यवसायीसँग सम्झौता गरी ‘युजरनेम’ तथा ‘पासवर्ड’ माग गरेका कतिपय लगानीकर्ताले आवश्यक विवरण उपलब्ध नगराउँदासमेत समस्या भएको छ । यस्तै एउटै हितग्राही खाता धेरै दलाल तथा ग्राहकको कारोवार खातामा देखिन गएकाले कारोवारमा पहुँच दिन नसकिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टकमा युजरनेम र पासवर्ड कसरी लिने भन्दै लगानीकर्ताले अत्यधिकमात्रामा चासो देखाएपछि आज धितोपत्र दलाल व्यवसायीलाई बोलाएर छलफल गरेको छ । सहजरुपमा युजरनेम र पासवर्ड दिने व्यवस्था मिलाउन, आवश्यक सम्झौता गर्न तथा स्टकको प्रणालीमा आइसकेको ग्राहकको कारोवार खाता र हितग्राही खाताको विवरण परीक्षण गर्न धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । 


Advertisment
Nabil box
Kumari

नयाँ दर्ता भएका ग्राहकको हितग्राही खाता एकीकृत गर्न स्टकले एक ढाँचा तयार पारी सदस्य दलाललाई उपलब्ध गराइसकेको छ । यस्तै स्टकले आगामी पुस १७ गतेदेखि मर्चेन्ट बैंकलाई समेत एकीकृत कारोवार सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिएकोसमेत जानकारी दिएको छ । 

Vianet communication
Laxmi Bank

स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार गत कात्तिक २० गतेदेखि शुरु भएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा समस्या आएपछि त्यसमा आवश्यक सुधार गरी यही मङ्सिर २३ गते आइतबारदेखि पुनःसञ्चालनमा ल्याइएको छ । 

प्रवक्ता पराजुलीका अनुसार हाल ५८ ग्राहकको खाताको विवरण स्टकमा प्राप्त भएको छ । त्यसमा कूल ४५ खाताको विवरण आजमात्रै प्राप्त भएका हुन् । त्यसमध्ये २५ ग्राहकलाई युजरनेम र पासवर्ड दिइएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x